संचारिकाकी निवर्तमान अध्यक्ष निर्मला शर्मा प्रबल जनसेवा श्रीबाट विभूषित


प्रकाशित मिति :2019-04-15 17:38:26

-महिला खबर-

ललितपुर । वरिष्ठ पत्रकार एवम् संचारिका समूहकी निवर्तमान अध्यक्ष निर्मला शर्मालाई नेपाल सरकारले प्रबल जनसेवा श्रीबाट विभूषित गरेको छ ।

संविधान दिवसका दिन घोषणा गरिएको उक्त पदक नयाँ वर्षको अवसर पारेर हिजो बैशाख १ गते शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीद्घारा प्रदान गरिएको हो ।

२५ वर्ष भन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील शर्मालाई सरकारको गौरब एवम् नेपाली जनताको हितका लागि उल्लेखनीय योगदान दिएको भन्दै नेपाल सरकारले सम्मान गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको हस्ताक्षर रहेको विभूषण पत्रमा मान पदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपालीको श्रीवृद्धिमा थप सफलता मिलोस् भनिएको छ ।

लैंगिक समानता कायम गर्न संचारिका समूहले कान्तिपुर टेलिभिजनमार्फत प्रसारण गर्ने कार्यक्रम ‘समकोण’ को निर्माता/निर्देशक शर्मा लैंगिक विज्ञका रुपमा समेत परिचित छन् ।

यस्तै सोही कार्यक्रममा सञ्चारिका समूह प्रदेश नं ५ की महासचिव अमृता अनमोल र बीबीसी संवाददाता सीता मादेम्बालाई पनि जनसेवा श्रीद्धारा विभूषित गरिएको छ ।

विभूषित तीनै जनालाई महिला खबर परिवारका तर्फबाट समेत बधाई !

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी संक्रमित मथुरालाई गंगादेवी शान्ति पुरस्कार

–महिला खबर– अछामकी मथुरा कुँवर एचआइभी संक्रमित भएपछि आफ्नै समाजबाट भएको हिंसा, लाञ्छनाका बाबजुद समाज

आफ्नै पाठेघरबाट जन्मिएकाे सन्तानलाई मेराे भन्न नपाउने ?

–डा.अरुणा उप्रेती– पाँच पाण्डव बाबुबाट जन्मेका थिए । कुन्ती र माद्रीले पाँच पाण्डवलाई नागरिकता दिलाउनु

सर्वोच्चले खाेलिदियाे जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता लिने बाटाे

–महिला खबर– ललितपुर । जन्मको आधारमा नागरिकता लिएका नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सर्वोच्च

‘तान्ने प्रथा’ अझै

मञ्जुरीबिना जबरजस्ती तानेर लाने र त्यसलाई ‘मौलिक परम्परा’ ठानेर नयाँ पुस्ताले पनि चुपचाप सहिदिँदा महिलाहरू

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

–महिला खबर– झापाको बिर्तामोडमा रहेको पसलमा सामान किन्न गएकी एक बालिकालाई पसलका सञ्चालकले यौन

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: