नागरिकतामा बाबुको नाम –‘बलात्कारबाट जन्मिएकाे सन्तान’


प्रकाशित मिति :2019-05-06 11:16:48

आदरणीय सांसद ज्यूहरु,

मेरो बाबाले मलाई १२ वर्षको उमेरमा काठमाडौंमा काम गर्न पठाए । १४ वर्षको हुँदा मेरा ५० वर्षका घर मालिकले बलात्कार गरे । १६ वर्षकी हुँदा त्यही मालिकका २० वर्षका छोराले बलात्कार गरे, ३ चोटी ।

मेरो गर्भ रहेको थाहा पाएपछि मेरी मालिक्नीले मेरो घर कैलाली पठाइदिइन् । यसको विवाह गरिदनु भनेर बाबालाई १० हजार रुपैयाँ दिइन् ।

बाबाले पोलियो भएर सुस्त मनस्थितीको ३० वर्षको केटासँग मेरो विवाह गराइदिए । सुस्त मनस्थितीका ती युवकसँग मेरो शारीरिक सम्बन्ध भएन । ८ महिनामा मेरो छोरा चाहीँ जन्मियो । घरका कसैलाई पनि थाहा थिएन कि मेरो लोग्नेको छोरा होइन भनेर । सबै खुसी भए ।

धन्य, मेरो लोग्नेको नागरिकता रहेछ । त्यसैबाट मेरो पनि नागरकिता बन्यो । १० वर्षपछि ज्वरो आएर मेरो लोग्ने बित्यो । आज मेरो छोरा १६ वर्षको भएपछि म उसको नागरिकता लिन जाँदैछु ।

उसको नागरिकतामा म खुलाएर लेख्नेछु, ‘काठमाडौंको मालिकको फलाना छोराले मलाई बलात्कार गरेर जन्मिएको छोरो भएकोले यसको बाबुको नागरिकता ल्याउन सक्दिन । त्यसैले मेरो नाममा नागरिकता देउ ।’

के मेरो छोराले नागरिकता पाउला ?

म आछामकी ३० वर्षीया महिला हुँ । १४ वर्षको उमेरमा म छाउगोठमा बस्दा एक रात तीनजनाले बलात्कार गरे । त्यो कुरा फैलिएपछि ३ जना युवक समातिए, पक्राउ परे । बलात्कार गरेको हो भनेर स्वीकारे ।

मेरो गाउँघरमा चाहीँ ‘केटी खराब रहेछ । त्यसैले बोलाएर त ३ केटा गए होलान् । नत्र गाउँघरका सोझा केटा कसरी त्यो छौपाडीमा पुग्छन् भने ।’

प्रहरीले केटाहरु समात्यो । अदालतले तीनै जना केटा १२ वर्ष उमेरभन्दा कम भएकोले ५ महिनामात्र सजाय दियो । ६ महिनापछि त ती केताहरु फुक्का गोरु जस्तै भए ।

तर, म त छाउपडीमा बलात्कार भएको बेला गर्भवती भएछु । मलाई त छुई भएको बेला संसर्ग गरेपछि गर्भ रहँदैन भनेर सिकाएको थियो । छुई भएको ४ दिनमा बलात्कृत भएपछि मेरो अर्काे दुःख थपियो ।

दुई महिनासम्म महिनावारी भएन कहिलेकाहीँ यस्तै हुन्छ भनेर वास्ता गरिएन । ४ महिनापछि गाउँकी एक सुँडेनीले मेरी आमालाई ‘यी नानीको त गर्भ रहेको जस्तो लाग्छ’ भनेपछि मेरी आमा त छाँगाबाट खसे जस्तै भईन् ।

उनले मलाइ कुभिन्डो काँचो मेवा खाए गर्भ खस्छ भनेर खुवाइन् । तर अहँ त्यो गर्भ त खसेन । गाउँबाट गर्भ तुहाउन कतै लग्ने पैसा थिएन । मेरो गर्भ रहेको भनेर परिवारको ठूलो बेइज्जत भयो । मलाई बलात्कार गर्नेहरुलाई चाहीँ कसैले अपमान गरेन ।

९ महिना पछि छोरी जन्मिइ । १५ वर्षकी मलाई दलित जातको छोरी जन्माइ भनेर घर, समाजले पानी बन्द गर्यो । म आज ३५ वर्ष भएँ । २० वर्षको छोरीको नागरिकता बनाउन जिल्लामा गएँ । त्यहाँका कर्मचारीलाई मेरो छोरीको जन्म कसरी भएको याद रहेछ ।

उनले बाबु नभएको कारण लेखे । ‘छौपडीमा बस्दा ३ युवकले बलात्कार गर्दा भएको छोरीको बाबु को हो छुट्याउन सकिने अवस्था छैन । त्यसैले निजको नागरिकतामा बाबुको ठाउँमा ‘बलात्कारबाट जन्मेको’ छोरी भनेर लेखिदिनु ।

मेरो छोरीको नागरिकता त्यसरी नै बनेको छ । घन्य, त्यति भएपछि खाडी मुलुकमा गएर काम गर्ने पासपोर्ट त पाइहाल्छे । पासपोर्टमा पनि बाबुको नामको ठाउँमा ‘बलात्कारबाट जन्मिएको छोरी’ भनेर लेखिदेलान् कि ?

(आमाले छोरी छोराको नागरकिताको लागि लेखेको बकपत्र)

सभार : डा. अरुणा उप्रेतीको फेसबुक

    Comment Here!

Related NEWS
मुख्य खबर

खुकुरी प्रहार गरी घाइते बनाएको घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

–महिला खबर– पाँचथर । श्रीमती र सासूलाई खुकुरी प्रहार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको

मानव बेचबिखन : ४२ बिलियन डलरको कारोबार

-टीएन कुँवर- आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य रोकिएको छैन

यी हुन् नेकपाको विभाग प्रमुख पाउने भाग्यमानी महिला

-महिला खबर- ललितपुर । नेकपाले पार्टीको ३२ वटा विभागको प्रमुख तोकेको छ । तर ३२ विभागको

श्रीमती र सासूलाई खुकरी प्रहार गरी फरार

-महिला खबर- पाँचथर । पाँचथरमा एक व्यक्तीले श्रीमती र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्

डा. तुलाधर प्रदेश विकास परिषद्को सदस्यमा मनोनीत

-महिला खबर- ललितपुर । अधिवक्ता डा. जानकी तुलाधर गण्डकी प्रदेश सरकार मन्त्री परिषदको नीति तथा योजना आयोगमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: