जनप्रतिनिधि महिलालाई धम्की – ‘दलित भएर न्याय दिने ?’ (अडियोसहित)


प्रकाशित मिति :2019-04-05 15:15:32

–महिला खबर–

ललितपुर । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ४ को निर्वाचित दलित महिला सदस्य भवानी महरालाई अभद्र व्यवहार भएको छ ।

चैत १५ गते राती साढे बजेतिर घरमै बस्दा बेला १०/१२ जनाको समूह आएर दलित भएर राजनीति गर्ने राजनीति छोडिहाल भन्ने धम्की दिएको उनले बताइन् ।

नगरपालिकाको न्यायिक समितिको सदस्य समेत रहेकी उनलाई ‘दलित भएर न्याय दिने, पञ्चायत बस्न जाने ? भन्दै धम्क्याएको उनले बताइन् ।

बेलुका सबै परिवारसँगै भएकाले केही अप्रिय घटना भने नभएको तर भोलिपल्ट बिहान ८ बजेतिर फेरि आएर पनि त्यसै भनेर धम्की दिएको उनले बताइन् ।

सो घटनाबारे इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १६ गते उजुरी दिएकी छिन् । प्रहरीले ३ जनालाई नियन्त्रणमा राखेको बताएको छ । इलाका प्रहरी कार्यालय, मिर्चैयाका इन्स्पेक्टर दिनेश गौतमका अनुसार अभद्र व्यवहार गरेको भन्दै खुशीलाल ठाकुर, दीपा महरा, फिरोज यादवलाई नियन्त्रणमा राखिएको छ ।

नेपाली कांगे्रस र राजपाले प्रहरी नियन्त्रणमा रहेकालाई छुटाउन दबाब दिइरहेको भवानीको आरोप छ ।

हाल दलित महिला संघको जिल्ला कार्यसमिति सदस्यसमेत रहेकी उनीे वडा सदस्य पदमा निर्वाचित हुनुअघिदेखि नै महिला अधिकारका क्षेत्रमा काम गर्दै आएकी थिइन् । उनी तत्कालीन नेकपा माओवादीबाट दलित महिला सदस्यमा निर्वाचित भएकी हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी संक्रमित मथुरालाई गंगादेवी शान्ति पुरस्कार

–महिला खबर– अछामकी मथुरा कुँवर एचआइभी संक्रमित भएपछि आफ्नै समाजबाट भएको हिंसा, लाञ्छनाका बाबजुद समाज

आफ्नै पाठेघरबाट जन्मिएकाे सन्तानलाई मेराे भन्न नपाउने ?

–डा.अरुणा उप्रेती– पाँच पाण्डव बाबुबाट जन्मेका थिए । कुन्ती र माद्रीले पाँच पाण्डवलाई नागरिकता दिलाउनु

सर्वोच्चले खाेलिदियाे जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता लिने बाटाे

–महिला खबर– ललितपुर । जन्मको आधारमा नागरिकता लिएका नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सर्वोच्च

‘तान्ने प्रथा’ अझै

मञ्जुरीबिना जबरजस्ती तानेर लाने र त्यसलाई ‘मौलिक परम्परा’ ठानेर नयाँ पुस्ताले पनि चुपचाप सहिदिँदा महिलाहरू

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

–महिला खबर– झापाको बिर्तामोडमा रहेको पसलमा सामान किन्न गएकी एक बालिकालाई पसलका सञ्चालकले यौन

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: