नीति तथा कार्यक्रममा महिलाका सवाल कुर्दै सांसद महिला


प्रकाशित मिति :2019-05-01 13:30:08

–महिला खबर–

ललितपुर । संघीय संसदको चौथो अधिवेशनले आउँदो शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । संघीय संसदको चौथो अधिवेशनले सार्वजनिक गर्ने नीति तथा कार्यक्रमले महिलाका सवाललाई कसरी सम्बोधन गर्ला ?

प्रतिनिधि सभामा सांसद महिलाहरुले महिलाका सवालमा सरकारले संवेदनशिल भएर नीति तथा कार्यक्रम ल्याउने अपेक्षा गरेका छन् । महिला खबरसँग कुराकानी गर्दै प्रतिनिधि सभामा महिला सांसदहरुले यस्तो अपेक्षा राखेका हुन् ।

संविधानले महिलाको हरेक ठाउँमा प्रतिनिधित्व त सुनिश्चित गर्यो तर यसले सबै महिलाको जीवनमा त्यसले परिवर्तन ल्याउन नसकेको सांसद महिलाको भनाइ छ ।

त्यसैले महिला सांसदहरु महिलाका प्रतिनिधित्व र सम्मानजनक सहभागिता विषयलाई अबको नीति तथा कार्यक्रमले समेट्नेमा विश्वस्त छन् । उनीहरु भन्छन्, ‘महिलाका संवेदनशिल सवालहरु सरकारका नीति तथा कार्यक्रममा पर्नेछन् । नभए हामी संसदमा आवाज उठाउन पनि तत्पर छाैं ।’

महिला खबरसँग कुराकानीमा सांसद पवित्रा खरेलले भनिन् ‘महिलाको सहभागिता र समानता हाम्रो प्रमुख प्राथमिकताका कुरा हुन्, यस विषयमा नीति तथा कार्यक्रमले बोल्नु पर्छ ।’

उनले अहिलेको महिलाको मुद्दा भनेको महिलाको हरेक ठाउँमा सम्मानजनक प्रतिनिधित्व र महिलालाई रोजगार सृजना गर्ने कार्यक्रम रहेको बताउँदै ती विषय नीति तथा कार्यक्रममा आउनुपर्ने जनाइन् ।

नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य प्रमिला राई पनि पवित्राको भनाइमा सहमत छिन् । उनले महिलाका थप विषय सुनाउँदै थपिन्, ‘अबको सरकारको नीति तथा कार्यक्रम पुरानो ढर्राबाट परिवर्तन हुन जरुरी छ ।’

उनका अनुसार अहिलेसम्म संविधानले महिलाका लागि जे जति व्यवस्था गर्यो त्यसलाई संस्थागत गर्दै अब महिलाको हरेक क्षेत्रमा सम्मानजनक सहभागिता सुनिश्चितता गर्ने कार्यक्रम आउनुपर्ने जनाइन् । राईले भनिन् ‘संविधानले महिला र पुरुषलाई समान अधिकार दिएको भएपनि नागरिकताका विषयमा आमा र बाबुलाई समान अधिकार दिनुपर्ने हाम्रो माग छ । यसलाई सम्बोधन गरिनुपर्छ ।’

निर्जला राउत राष्ट्रिय जनतापार्टीबाट प्रतिनधि सभामा प्रतिनिधित्व गर्छिन् । उनको भनाइ सरकारले महिलालाई संविधान प्रदत्त हक नीति तथा कार्यक्रममा समेट्नुपर्ने छ । सांसद राउत भन्छिन् ‘संविधानले ग्यारेन्टी गरेका हाम्रा अधिकार नीति तथा कार्यक्रममा स्वतः पर्नु पर्छ । त्यस्तै हाम्रो पार्टीको मुख्य एजेन्डाको रुपमा आमाको नामबाट नागरिकता वितरण हुनु पनि हो ।’

संविधानले लिंगका आधारमा विभेद नहुने भने पनि त्यसको कार्यान्वयन अझै भएको छैन । उनले सरकारको नीति तथा कार्यक्रमले यस्ता विषयलाई सम्बोधन गर्नुपर्ने बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

खुकुरी प्रहार गरी घाइते बनाएको घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

–महिला खबर– पाँचथर । श्रीमती र सासूलाई खुकुरी प्रहार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको

मानव बेचबिखन : ४२ बिलियन डलरको कारोबार

-टीएन कुँवर- आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य रोकिएको छैन

यी हुन् नेकपाको विभाग प्रमुख पाउने भाग्यमानी महिला

-महिला खबर- ललितपुर । नेकपाले पार्टीको ३२ वटा विभागको प्रमुख तोकेको छ । तर ३२ विभागको

श्रीमती र सासूलाई खुकरी प्रहार गरी फरार

-महिला खबर- पाँचथर । पाँचथरमा एक व्यक्तीले श्रीमती र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्

डा. तुलाधर प्रदेश विकास परिषद्को सदस्यमा मनोनीत

-महिला खबर- ललितपुर । अधिवक्ता डा. जानकी तुलाधर गण्डकी प्रदेश सरकार मन्त्री परिषदको नीति तथा योजना आयोगमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: