पुरुष डोमिनेटेड भारतीय लोकसभा चुनावका हेभीवेट महिला नेता


प्रकाशित मिति :2019-04-01 12:52:01

–महिला खबर–

ललितपुर । अप्रिल र मे महिनामा भारतमा १७ औं आम निर्वाचन अर्थात लोकसभा चुनाव हुँदैछ । यो चुनावलाई हिन्दु राष्ट्रियताको पक्षधर सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) वा प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय काँग्रेसको जनमत संग्रह पनि मान्न सकिन्छ ।

संसारको सबैभन्दा धेरै मतदाताले नेतृत्व चुन्ने भएर नै भारतलाई सबैभन्दा ठुलो लोकतन्त्र पनि भनिन्छ । ५ सय ४३ सिट भएको लोकसभामा २ सय ८२ सिट सहित बहुमतको सत्ताधारी भाजपा भर्सेस ४४ सिट लोकसभा सिट भएपनि पछिल्लो राज्यसभा चुनावमा उत्साहप्रद नतिजा ल्याएको काँग्रेसको चुनावी अनुमान विश्वभर चर्चामा छन् ।

मोदीको बहिर्गमन वा निरन्तरमा के होला भन्ने टुंगो लाउने चुनावी केन्द्रमा भाजपाका प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेसका राष्ट्रिय अध्यक्ष राहुल गान्धी छन् ।

पुरुष डोमिनेटेड चुनावी चर्चामा भारतमा दुई महिला हस्ती पनि चर्चाकै रेसमा छन् । अर्की हस्तीकै रुपमा हेरिएकी उत्तर प्रदेशकी पुर्व मुख्यमन्त्री मयावतीले भने चुनावी मैदानमा नआउने प्रष्ट पारेकी छिन् ।

भिन्न भिन्न पार्टी, सामाजिक ब्याकग्राउण्डका उनीहरुबारेमा अहिले चर्चा केन्द्रित छ । यी नेत्रृहरुबारे कल्याणी शंकरले द स्टेट्सम्यानमा यही फ्रेबु्रअरी १० मा एक आलेख समेत लेखेकी छन् । यी हुन भारतीय संघीय सरकारको नक्सा कोर्ने लोकसभामा चर्चामा आएका दुई महिला राजनितिज्ञ :

ममता बनर्जी, मुख्यमन्त्री, पश्चिम बंगाल तथा अध्यक्ष, अल इन्डिया तृणमूल काँग्रेस

वामपन्थी दलको एकछत्र सत्तालाई चुनावी जनमतले चिरेर सन् २०११ मा पश्चिम बंगालको आठौं मुख्यमन्त्री तथा पहिलो महिला मुख्यमन्त्री बनेकी हुन ममता बनर्जी ।

६४ वर्षीया बनर्जीले भारतीय राष्ट्रिय काँग्रेसबाट सन् १९९८ मा अलग भएर आफ्नै अध्यक्षतामा अल इन्डिया तृणमूल काँग्रेस दल गठन गरेकी थिइन् ।

जोराघाँस फूल चुनाव चिन्ह भएको बनर्जीको दलले सन् २०१४ को लोकसभाको चुनावमा ३४ सिट ल्याएर चौथो ठूलो राष्ट्रिय दल समेत बनेको थियो । आसन्न लोकसभा चुनावमा बनर्जीको दलले राम्रै जनतम ल्याउन सक्ने भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

प्रियंका गान्धी, महासचिव, भारतीय राष्ट्रिय काँग्रेस

गान्धी–नेहरु परिवारकी सदस्य प्रियंका गान्धी भारतीय राष्ट्रिय काँग्रेसका केन्द्रीय अध्यक्ष राहुल गान्धिकी बहिनी हुन् ।

राजनीतिबाट अलग्गै रेहेकी गान्धि आसन्न चुनावको लागी उत्तर प्रदेशको कमाण्ड सम्हालेर खानदानी राजनीतिमा प्रवेश गरेकी छिन् ।भारतीय राष्ट्रिय काँग्रेसको निर्णयहरु गर्ने समितिको रुपमा रहेको अल इन्डिया काँग्रेस कमिटिकी महासचिव छिन् उनी ।

उत्तर प्रदेशको पूर्व क्षेत्रको चुनावी कमान्डरको रुपमा प्रियंकालाई जिम्मेवारी दिइएको छ । बौद्ध धर्म बारेमा स्नातकोत्तर गरेकी गान्धिले मोदीको चुनाव क्षेत्र (वाराणासी) र उत्तर प्रदेशका पपुलिस्ट मुख्यमन्त्री योगी आदित्यनाथको जनमतलाई तान्नसक्ने भारतीय मिडियाहरुले बताएका छन् ।

उठेको हत्केला चुनाव चिन्ह भएको काँग्रेसलाई अत्यन्तै चर्चामा रहेकी गान्धिले उठाउँछिन् वा उठाउँदिनन्, त्यो भने लोकसभा चुनावले नै देखाउनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सुत्केरी महिला अस्पतालमै बन्धक

–महिला खबर– ललितादेवीका पति गोपीकुमार सुत्केरी श्रीमतीलाई डिस्चार्ज गर्न नसकेपछि पैंसाको जोहो गर्न भिख माग्न भौंतारिरहेका

अँध्यारोमै जन्मिन्छन् शिशुहरू

स्वास्थ्य चौकीमा उज्यालोको व्यवस्था नहुँदा कहिले स्वास्थकर्मीको मोबाइल त कहीले सेवाग्राहीले ल्याएको टर्चको उज्यालोमा स्वास्थ्य

नेपाली बालकको अपहरणपछि भारतमा भिख माग्न लगाइयो, १० को उद्धार

–महिला खबर– ललितपुर । भारतको विहार राज्यको सीतामढीको बालगृहमा एक महिनादेखि बस्दै आएका नेपालका १०

बदलिँदो पारिवारिक अवस्था अनुसार कानून आवश्यक

–महिला खबर– आज सार्वजनिक गरिएको यो प्रतिवेदनमा १ सय ८५ देशको तथ्याङ्क समेटिएको छ ।

तीन बालिका आफन्तबाटै बलात्कृत

–महिला खबर– ओखलढुंगा । ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नारासहित देशमा लैंगिक हिंसा विरुद्धको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: