भारतमा उद्धार गरिएका १२ जना महिलालाई भोलि नेपाल ल्याइने


प्रकाशित मिति :2019-04-03 15:26:48

–महिला खबर–

ललितपुर । भारतको नयाँदिल्लीमा गएको शनिबार उद्धार गरिएका १२ जना नेपाली महिलालाई भोलि बिहीबार नेपाल ल्याइने भएको छ ।

इराक, कुवेत र दुबई पठाइदिने भन्दै केही महिनादेखि नयाँदिल्लीको बाहिरी क्षेत्रमा पर्ने छावला थाना, द्वारकामा उनीहरुलाई बन्धक बनाएर राखिएको थियो ।

वैदेशिक रोजगारीमा संलग्न गिरोहले ती महिलाहरुलाई कोठा भाडामा लिएर बन्धक बनाएर राखेको जनाइएको छ ।

उद्दार गरिएकामध्ये ८ जनालाई कुतुब बिहारस्थित एउटा घरमा दुईवटा कोठामा र बाँकी चार जनालाई श्यामबिहारमा एउटा कोठामा राखिएको थियो ।

दिल्ली महिला आयोग, दिल्ली प्रहरी, नेपाली दूतावास र केआई नेपालको संयुक्त टोलीले शनिबार राती छापामारेर उनीहरुको उद्धार गरेको थियो ।

उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, इराक र दुबई पठाइदिने प्रलोभन दिइएको बताइएको छ ।

केआइ नेपालका निर्देशक इन्द्रराज भट्टराइका अनुसार उनीहरुले दलाललाई पासपोर्ट र बीसहजारदेखि दुईलाखसम्म नगद बुझाएका छन् ।

उद्धार गरिएका महिलाहरुको घर झापा, दाङ, धादिङ, मकवानपुर, रसुवा, कैलाली र प्यूठानमा रहेको छ । उनका अनुसार उद्धार गरिएका महिला २२ देखि ४२ उमेरका छन् ।

निर्देशक भट्टराईका अनुसार उद्धार गरिएका महिलाहरुलाई नेपाल फर्काउन आवश्यक कानून प्रकृया पुरा भएकोले भोलि बिहीबार नेपाल ल्याउने तयारी गरिएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

म कसरी एकल ?

नारी होस् या पुरुष जन्मदा एक्लै जन्मने हो । अघि वा पछिको कुरा मात्रै हो,

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: