कार्यक्षेत्रमा किन हेपिन्छन् महिला प्रहरी ?


प्रकाशित मिति :2019-04-04 14:13:59

-बिरोध खतिवडा-

पत्रकारिता र लेखन एउटा सपना थियो जो कहिल्यै पूरा हुन सकेन । समयसमयमा स्थानीय पत्रपत्रिकामा फाट्टफुट्ट लेख रचनाहरु प्रकाशन गराएरै भएपनि चित्त बुझाइरहेको थिएँ ।

त्यही समय जीवनयापनको फरक पाटो प्रहरी सेवामा प्रवेश गरेसँगै लेख्ने काम त झनै शून्यजस्तै भैसकेको थियो । तर पनि ’जहिले केही न केही कुरा लेखिरहनु पर्छस लेख्ने बानीले आफूलाई सृजनशील बनाउँछ । लेख्न चाहिँ नछोड है !’ भनेर झकझकाइरहनुहुने एक दिदीको उत्प्रेरणाले आज यहाँ आफ्नै पेशा प्रहरी सेवाभित्र रहनुभएका दिदीबहिनीले भोग्नुपरेका समस्याहरुबारे एउटा लेखोट तयार गरेको छु ।

प्रहरी भनेको पहरेदार हो । यो सामान्य बुझाइ हो । प्रहरी सेवा एक पेशा हो । यो मध्यमस्तरीय बुझाइ भयो । अनि प्रहरी सेवा एक पेशा मात्र नभएर एक जीवनशैली पनि हो भन्नु चाहिँ उपल्लो स्तरको बुझाइ हो र अधिकांश प्रहरी कर्मचारीको चित्त बुझाइको पाटो पनि हो ।

प्रहरी पेशाभित्र समेटिएका महिला प्रहरीको कुरा गरौं । अहिलेको समयमा प्रहरी सेवामा पनि उल्लेखनीय संख्यामा महिलाको सहभागिता छ । त्यसमध्ये कतिले रहरले त कतिले विभिन्न बाध्यताले यस पेशालाई अंगालेका छन ।

कुनै पनि ठाउँमा प्रहरीको बर्दीमा सजिएका महिला कर्मचारी भेट्नासाथ परिचयपछिको मेरो पहिलो प्रश्न हुन्छ ‘प्रहरी बन्नु रहर कि बाध्यता ?’

गणितीय तथ्यांकमा उतार्ने नै हो भने त यसलाई बाध्यताको रूपमा अंगालेका प्रहरीहरूको संख्या झण्डै ८० प्रतिशतको हाराहारीमा होला । अशिक्षा, बेरोजगारी र गरिबीजस्ता समस्याहरुले गर्दा बाध्यताको रूपमा यस पेशालाई अंगाल्नेहरुको संख्या पनि ठूलो छ ।

निम्न आर्थिक अवस्था भएका परिवारमा हुर्किएका कतिपय किशोरीहरु सानै उमेरमा विवाह बन्धनमा बाँधिने, कलिलै उमेरमा सन्तान पैदा गर्नुका साथै श्रीमान र परिवारबाट पनि उचित हेरविचार तथा संरक्षणको कुरामा बेवास्ता भोग्नुपर्दा कष्टपूर्ण भए तापनि यस पेशालाई तिनीहरूले जीवनयापनको लागि एउटा आर्थिक श्रोतको रूपमा लिनेगरेको पाइएकोछ ।

सामान्य मानिसको बुझाइ अझै पनि प्रहरी पेशा भनेको धेरै नपढेका र शरीरमा बल भएकाहरुले गर्ने काम हो । तर त्यसो होइन । यस सेवामा प्रवेश गर्न पनि विभिन्न शारीरिकका साथसाथै बौद्धिक परीक्षाहरु पार गर्नुपर्ने हुन्छ ।

वास्तवमा यो त झनै शारीरिक र मानसिक दुबै तवरले सक्षम भएर मात्र अवलम्बन गर्न सकिने पेशा पो हो । आफू पनि सुरक्षाकर्मी भएको नाताले विभागभित्रका केही महिला साथीहरुसँग मेरो निकट सम्बन्ध छ ।

आमजनताको सुरक्षाको जिम्मा लिएर सपथ खाएकाहरुबाट नै आफू मातहतका कर्मचारीले

आफूलाई असुरक्षित महसुस गर्नु कति निन्दनीय छ ?

उनीहरुलाई म एकमुष्ट रूपमा ‘महिला पुलिस’ भनेर सम्बोधन गर्छु । यो सम्बोधन पूर्णरूपमा उच्च आदरको सम्बोधन हो । महिला होस् या त पुरुष ? प्रहरी त प्रहरी नै हो नि भन्ने एउटा प्रश्न उठ्न पनि सक्ला । तर, यो सम्बोधन महिलालाई कमजोर र तुच्छ सम्झिएर हेपाहा प्रवृत्तिले गरेको नभई उनीहरुको अदम्य साहस र त्यागलाई प्रकाश पार्दै पूर्ण सम्मानका साथ प्रयोग गरेको हुँ ।

फुर्सदका समयमा विभिन्न सामाजिक सञ्जालहरु मार्फत ‘महिला पुलिस’सँग विविध विषयमा भलाकुसारी भइरहन्छ । कसैले दाजुभाइ या त कसैले साथी सम्झिएर आफ्ना गुनासा र कार्यक्षेत्रका समस्याका पोकाहरु निसंकोच फुकाउँछन् ।

आफै सुरक्षाको पहरेदार भएर पनि आफ्नै प्रहरी परिवारभित्रबाटै समेत आफूअसुरक्षित रहनुपरेको गुनासो गर्छन् कतिपय । व्यक्तिगत तथा पारिवारिक कामकाजको सिलसिलामा आवश्यकतानुसार बिदा त पाइँदैन । त्यसमाथि पनि आफ्नो आत्मसम्मानमा नै चोट पुग्ने गरी हुने गलत टीकाटिप्पणीले आफूलाई मानसिक रूपमा गहिरो चोट पुग्ने गरेको गुनासो पनि धेरैले गर्छन् ।

भने, आफूभन्दा माथिल्लो तहका कर्मचारीहरुबाट विभिन्न यौनजन्य हिंसामा समेत पर्नेगरेको अर्काथरीको गुनासो छ । आमजनताको सुरक्षाको जिम्मा लिएर सपथ खाएकाहरुबाट नै आफू मातहतका कर्मचारीले आफूलाई असुरक्षित महसुस गर्नु कति निन्दनीय छ ?

कर्तव्यपालनको समयमा विभिन्न ठाउँमा जानुपर्ने र अधिकांश समय घरपरिवारभन्दा बाहिरै बिताउनुपर्ने भएकोले घरपरिवार र विशेषगरी विवाहित महिला प्रहरीका गैरप्रहरी श्रीमानहरुबाट समेत अपाच्य शैलीका आरोप र लाञ्छना लाग्ने गरेको पनि सुन्न पाइन्छ ।

एकातिर परिश्रम गरेर दुईचार पैसा कमाउन नसक्ने र अर्कोतिर श्रीमतीको कमाइले दिनरात जाँडरक्सीमा डुबेर नशामा उसैलाई गालीगलौज र कुटपिटजस्ता हिंसाजन्य गतिविधिमा संलग्न हुतिहारा पुरुष वर्गको जमात पनि ठूलो छ ।

 ड्युटीमा खटिएको अवस्थामा पनि एक खाले झुन्डले उनीहरुलाई

नै लक्षित गरेर अभद्र र अश्लील हर्कतहरु गर्नेगरेका

घटनाहरु पनि बराबर हुने गर्छन् ।

यी त भए आफ्नै घरपरिवार तथा प्रहरी परिवारभित्रबाट हुने गरेका केही प्रतिनिधि समस्या । यसका अलावा आफ्नो कर्तव्य पालनका क्रममा फिल्डमा खटिएको समयमा पनि उनीहरुमाथि अधिकांश व्यक्तिहरू विशेषतः विकृत सोच बोकेका पुरुष वर्गको नजर तथा व्यवहार हेय र तुच्छ हुने गरेको छ ।

कसैको व्यक्तिगत सुन्दरताको वर्णन र व्याख्या गर्नु फरक कुरा हो तर कसैलाई निशाना बनाएर अपाच्य किसिमका टीकाटिप्पणी र व्यवहार प्रदर्शन हुने गरेको त कतिपय अवस्थामा म आफैले पनि प्रत्यक्ष्यरूपमा अनुभव गरेको छु ।

मेलापर्व तथा भिडभाड हुने स्थानहरुमा होस् या चाडपर्वहरुमा ड्युटीमा खटिएको अवस्थामा पनि एक खाले झुन्डले उनीहरुलाई नै लक्षित गरेर अभद्र र अश्लील हर्कतहरु गर्नेगरेका घटनाहरु पनि बराबर हुने गर्छन् ।

महिला भएकै कारण कार्यक्षेत्रमा किन हेपिन्छन् त प्रहरीहरु ? किन अटेर गर्ने र नपत्याउने गरिन्छ उनीहरुलाई ? यसो भनिरहँदा प्रहरी भन्नेबित्तिकै मानिसमा भयभित र त्रसित हुनुपर्दछ भन्ने आसय पक्कै होइन ।

कानून कार्यान्वयन र अपराध रोकथाम तथा नियन्त्रणमा खटिएको निकाय पर्याप्त ज्ञान, सीप, दक्षता र क्षमता हुँदाहुँदै पनि अझै किन लिङ्गको आधारमा फरकफरक रूपमा व्यवहार गरिन्छ ?

मैले प्रश्नमात्र राखेर समस्या समाधान हुने हैन । यो एक सम्वेदनशील विषय हो । यो समस्यालाई सम्ममानजनक ढङ्गले निकास दिन पुरुष वर्गले नै विवेक प्रयोग गरी आत्मसंयमी बन्न जरुरी छ ।

अरूको अपमान गरेर मर्यादित बन्न सकिँदैन । महिला पुलिस हाम्रै दिदीबहिनी हुन् र यही समाजको सुरक्षामा खटेका नेपाली हुन् भनेर बुझिदिँदा नै समाजमा सकारात्मक सन्देश जान्छ । मानवता पनि सबल हुन्छ । पुरुष वर्गको मर्यादा पनि बढ्छ । महिला पुलिसमा पनि सेवा भाव फस्टाउँछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

किशोरीलाई मन्त्री थापाको लिडरसिप टिप्स

-महिला खबर- ललितपुर । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले किशोरीहरूलाई भावी पुस्ताको नेतृत्वका

मन्त्री थापा र यूएनएफपीएका कार्यकारी निर्देशकबीच शिष्टाचार भेट

-महिला खबर- ललितपुर । महिला बालबालिका, तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र संयुक्त राष्ट्रसंघीय जनसंख्या

नेता महिलाले भने, ‘नेतृत्वमा महिला संख्या बढाउनु पर्छ’

-महिला खबर- ललितपुर । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले नेतृत्वमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता आवश्यक

पीडितको कुनै दोष हुदैन

-रमा भट्टराई कैलाली- जहाँ मान्छेको बलि चडिरहन्छ हो त्यहीँ जनावरको बलि चडाइनु हुदैन भन्दै एक थरी उफ्रन

रञ्जनाको हत्याप्रती सोच नेपालको ध्यानाकर्षण

-महिला खबर-  विराटनगर–११ पच्चमुखि चोक माइती भएकी रञ्जना सहनी (बहरदार)को दाइजोको निहुँमा हत्या भएको घटनाप्रती मानवबादी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: