किन पक्राउ परेनन् कञ्चनलाई जिउँदै जलाउने श्रीमान् ?


प्रकाशित मिति :2019-04-29 12:54:50

–महिला खबर–

ललितपुर । परिवारबाटै जिउँदै जलाइएकी सिरहाकी कञ्चन मण्डललाई आगो लगाउने श्रीमानलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

गएको बिहीबार श्रीमान बेचन मण्डल खत्वे सहित सासू सुरवी खत्वे र दुई नन्द आशा र सुनिता मिलेर कञ्चनलाई जिउँदै जलाएका थिए ।
शरीरको ८० प्रतिशत भन्दा बढी भाग जलेको कञ्चनको उपचारको क्रममा काठमाडौंमा शुक्रबार ज्यान गएको थियो ।

प्रहरीले कञ्चनलाई जलाउने मध्ये सासू सुरवीलाई सोही दिन पक्राउ गरेपनि श्रीमान र दुई नन्दलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । भने, अहिलेसम्म कञ्चनलाई जलाइएको कारणसम्म पनि पुग्न नसकेको प्रहरीले नै बताएका छन् ।

सिराहको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सुकदेव खनालले सख्त घाइते अवस्थामा उपचारको क्रममा कञ्चनले – ‘घरवाला (श्रीमान), सासू र दुई नन्दमिलेर भान्छामा खाना पकाइरहँदा पछाडिबाट मट्टीतेल छर्किएर आगो लगाइदिए ।’ भनेको बाहेक अन्य तथ्य फेला पार्न नसकेको बताए ।

उनले प्रारम्भिक अनुसन्धानको क्रममा घरायसी झगडाको कारण आगो लगाइएको देखिएपनि यथार्थ भने आइनसकेको बताए ।

पक्राउ परेकी कञ्चनको सासू सुरवीलाई आइतबार सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको डिएसपी खनालले जानकारी दिए । फरार रहेका श्रीमान र दुई नन्दको खोजी भइरहेको उनले बताएका छन् ।

उपचारको क्रममा काठमाडौंमा ज्यान गएकी कञ्चनको पोष्टमार्टम पछि आइतबार माइती पक्षले दाहसंस्कार गरेका छन् । पोष्ट मार्टम रिपोर्ट भने नआएको डिएसपी खनालले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छहारीको राष्ट्रपतिद्वारा उद्घाटन

–महिला खबर– संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुनुपर्ने ।

महिनावारी श्रृष्टिको सुरुआतः मन्त्री थापा

–महिला खबर– महिनावारीका कारण महिलाले भोग्नुपरेको चर्काे विभेद विरुद्ध पुरुष सहभागिता अनिवार्य ।

निर्मला पन्त हत्याको १० महिना पुरा

बालिका पन्त २०७५ साउन १० गते साथी रोशनी बमको घरबाट घर फर्किने क्रममा बेपत्ता भएकी

हिमाल चढ्ने क्रममा श्रीमान गुमाएका महिला चढे सगरमाथा

–महिला खबर– अब आफूहरु जस्तै हिमालमा श्रीमान गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना

–महिला खबर– काठमाडौं । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: