त्यो पीडादायी दृष्य : ११ महिने छोरालाई बाँधेर होटलका जुठा भाँडा माझ्दै आमा


प्रकाशित मिति :2019-04-03 15:08:38

–विष्णुप्रसाद पोखरेल–

दमक । दमक नगरपालिकाको बजार अनुगमन चल्दै थियो । दमकको वडा नं. ६ स्थित बसपार्क भित्र बजार अनुगमन भइरहँदा सानो बालकलाई क्रेटमा बाँधेको दृष्यले ध्यान खिच्यो ।

बालकको देब्रे खुट्टा बाँधिएको थियो । वरपर उ खेल्न सक्नेगरि बाँधिएको थियो । तर, बालक भने घिस्रिएर हिँड्न कोशिस गरिरहेको थियो ।
बालक अघि बढ्न खोजेतर्फ एक महिला होटलका जुठाभाँडा माझ्दै थिईन् ।

मैले नजिकै गएर प्रश्न गरें, ‘यो बच्चालाई किन बाँधेको ? बच्चाको आमा को हो ?’

हात पखाल्द भाँडा बाँझ्दै गरेकी महिला आइन् । र, आफ्नो बच्चा भएको बताइन् । उनले गएर बच्चाको डोरी फुकालिदिन् ।

त्यसपछि उनीबारे जान्ने उत्सुकता जाग्यो । सोधिखोजी गर्न थालें । हत्पत उनले बोल्न चाहिनन् । त्यतिबेलासम्म वरपर मान्छे जम्मा भइसकेका थिए ।

अनि उनले मुख खोलिन् , ‘उमेर २५ वर्ष । नाम रनमाया लिम्बु । माइतीघर धनकुटाको जीतपुर । श्रीमानको घर इलामको चुलाचुली ।’
दुधे बालक भर्खर ११ महिनाको रहेछ । रनमायाले आफ्नो वास्तविकता खोल्दै गइन् ।

श्रीमानको नाम हर्क राई रहेछ । उनी लगातारको घरेलु हिंसा सहन नसकेर घरबाट निस्किएकी रहिछन् । श्रीमानले कुटेर आफ्नो शरीरमा भएको घाउहरु देखाउन थालिन् । एकसाता अघिदेखि भोको रहेको र होटलमा अघिल्लो दिन मात्र आइपुगेको बताइन् ।

उनका अनुसार सासूले पनि यातना दिएर घरबाट निकालेको र श्रीमानले अर्को श्रीमती विवाह गरेका छन् । उनका श्रीमान्ले उनीसहित ४ वटा श्रीमती विवाह गरिसकेको उनले बताइन् ।

आफूलाई भने चिनजानको झुक्याएर विवाह गराइदिएको उनको भनाइ थियो । आफु खासै लेखपढ नगरेको उनले बताइन् ।

दमकमा रहेको एक सुरक्षित आवास गृहमा छोरासहित राखिदिने भनेर उनलाई सम्झउँदा उनी मानिनन् । न त श्रीमानलाई उजुरी गर्न तयार नै भइन् ।

महिला अधिकारकर्मी एवं साहित्यकार सुमित्रा वाङ्देल चेलीले पनि सेफ हाउसमा जान सम्झाइन् तर उनले मानिन् । सायद उनले सेफ हाउसको महत्व थाहा पाइनन् । एकप्रकारको त्रास उनको अनुहारमा झल्किन्थ्यो । विक्षप्त नै थिइन् ।

आफु भाडा नै बाँझेर बस्ने भनिन् ।

उनको स्वीकृति बेगर केही गर्न सकिएन । यद्यपि मनमा खेलिरह्यो घरमै हुने हिंसाका कारण एउटा अबोध बालक र महिलालाई बेघर बनाइदियो । यस्ता महिला तथा बालबालिकाहरुले कहिले पाउलान न्याय ?

    Comment Here!

Related NEWS
मुख्य खबर

सफा गाउँ अभियानले बिरामी कम

प्रकाश सिंह/महिला खबर उनले भनिन् ‘पहिला महिनामा दश बाह्र जना बिरामी पर्थे, अहिले भने महिनामा एक/दुई

गर्भपतन र सुत्केरीको ज्यान जोखिममा

ऐनको प्रस्तावनामा नै सुरक्षित, गुणस्तरी, सर्वसुलभ तथा पहुँचयोग्य बनाउने व्यवस्था गरेको छ तर त्यसका बारेका

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: