दमकमा सुरक्षित आवास गृह सञ्चालन


प्रकाशित मिति :2019-04-10 12:46:20

–विष्णुप्रसाद पोखरेल–

दमक । दमकमा हिंसा प्रभावित तथा जोखिममा रहेका महिलालाई आश्रय दिन सुरक्षित आवास गृह सञ्चालनमा आएको छ ।

एक महिनाअघि दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीको पहलमा सुरक्षित आवास गृह सुरु भएको हो । आवास गृह स्थापनाको एक महिनामा नै गृहमा दुई महिलालाई आश्रय दिइएको छ । भने, एक महिलालाई उद्दार गरेको छ ।

महिला सुरक्षा केन्द्र नाम दिइएको सुरक्षित आवास गृहमा हाडनाता करणीबाट गर्भवती भएकी एक महिला र अर्की १२ वर्षीया बलात्कृत बलिकाले आश्रय लिइरहेका छन् ।

लैङ्गिक विभेदमा परेका, हिंसा प्रभावित तथा विभिन्न कारणले जोखिममा परेका बालिबालिकाहरुलाई तत्काल सुरक्षा दिने उद्देश्यले सुरक्षित आवास गृह सञ्चालन गरिएको दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले बताइन् ।

सुरक्षित आवास गृह सञ्चालन गर्ने जिम्मेवारी नगरपालिकाले ग्रामीण तथा शहरी विकास नेपाललाई दिइएको छ ।

भुटानी शरणार्थी शिविर बेलडाँगीमा युएनएचसीआरको सहयोगमा भुटानी शरणार्थी महिलाहरुका लागि सञ्चालन भएको महिला सुरक्षा गृहलाई नै तत्काल सुरक्षित आवास गृहको रुपमा सञ्चालन गरिएको हो ।

अहिले भुटानी शरणार्थीको संख्या न्यून भएपछि उक्त भवन युएनएचसीआरले स्थानीय तहलाई हस्तान्तरण गरेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२(२) बमोजिम गृह सञ्चालन कार्यविधि बनाएको उपप्रमुख अधिकारीले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लुटपाटपछि वृद्धा बलात्कार गर्ने युवक पक्राउ

श्रीमान्को मृत्युपछि घरमा एक्लै बस्दै आएकी वृद्धालाई माघ ३ गते राति साँढे आठ बजे बलात्कार

संसार सुन्दर हुनुमा महिला कुशल व्यवस्थापक भएर होः एसएसपी सिंह

सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक विविध पक्षबाट महिला सशक्त हुन जरुरी ।

फुटवल प्रतियोगिताको उपाधी जनतालाई

इटहरी । इटहरी उपमहानगरले आयोजना गरेको अन्तरविद्यालय स्तरीय छात्रा फुटवल प्रतियोगिताको उपाधी जनता माध्यमिक विद्यालय

अधिकारकर्मी पक्राउ

–महिला खबर– ललितपुर । नयाँ सभामुख अग्निप्रसाद सापकोटाको सपथ ग्रहण कार्यक्रमको विरोध गर्न गएका अधिकारकर्मी

जाल्पादेवी छाउगोठ मुक्त

-कल्पना वोहरा- अछाम । साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेवीलाई आज छाउगोठ मुक्त वडा घोषणा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: