१८ मुनि नाइँ भनाैं ल !

प्रकाशित मिति :2019-05-01 13:50:49

–महिला खबर–

ललितपुर । मनोरञ्जन क्षेत्रमा बालिकाको प्रयोग भएको भन्दै त्यसलाई निरुत्साहित गर्न ‘अठारमुनि’ अभियान सुरु भएको छ ।

डान्सबार, मसाज पार्लर, दोहोरी तथा क्याविन रेन्टुरेन्टमा बालिकाहरुको प्रयोग बढ्दो रहेको भन्दै ईक्वेल एक्सेस नेपालले सामाजिक व्यवहार परिवर्तनका लागि ६ महिने अभियान सुरु गरेको हो ।

नेपाल प्रहरी, समाजका प्रभावशाली व्यक्ति, सेलिब्रेटी तथा मनोरञ्जन क्षेत्रका बालबालिकाको हकअधिकारमा काम गर्दै आएका व्यक्तिहरुको सहकार्यमा अभियान सञ्चालन गर्ने इक्वेल एक्सेसले विज्ञप्तीमार्फत जनाएको छ ।

साथै मनोरञ्जन क्षेत्रमा १८ वर्ष मुनिका बालबालिकासँग गरिने यौन क्रियाकलाप निरुत्साहित गर्न मल्टिमिडिया तथा सामाजिक सञ्जालको माध्यमबाट जनचेतना जगाउन अभियान सञ्चालन गरिएको पनि संस्थाले जनाएको छ ।

फ्रिडम फण्डले सन् २०१८ मा गरेको एउटा अध्ययन अनुसार काठमाडौंमा सयौँको संख्यामा १८ वर्ष भन्दा कम उमेरका बालिकाहरु मनोरञ्जन क्षेत्रमा काम गर्छन् । तिमध्ये ६० प्रतिशत भन्दा बढी बालिकाहरु यौन शोषणको जोखिममा रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छहारीको राष्ट्रपतिद्वारा उद्घाटन

–महिला खबर– संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुनुपर्ने ।

महिनावारी श्रृष्टिको सुरुआतः मन्त्री थापा

–महिला खबर– महिनावारीका कारण महिलाले भोग्नुपरेको चर्काे विभेद विरुद्ध पुरुष सहभागिता अनिवार्य ।

निर्मला पन्त हत्याको १० महिना पुरा

बालिका पन्त २०७५ साउन १० गते साथी रोशनी बमको घरबाट घर फर्किने क्रममा बेपत्ता भएकी

हिमाल चढ्ने क्रममा श्रीमान गुमाएका महिला चढे सगरमाथा

–महिला खबर– अब आफूहरु जस्तै हिमालमा श्रीमान गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना

–महिला खबर– काठमाडौं । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: