विदेश त्यागेर नेपालमै ‘राम्रो’ आम्दानी गर्छन् यी महिला


प्रकाशित मिति :2019-03-31 14:30:45

–सर्मिला बुढाथोकी–

दोलखा । दोलखा भीमेश्वर नगरपालिका ८ बोचकी नानु भुजेल आर्थिक अभावका कारण गुजारा गर्न समस्या भएपछि विदेश गएकी थिईन् । तर, उनलाई आफ्नै देशमा मेहेनत गरे परिवारसँगै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ जस्तो लाग्यो । त्यसपछि आफ्नै देश फर्किइन् ।

नेपाल फर्केपछि पौरखी नेपालको सहयोगमा कुखुरा पालन सम्बन्धि तालिम लिएइन् । अहिले नानुले अहिले एक हजार कुखुरा पालन गरेकी छन् । कुखुरा बेचेर आएको आम्दानीले परिवार राम्रोसँग चलेको छ ।

‘म विदेश जानुअघि आफ्नो घर गाउँमानै मेहनत गरेर कमाई गर्न सकिन्छ भन्ने पक्षमा थिइन । आफ्नो घर गाउँमा काम गर्न लाज पनि लाग्थ्यो’ नानुले भनिन्, ‘तर, विदेश गएर धेरै मेहेनत गर्दा पनि सोचे अनुसार आम्दानी गर्न नसकेपछि आफ्नै देशमा मेहेनत गरेर कमाई गर्छु भनेर कुखुरा पालनमा लागें ।’

कुखुराको हेरचाह गर्दै नानु

चार लाख रुपैयाँ लगानी गरेर कुखुरापालन सुरु गरेकी नानुको अहिले मासिक आम्दानी एक लाख रुपैयाँ भन्दा बढी छ । उनले कुखुरा पालनसँगै बन्दा खेती र आलुखेती पनि थालेकी छन् । नानु परिवारसँगै रहेर आम्दानी पनि भएकोमा खुसी छिन् ।

खोटाङकी सर्मिला राई कमजोर आर्थिक अवस्थाकै कारण साथीको लहलहैमा लागेर १६ वर्षको उमेरमै विदेश गईन् । झण्डै आठ वर्ष घरेलु मजदुरको रुपमा काम गरिन् ।

आठ वर्षको अवधिमा साउदी, ओमन र इराकमा बसेर काम गरेकी सर्मिला अहिले भने नेपालमै आम्दानीको सम्भावना देखेर मख्ख छिन् । सर्मिला भन्छिन्– ‘विदेशमा बगाउने पसिना नेपालमै बगाउन सके पैसाले खाँचो हुदैन रहेछ ।’

नेपाल फर्किएपछि एक संस्थाको सहयोगमा उनले कुखुरा पालन तथा व्यवस्थापन सम्बन्धि ५ दिने तालिम लिइन् । त्यसपछि कुखुरा पालन व्यवसायमा लागेकी उनी अहिले विदेशमा भन्दा राम्रो कमाइ गरेकी छिन् ।

विदेशमा हुँदा मासिक १० हजार देखि २५ हजारसम्म कमाई हुन्थ्यो सर्मिलाले भनिन्– अहिले विदेशमा हुनेको र मेरो कमाई बराबर हुन्छ । कुखुरा पालन, करेसाबारीमा लगाएको तरकारी र खसी बेच्दा महिनामा ३० देखि ३५ हजारसम्म आम्दानि हुने गरेको सर्मिलाको भनाइ छ ।

विदेशमा बसेर कमाएको पैसाले केही जग्गा जोडें, अहिले त्यसैलाई सदुपयोग गरेर कुखुरापालन गरेको छु, उनले भनिन् – विदेशमा गर्ने मेहेनत आफ्नै देशमा बसेर गर्ने हो भने परिवारको हेरचाह गर्दै विदेशमा भन्दा बढी कमाई हुन्छ ।

कुखुराको हेरचाह गर्दै सर्मिला

सर्मिलाको खोरमा अहिले २ सय ओटा कुखुरा छ । ६/७ वटा बाख्रा पनि छन् उनको । उनी भन्छिन् – हरेक महिलाले विदेशमा दुःख गर्ने सोचाई बनाउनु भन्दा स्वदेशमै सम्भव भएको व्यवसाय गरे आम्दानी पनि हुन्छ र घर परिवारको रेखदेख पनि गर्न सकिन्छ ।

अहिले सरकारले पनि स्थानीय तहबाटै पर्याप्त मात्रामा रोजगारीको अवसर सिर्जना गर्ने तयारी गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत एक स्थानीय तहबाट पाँच हजार भन्दा बढी रोजगारी सिर्जना गर्ने सरकारको तयारी छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव लोकनाथ भुसाल सबै स्थानीय तहबाट रोजगार सिर्जना गर्ने गरी योजना तयार गर्न लागिएको र यसबाट स्वदेशमै रोजगारको अवसर मिल्ने बताउँछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै

–महिला खबर– कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद

सरकार समक्ष ओरेकको नौं बुँदे अपिल

–महिला खबर– ललितपुर । महिला अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि ओरेकले सरकार समक्ष नौं

अर्थमन्त्री ज्यू, माइतीघर मण्डलाको घेरा तोड्नै पर्ने हो र ?

-भुमिका श्रेष्ठ- आखिर यस्तो कि न त ? तपाईंको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: