बधाई छ बन्दना !


प्रकाशित मिति :2019-03-29 14:15:27

नेपालीकी छोरी अधिकार तथा सञ्चारकर्मी बन्दना राणा गत फ्रेब्रुअरी १८ मा संयुक्त राष्ट्रसंघीय समिति (सीड) को ७२औं सेसनबाट दुई वर्ष कार्यकालको लागि निर्वाचित भएकी छिन् । नेपालबाट सीडमा प्रतिनिधित्व गर्ने र उपाध्यक्षमा निर्वाचित हुने बन्दना पहिलो नेपाली महिला हुन् । त्यतिमात्र नभई युएन कमिटीहरुमा नेपालको प्रतिनिधित्व गर्ने हाल उनी मात्र हुन् ।

विजया श्रेष्ठ के.सी.

जुन २०१६ मा नेपाल सरकारले सीडमा नेपालको प्रतिनिधित्व गर्न बन्दनालाई मनोनयन गरेको थियो । सन् १९८३ मा स्थापित यस कमिटीमा विश्वभरबाट महिला मुद्दाका विज्ञहरु मध्येबाट २३ जनाले प्रतिनिधित्व गर्दछन् ।

दुई–दुई वर्षमा हुने निर्वाचनमा बन्दनाले १ सय ६ मत प्राप्त गरी एसिया प्यासिफक क्षेत्रको प्रतिनिधित्व गरेकी थिइन् । विगत दुई वर्ष उनले राजनीतिक समितिको संयोजकको रुपमा काम गरिन् भने अब दुई वर्ष उनले तीन मध्ये एक उपाध्यक्षको पद सम्हाल्ने छिन् ।

सीडको निर्वाचन हुनुभन्दा पहिले १३ मार्चमा कमिसन अफ स्टाटस अफ वुमन (सीएसडब्ल्यू) ले आफ्नो ६० औं सेसनको शुभारम्भमा महिला आन्दोलन र महिला सशक्तिकरणमा योगदान पुर्याए बापत विश्वभरका महिलाहरुमध्ये नेपालको बन्दना राणा र नाइजेरियाको वनमन्त्री अमिना मुहम्मदलाई ‘वर्ष महिला २०१६’ ले विभूषित गरेको थियो ।

आयोजकले मूल्याङ्कनका विधिहरु बताउँदै आफ्नो राष्ट्रको स्थानीय तहदेखि राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा दीगो विकाश र महिला सशक्तिकरणको लागि विशेष गरेर हिंसा र द्वन्द्वबाट पीडित महिला, सीमान्तकृत र विपन्नको लागि जनचेतना, वकालत र नेतृत्वदायी भूमिका निर्वाह गरे बापत चुनिएको कुरा सुनाएका थिए । त्यतिबेला मुख्य वक्ताको रुपमा बन्दनाले आफ्नो अनुभवहरु सुनाउँदा हल तालीले गड्गडाहट भएको थियो ।

सम्पन्न परिवारमा जन्मी, हुर्की पढे–बढेकी बन्दनालाई महिला विभेद, हिंसाबारे खासै जानकारी र अनुभव थिएन । तर, उनी सानैदेखि अब्बल, जिज्ञासु र दयालु स्वभावकी थिइन् ।

१९८६ मा उनले आफ्नो करिअर नेपाल टेलिभिजनको अंग्रेजी समाचार वाचकको रुपमा शुरु गरिन् । २० वर्ष समाचार वाचक र ६ वर्ष पूर्णकालिन रुपमा टिभीमा काम गर्दा समाचार शाखाको पूरा जिम्मेवारी सम्हालिन् ।

बन्दना राणा

सम्पादन, कार्यक्रम उत्पादनदेखि लिएर सम्पूर्ण काममा चूनौतिपूर्ण र साहसिलो कदम उठाउनुपर्ने उनको अनुभव छ । ती तमाम जिम्मेवारीहरु सम्हाल्दै, समाचारमा भन्नुपर्ने शब्दहरुको अर्थ खोज्दै, सिक्दै जाँदा बन्दनाले जीवनको अर्थ गहिराइमा बुझ्न र सिक्न थालिन् । लगातारको अध्ययन, तर्क र प्रस्तुती कलाले आफ्नो व्यक्तित्व पनि निखार्दै लगिन्, स्थानीय तहदेख विश्वमञ्चसम्मको व्यक्तित्वहरु र समाजसँगको सम्बन्धलाई प्रगाढ पार्दै लगिन् ।

१९८७ मा नेपालमा तेस्रो सार्क सम्मेलन हुँदै थियो । उद्घाटनको अघिल्लो दिन बन्दनालाई ‘तपाईंले प्रत्यक्ष प्रसारण गर्नुपर्छ’ भनि जिम्मेवारी दिइयो । त्यतिबेला प्रत्यक्ष प्रसारण कसरी गरिन्छ भन्ने कुनै ज्ञान, तालिम, अनुभव थिएन ।

सरकार प्रमुखहरुको सम्मेलन, तीन दिनसम्म सात देशमा प्रसारण हुने असाध्यै डर लागेको थियो, समय थिएन तर उनले ‘मसंग केही होला र त भरोशा गरे होलान्’ भनि आत्मबल बढाइन् ।

त्यो उनको पहिलो टिभीबाट गरिने प्रत्यक्ष प्रसारण थियो । त्यो कार्यक्रम सफल भयो, सबैले धेरै मन पराए । यसलाई बन्दनाले प्रतिबद्धताप्रति प्रतिबद्ध भएर चुनौती स्वीकार्न सिकाएको गर्व लाग्दो काम भनि सँधै स्मरण गर्छिन् । र, आफ्नो आन्तरिक क्षमता, व्यक्तित्व ह्वात्तै बढेको ठान्छिन् ।

कृषि र संचार मन्त्रालयको ‘मानव अधिकार र विकासको सन्दर्भमा महिलाहरुको सहभागिता’ बारे ‘वृत्तचित्र’ बनाउन बन्दनाले नेपालको सुदूर गाउँ वस्ती, जिल्लाहरुको अवलोकन, अध्ययन गर्ने जिम्मेवारी पाईन् ।

महिलाबारे कुरा गर्नुपर्ने तर महिलासँग भेटै नहुने – पुरुष आउने, पुरुष सुन्ने, पुरुष बोल्ने, पुरुष नै महिलाबारे निर्णय गर्ने अवस्था देख्दा उनको अन्तरआत्माले ‘महिलाको मौन आवाजलाई तोड्ने’ संकल्प गर्यो । कुनै हालतमा पनि महिलाको आवाज लिएर जान्छु भनि महिला भेट्न पँधेरो, खेतबारीतिर लागिन् ।

विभेद र हिंसाको जड धेरैभित्र रहेछ भन्ने कुरा पनि उनले त्यहीँ बुझिन् । आफुलाई महिला हिंसा र विभेदको विरुद्ध लाग्ने निर्णय गरिन् । सायद यो घटना वन्दनाको लागि ‘कोसेढुङ्गा’ थियो । आज तिनै गाउँ पाखामा महिलाहरु संगठित भएर आवाज निकालेको देख्दा उनलाई अत्यन्त खुशी लाग्छ ।

दुई–दुई वर्षमा हुने निर्वाचनमा बन्दनाले १ सय ६ मत प्राप्त गरी एसिया प्यासिफक क्षेत्रको

प्रतिनिधित्व गरेकी थिइन् । विगत दुई वर्ष उनले राजनीतिक समितिको संयोजकको रुपमा काम गरिन् भने

अब दुई वर्ष उनले तीन मध्ये एक उपाध्यक्षको पद सम्हाल्ने छिन् ।

अन्धविश्वास र महिलाप्रति हिंसाको जड अझै समाजमा व्याप्त छ । राजधानीमा समेत बोक्सीको आरोपमा महिलाको हत्या गरिएको उदाहरण छ । यसै सन्दर्भमा बन्दनाले आफ्नै नेतृत्वमा ‘शक्ति’ डकुमेन्ट्री बनाएर नेपालको विभिन्न स्थान हुँदै अन्तर्राष्ट्रिय समुदायमा पनि प्रस्तुत गरिन् ।

यो संस्कार, अन्धविश्वास हटाउन र नियम कानून बनाउन अझ बढी संजाल तयार गरी वकालतमा आफुलाई होमिन साथै पुरुषको साथ र सहभागितालाई उनले उच्च प्राथमिकतामा राखिन् ।

तिनै समयमा उनले पत्रकारिता क्षेत्रमा महिला अझ बढ्नुपर्ने महसुस पनि गरिन् । महिलाका समस्या महिलाले जति राम्ररी पुरुषले बुझ्न सक्दैनन् । उनीहरुको आवाज बुँलन्द पार्न महिला नै जरुरी हुन्छ । त्यसैको महसुस गरि बन्दना सहितको पहलमा पत्रकार महिलाको पहिलो संस्था ‘सञ्चारिका समूह’ स्थापना भयो ।

पत्रकार महिलाको संख्यात्मक र गुणात्मक बृद्धिका साथै महिलाका मुद्धालाई मूलप्रवाहीकरण गर्ने उद्देश्य लिएको सञ्चारिका समूहको एक संस्थापक तथा पहिलो निर्वाचित अध्यक्ष पनि हुन् बन्दना ।

विभेद र हिंसा विरुद्ध नेपाली महिलाहरुले आवाज उठाईरहेको बेला १९९२ मा ‘हिंसा घरबार शुरु हुन्छ, यो हिंसा विरुद्ध कानून बन्नु पर्दछ’ भनि नयाँ विचार लिएर ‘साथी’ संस्थाको स्थापना भएको थियो, जसको बन्दना एक संस्थापक पनि हुन् ।

पीडितलाई न्याय दिलाउने, सुरक्षा, उपचार, क्षतिपूर्ति, रोजगारी, सीप दिने लगायत सामाजिक सुरक्षा, पुनर्स्थापनाको व्यवस्था मिलाउने काम साथीले गर्दै आएको छ, जसमा बन्दनाको ठूलो योगदान छ ।

साथीले १९९५ मा महिलाका लागि सुरक्षित आवास गृह स्थापना गरेको थियो । बन्दनाले ग्लोबल नेटवर्क अफ वमन सेल्टरको अध्यक्ष पद पनि सम्हालिन् ।

पत्रकार महिलाको संख्यात्मक र गुणात्मक बृद्धिका साथै महिलाका मुद्धालाई

मूलप्रवाहीकरण गर्ने उद्देश्य लिएको सञ्चारिका समूहको एक संस्थापक तथा

पहिलो निर्वाचित अध्यक्ष पनि हुन् बन्दना ।

घरेलु हिंसाबारे ऐन बनाउन वकालत गरेको १४ वर्षपछि सन् २००९ मा ‘घरेलु हिंसा कसुर र सजाय’ ऐन बन्यो । त्यो ऐन ल्याउन बन्दनाको नेतृत्वको संजालले धेरै मेहनत गरेको हामीले बिर्सेका छैनौं । धेरैले उनलाई महिला हिंसा विरुद्धको अभियन्ताको रुपमा चिन्दछन् ।

बन्दनासँग युएनडीपी, युएन वुमन, महिलाहरुको ग्लोबल नेटवर्क, एसिया प्यासिफिक महिला एलायन्स लगायत अन्तर्राष्ट्रिय संस्थाहरुसँग काम गरेको थुप्रै अनुभव छन् । उनले स्थानीय र राष्ट्रिय रुपमा भएका योजना र कार्यक्रमहरुलाई विश्वनीति बनाउन समेत विश्व समुदायलाई सघाइन् ।

त्यस्तै गरेर सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव १३२५ र १८२० को कार्यान्वयन पक्षमा बन्दनाको नेतृत्वमा नेपालले दक्षिण एसियामा प्रथम र एसियामा तेस्रो स्थान हासिल गरेको छ ।

यसको कार्ययोजना तयार पार्ने समितिमा बन्दनाले मुख्य भूमिका निभाएकी थिइन् । त्यसैको उपलब्धी स्वरुप उनी १३२५ को अन्तर्राष्ट्रिय समितिमा पनि छनौट भइन् ।

सबैभन्दा गर्वको कुरा नेपाल जस्तो सानो र अविकसित राष्ट्रमा जन्मेर सबैभन्दा महत्वपूर्ण कार्य बन्दनाले सांस्कृतिक र सामाजिक विभेदबीचको समूहमा लैंगिक हिंसा न्यूनिकरणमा खेलेको भूमिकाले आज सीड जस्तो विश्व प्रतिष्ठित समितिमा नेपालको अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भइन् । बौद्धिक सुन्दरी बन्दनालाई मुरी मुरी बधाई छ ।

त्यस्तै तत्कालिन नेपाल सरकारले सही समयमा उपयुक्त उम्मेदवार सही ठाउँको लागि मनोनयन गरेकोमा पनि सरकार पनि बधाईको पात्र छ ।

(लेखक प्रदेश नम्बर ३ को प्रदेश सांसद हुनुहुुन्छ ।) 

    Comment Here!

Related NEWS
मुख्य खबर

पीडितले फेरिरहने बयानको समाजशास्त्र

-नारायणी देवकोटा- प्रेम, सहमतिमा यौन सम्बन्ध, यौन व्यापार र बलात्कार चारवटा छुट्टाछुट्ट्टै पक्ष हुन् । मसिनो रेखाले

दाइजोको निहुँमा फेरि युवतीको हत्या

-महिला खबर- ललितपुर । भारतको जोगवनीमा नेपाली महिलाको शव फेला परेको छ ।

श्रीमानले गरे श्रीमतीको हत्या

-महिला खबर- ललितपुर । कैलालीमा एक श्रीमान् श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् ।

बालिका बलात्कार गर्ने बालक पक्राउ

-महिला खबर- ललितपुर । कैलालीको धनगढीमा बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

कार्तिक १ गतेदेखि स्यानिटरी प्याड निःशुल्क

-महिला खबर- ललितपुर । सरकारले आउँदो कार्तिक १ गतेदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: