सुदुरपश्चिमका मजदुर महिलाको सुत्केरी खर्च जिफन्टले बेहोर्ने


प्रकाशित मिति :2019-05-01 10:57:03

-महिला खबर-

ललितपुर । सुदूरपश्चिम प्रदेशका मजदुर महिलाको सुत्केरी खर्च नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुदूरपश्चिम प्रदेश कमिटीले बेहोर्ने भएको छ ।

मजदुर दिवसको अवसरमा आजदेखि लागु हुनेगरि युनियनमा आवद्द मजदुर महिलाको सुत्केरी खर्च महासंघले बेहोर्न लागेको हो ।

नेपाल ट्रेड युनियन महासंघ सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष देवबहादुर बमका अनुसार महासंघले सुत्केरी गराउँदा लाग्ने खर्च बेहोरेर थप २ हजार ५ सय रुपैयाँ पोषण भत्ता र एक हजार ८ सय रुपैयाँ यातायात खर्च उपलब्ध गराउने छ ।

मजदुर दिवसको अवसर पारेर आज बुधबारदेखि लागु हुनेगरि पहिलो चरणमा कैलालीको धनगढीमा रहेको नवजीवन अस्पतालसँगको सहकार्यमा यो काम थालिएको अध्यक्ष बमले जानकारी दिए ।

उनका अनुसार महासंघमा सुदूपश्चिम प्रदेशका ८६ वटा गाउँ र नगरपालिकाका १७ हजार २ सय ७३ जना मजदुर महिला आवद्ध छन् । उनीहरुले वर्षको एक सय ३५ रुपैयाँ सदस्यता बापत महासंघलार्ई तिर्ने गरेका छन् । सोही सदस्यताको रकमबाट उनीहरुलाई सेवा दिन लागिएको अध्यक्ष बमले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छहारीको राष्ट्रपतिद्वारा उद्घाटन

–महिला खबर– संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुनुपर्ने ।

महिनावारी श्रृष्टिको सुरुआतः मन्त्री थापा

–महिला खबर– महिनावारीका कारण महिलाले भोग्नुपरेको चर्काे विभेद विरुद्ध पुरुष सहभागिता अनिवार्य ।

निर्मला पन्त हत्याको १० महिना पुरा

बालिका पन्त २०७५ साउन १० गते साथी रोशनी बमको घरबाट घर फर्किने क्रममा बेपत्ता भएकी

हिमाल चढ्ने क्रममा श्रीमान गुमाएका महिला चढे सगरमाथा

–महिला खबर– अब आफूहरु जस्तै हिमालमा श्रीमान गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना

–महिला खबर– काठमाडौं । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: