मुक्त हलिया बस्तीमा पुगिन् मन्त्री अर्याल


प्रकाशित मिति :2019-04-22 12:05:11

–महिला खबर–

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका स्थित मुक्त हलिया बस्तीमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल पुगेकी छिन् ।

उनले आइतबार सो बस्तीको निरीक्षण गरेकी हुन् । भिमदत्त नगरपालिकाको वडा नम्बर १९ स्थित बागफाटा र वडा नम्बर १ स्थित बाह्रकुण्डाको मुक्त हलिया बस्तीमा मन्त्री अर्याल पुगेकी हुन् ।

आफ्नो बस्तीमा पहिलोपटक मन्त्री उपस्थित भएर आफ्नो समस्याका बारेमा जानकारी लिएपछि स्थानीय मुक्त हलियाहरुले आफ्नो समस्या समाधान हुने अपेक्षा गरेका छन् ।

विगतमा स्थानीय राजनीतिक दलका प्रतिनिधीहरुले आफुहरुको मुद्दा उठाएपनि पुर्नस्थापनामा पहल नगरेको उनीहरुको गुनासो थियो । आफ्नो बस्तीमा पहिलोपटक मन्त्री पुगेपछि हर्षित भएका स्थानीयले मन्त्री समक्ष शिक्षा स्वास्थ्य लगायतका आधारभूत आवश्यकता पूरा गर्न माग गरेका थिए ।

बिगतमा बँधुवा मजदुरसरह जीविकोपार्जन गरेका उनीहरु अहिले लामो समयदेखि पुर्नस्थापनाको पर्खाइमा छन् । राष्ट्रिय मुक्त हलिया महासंघका अध्यक्ष इश्वर सुनारले समाजको तर्फबाट मन्त्री अर्याललाई ज्ञापन पत्र बुझाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यसै वर्ष पुर्नस्थापनाको काम सम्पन्न हुने बताइन् ।

‘अहिलेसम्म सबै काम सम्पन्न हुनुपर्ने थियो तर भएन, अब त्यस्तो हुँदैन’ मन्त्री अर्याललभनिन्, ‘यसै वर्ष सबै काम सम्पन्न हुन्छ ।’

संघीय सरकारले आगामी वर्षको बजेटमा मुक्त हलियाको रोजगारीका लागि विभिन्न कार्याक्रमहरु समावेश गर्ने तयारी भइरहेको पनि मन्त्री अर्यालले जानकारी दिइन् ।

कञ्चनपुरको बागफाँटा मुक्त हलिया वस्तीमा ३६ घर र बाह्रकुण्डामा ३७ घर मुक्त हलिया बस्तीको भवन निर्माण कार्य चरणमा रहेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पुर्नस्थापनाको काम गरिरहेको छ ।

गत आर्थिक वर्षको सरकारी तथ्यांकअनुसार देशभर १६ हजार ९ सय ५३ घरधुरी मुक्त हलिया रहेका छन् । जसमध्ये गत असारसम्म १२ हजार ५ सय ५६ वटा कार्ड प्रमाणित भएर ११ हजार ६ सय ६८ घरधुरीलाई कार्ड वितरण गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सूचना अधिकारी उपसचिव गोपाल गिरीले जानकारी दिए । ती हालसम्म ७ हजार २ सय २८ पुर्नस्थापना भइसकेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

खुकुरी प्रहार गरी घाइते बनाएको घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

–महिला खबर– पाँचथर । श्रीमती र सासूलाई खुकुरी प्रहार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको

मानव बेचबिखन : ४२ बिलियन डलरको कारोबार

-टीएन कुँवर- आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य रोकिएको छैन

यी हुन् नेकपाको विभाग प्रमुख पाउने भाग्यमानी महिला

-महिला खबर- ललितपुर । नेकपाले पार्टीको ३२ वटा विभागको प्रमुख तोकेको छ । तर ३२ विभागको

श्रीमती र सासूलाई खुकरी प्रहार गरी फरार

-महिला खबर- पाँचथर । पाँचथरमा एक व्यक्तीले श्रीमती र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्

डा. तुलाधर प्रदेश विकास परिषद्को सदस्यमा मनोनीत

-महिला खबर- ललितपुर । अधिवक्ता डा. जानकी तुलाधर गण्डकी प्रदेश सरकार मन्त्री परिषदको नीति तथा योजना आयोगमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: