‘पुरुषमात्र हुने मञ्च बहिस्कार गरौं’


प्रकाशित मिति :2019-04-30 15:20:30

–महिला खबर–

ललितपुर । पुरुषमात्रै भएको मञ्च इन्कार गर्ने अभियान आजदेखि सुरु भएको छ । महिला अधिकारकर्मी, राजनीतिज्ञ, मानवअधिकारकर्मी, सामाजिक अभियन्ता लगायतका व्यक्तिहरुको उपस्थितीमा पुरुषमात्रै भएको मञ्च इन्कार गर्ने अभियान सुरु गरिएको हो ।

सीड कमिटीका उपाध्यक्ष बन्दना राणा मुख्य अभियन्ता रहेको अभियानको सुरुआत उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले गरेका थिए । पोखरेलले अभियानपत्रमा हस्ताक्षर गर्दै ‘पुरुषमात्र हुने मञ्च इन्कार गरौं’ अभियानको सुरुआत गरेका हुन् ।

अभियानको उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले कागजमा मात्रै नभइ मनदेखि अभियानको सुरुआत गरेको बताए ।

उनले संविधानले नै महिलालाई पुरुष सरह सबै ठाउँमा सहभागिता हुने हक दिएको उल्लेख गर्दै हरेक मञ्चमा महिलाको सहभागिता आवश्यक रहेको पनि बताएका थिए ।

कार्यक्रमको उद्घाटनमा आफ्नो भनाइ राख्दै अभियान सुरुआत कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उपप्रधानमन्त्री पोखरेलले भने, ‘म आफू जाने कार्यक्रममा पनि महिलाको उपस्थितीबारे प्रश्न राख्छु । आफू मातहतका कार्यक्रममा पनि सहभागिता कार्यान्वयन गराउँछु ।’

उक्त कार्यक्रममा सहभागिले ‘पुरुषमात्र हुने मञ्च इन्कार गरौं’ भन्ने अभियानमा ऐक्यवद्धता जनाउँदै हस्ताक्षर समेत गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छहारीको राष्ट्रपतिद्वारा उद्घाटन

–महिला खबर– संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुनुपर्ने ।

महिनावारी श्रृष्टिको सुरुआतः मन्त्री थापा

–महिला खबर– महिनावारीका कारण महिलाले भोग्नुपरेको चर्काे विभेद विरुद्ध पुरुष सहभागिता अनिवार्य ।

निर्मला पन्त हत्याको १० महिना पुरा

बालिका पन्त २०७५ साउन १० गते साथी रोशनी बमको घरबाट घर फर्किने क्रममा बेपत्ता भएकी

हिमाल चढ्ने क्रममा श्रीमान गुमाएका महिला चढे सगरमाथा

–महिला खबर– अब आफूहरु जस्तै हिमालमा श्रीमान गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना

–महिला खबर– काठमाडौं । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: