१२ वर्षकी बालिकासँग विवाह गर्न खोज्ने पक्राउ


प्रकाशित मिति :2019-05-10 16:53:51

–लेखनाथ खतिवडा–

पाँचथर । बालिकालाई फकाएर विवाह गर्न खोज्ने एक युवालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका ७ का २३ वर्षीय चक्र तामाङ रहेका छन् । कक्षा ८ मा अध्ययनरत १२ वर्षीया बालिकालाई ललाईफकाई विवाह गर्न खोजेको आरोपमा तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ ।

बुधबार पक्राउ परेका तामाङलाई बिहीबार बालविवाह कसुरमा मुद्दा दर्ता गरिएको पाँचथरका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले बताए ।
उनले बालविवाह गरेको उजुरीको आधारमा बुधबार पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

यस आर्थिक वर्ष बालविवाहको उजुरी एउटा मात्र भएपनि समाजमा बालविवाहका थुप्रै घटना हुने गरेको सरोकारवालाहरु बताउँछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

खुकुरी प्रहार गरी घाइते बनाएको घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

–महिला खबर– पाँचथर । श्रीमती र सासूलाई खुकुरी प्रहार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको

मानव बेचबिखन : ४२ बिलियन डलरको कारोबार

-टीएन कुँवर- आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य रोकिएको छैन

यी हुन् नेकपाको विभाग प्रमुख पाउने भाग्यमानी महिला

-महिला खबर- ललितपुर । नेकपाले पार्टीको ३२ वटा विभागको प्रमुख तोकेको छ । तर ३२ विभागको

श्रीमती र सासूलाई खुकरी प्रहार गरी फरार

-महिला खबर- पाँचथर । पाँचथरमा एक व्यक्तीले श्रीमती र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्

डा. तुलाधर प्रदेश विकास परिषद्को सदस्यमा मनोनीत

-महिला खबर- ललितपुर । अधिवक्ता डा. जानकी तुलाधर गण्डकी प्रदेश सरकार मन्त्री परिषदको नीति तथा योजना आयोगमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: