पाँच वर्षमा आधा सहकारी घटाउँछौं : मन्त्री अर्याल


प्रकाशित मिति :2019-04-03 15:48:13

-महिला खबर-

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमा आवद्ध जनशक्तिलाई उत्पादनमा लगाउन आग्रह गरेकी छिन् ।

६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौं जिल्ला संघ, काठमाडौं जिल्ला बचत संघ, राष्ट्रिय सहकारी विभाग लगायतका संघसंस्थाहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्याललाई सहकारीकर्मीलाई सीपमूलक तालिम दिएर उत्पादनमा लगाउन आग्रह गरेकी हुन् ।

व्यवसायिक सहकारीलाई मन्त्रालयले प्रोत्साहन स्वरुप अनुदान दिने व्यवस्था गरेको भन्दै मन्त्री अर्यालले सहकारीमार्फत मान्छेको जीवनस्तर सुधार्नका आग्रह समेत गरिन् ।

‘सहकारीमार्फत हामीले मान्छेको जीवनस्तर सुधार्ने हो तपाईहरु त्यसतर्फ लाग्नुस’, मन्त्री अर्यालले भनिन्, ‘सहकारीमा आवद्ध सदस्यलाई सीपमूलक तालिम दिएर व्यवसायिक बनाउनुस् ।’

सहकारी अब उद्योग, पर्यटन, कृषिमा जानुपर्ने भन्दै मन्त्री अर्यालले सहकारी आफ्ना सदस्यहरुको जीवन बदल्ने अस्त्र बन्नुपर्ने पनि जनाइन् ।

अहिले सहकारीको संख्या आवश्यकता भन्दा धेरै भएको गुनासो आइरहेका बेला त्यसको मर्जिङ गर्ने कार्यमा मन्त्रालय अगाडि बढेको उनले जानकारी दिइन् ।

उहाँले अहिले भएका सहकारीको संख्यालाई घटाएर आधाभन्दा कम गरिने उनको भनाइ थियो ।

मन्त्री अर्यालले भनिन्, ‘सहकारीको संख्या अहिले अत्यधिक छ । यसलाई मर्जर गर्ने अभियानमा हामी लागेका छौं । अबको पाँच वर्षमा अहिलेका सहकारीको संख्या ५० प्रतिशतमा झार्ने योजनामा मन्त्रालय अघि बढेको छ ।’

उनले सहकारी बढी भन्दा बढी गाउँ केन्द्रित हुनुपर्ने पनि बताएकी थिइन् । सहकारी शहरमा बढी भए भन्ने आरोप आइरहेका बेला अब सहकारी गाउँकेन्द्रित भएर उत्पादनमा लाग्नुपर्ने उनको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी संक्रमित मथुरालाई गंगादेवी शान्ति पुरस्कार

–महिला खबर– अछामकी मथुरा कुँवर एचआइभी संक्रमित भएपछि आफ्नै समाजबाट भएको हिंसा, लाञ्छनाका बाबजुद समाज

आफ्नै पाठेघरबाट जन्मिएकाे सन्तानलाई मेराे भन्न नपाउने ?

–डा.अरुणा उप्रेती– पाँच पाण्डव बाबुबाट जन्मेका थिए । कुन्ती र माद्रीले पाँच पाण्डवलाई नागरिकता दिलाउनु

सर्वोच्चले खाेलिदियाे जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता लिने बाटाे

–महिला खबर– ललितपुर । जन्मको आधारमा नागरिकता लिएका नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सर्वोच्च

‘तान्ने प्रथा’ अझै

मञ्जुरीबिना जबरजस्ती तानेर लाने र त्यसलाई ‘मौलिक परम्परा’ ठानेर नयाँ पुस्ताले पनि चुपचाप सहिदिँदा महिलाहरू

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

–महिला खबर– झापाको बिर्तामोडमा रहेको पसलमा सामान किन्न गएकी एक बालिकालाई पसलका सञ्चालकले यौन

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: