१४ वर्षमा विहे, ३० वर्षमा ६ सन्तान


प्रकाशित मिति :2019-04-12 15:09:53

–विष्णुप्रसाद पोखरेल–

दमक । केही समयअघि अधबैंशे जस्तो देखिने महिला दुई दुधे बालक च्यापेर स्वास्थ्य शिविरमा पालो कुरिरहेकी थिइन् ।

सुनसरीको बराहनगरपालिकाको चक्रघट्टीमा लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टले स्वास्थ्य शिविरको आयोजना गरेको थियो । स्वास्थ्य शिविरमा पालो कुरिरहेकी उनको एउटा बच्चा रुन्थ्यो । उससलाई फकाइ नसक्दै अर्को बच्चा रुन थाल्यो ।

दुई जुम्ल्याहा छाेरा सहित साबित्री ।

महिलाको अवस्था देखेर उनीबारे जान्ने इच्छा भयो । कुरा गरें । नाम रहेछ ‘साबित्रा कुनुवार ।’ उमेर ३० वर्ष । माइतीघर भोजपुर । श्रीमानको घर छैन । जहाँ काम गर्यो त्यहीँ बस्ने । १४ वर्षको उमेरमा विवाह भएको । अहिलेसम्म ६ वटा सन्तान जन्मिसकेका रहेछन् ।

विहेको चार वर्षपछि अर्थात् १८ वर्षको उमेरमा उनको पहिलो सन्तान जन्मिएको रहेछ । ठूली छोरी १२ वर्षकी रहिछन् । माइली छोरीको उमेर १०, जेठो छोरोको उमेर ८ वर्ष र कान्छी छोरीको ५ वर्ष पुगेको बताइन् ।

काखमा दुई जुम्ल्याहा छोरा राम र लक्ष्मण २० महिनाको मात्रै । केही दिनदेखि छोरोलाई ज्वरो आएर निको नभएपछि जाँच र औषधि निःशुल्क पाइन्छ भनेर शिविरमा आएको बताइन् ।

परिवारको विषयमा कुरा गर्दा उनी रुन् थालिन् । श्रीमानको मानसिक समस्या भएपछि हिँडेको र पत्तो नभएको पनि केही महिना बितिसकेको रहेछ । यसभन्दा अगाडि पनि यसरी नै हराएपछि बल्लतल्ल भेटेर औषधि खुवाउँदा निको भएको उनले सुनाइन् ।

साबित्राको प्रेम विवाह रहेछ । माइतीपक्षको विषयमा खासै केहि बताउन चाहिनन् । छोरोछोरीहरु नजिकैको सरकारी स्कूलमा सबै आधारभूत तहमा पढ्दै गरेको जनाइन् । छोराछोरीहरुलाइ अरुले लगाएर दिएका कपडाहरु दिने गरेकी रहेछिन् । काखमा दुई बच्चा च्यापेर अर्काको मजदुरी गर्नु अहिले उनको दिनचर्या रहेछ ।

सतीशाल पानमारामा केदार नेपालको घरमा आश्रय लिएर बसेको उनले बताइन् । उनले आफू बस्ने र सन्तान राख्ने ठाउँ नहुँदा निकै दुःख भएको बताइन् ।

कुरा सकिएको थिएन, उनलाई उपचार गरेर जतिसक्दो चाँडो ज्यालादारीमा जानु थियो । कुरा हुँदै थियो विशेषज्ञ चिकित्सक आए । उनका दुई छोरालाई जाँच गरियो । दुबैलाई निमोनिया भइसकेको रहेछ ।

कार्यक्रम संयोजक बुद्धिशेखर भट्टराईलाइ भनेर शुरुमा नै साना बालकहरुलाइ देखाइयो । ज्वरो आएर निमोनिया समेत भइसकेको रहेछ । तर औषधिले ठिक हुने भनेपछि उनी खुसी भइन् ।

यद्यपि उनका जीवनका थुप्रै समस्या छन् । ६ जना सन्तान हुर्काउने जिम्मेवारी । आश्रय लिने ठाउँ छैन । श्रीमानको अत्तोपत्तो छैन । काखमा जुम्ल्याहा बालक छन् । उनलाई देखेपछि म आफैलाई प्रश्न गरिरहेको छु, ‘नेपाली महिलाले कहिलेसम्म यतिसम्म पीडादायी जीवन भोगिरहने ?

    Comment Here!

Related NEWS
मुख्य खबर

लुटपाटपछि वृद्धा बलात्कार गर्ने युवक पक्राउ

श्रीमान्को मृत्युपछि घरमा एक्लै बस्दै आएकी वृद्धालाई माघ ३ गते राति साँढे आठ बजे बलात्कार

संसार सुन्दर हुनुमा महिला कुशल व्यवस्थापक भएर होः एसएसपी सिंह

सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक विविध पक्षबाट महिला सशक्त हुन जरुरी ।

फुटवल प्रतियोगिताको उपाधी जनतालाई

इटहरी । इटहरी उपमहानगरले आयोजना गरेको अन्तरविद्यालय स्तरीय छात्रा फुटवल प्रतियोगिताको उपाधी जनता माध्यमिक विद्यालय

अधिकारकर्मी पक्राउ

–महिला खबर– ललितपुर । नयाँ सभामुख अग्निप्रसाद सापकोटाको सपथ ग्रहण कार्यक्रमको विरोध गर्न गएका अधिकारकर्मी

जाल्पादेवी छाउगोठ मुक्त

-कल्पना वोहरा- अछाम । साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेवीलाई आज छाउगोठ मुक्त वडा घोषणा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: