विद्रोह !


प्रकाशित मिति :2019-03-25 16:09:13

-गायत्री खतिवडा-

कहिल्यै नहिँडेको
मेरो कविता
आज अचानक दौडियो
हेर्दाहेर्दै
कविताका शरीरभरि
रङ्गिन प्वाँख पलायो
हरियो, निलो, रातो, सेतो
इन्द्रेणी रङ्ग पोतिएको
प्वाँखहरु लिएर उड्यो
मेरो कविता ।

कविता सँगै
अलिकति मेरो सपना उड्यो
अलिकति मेरो भावना उड्यो
अनि उड्यो ,मेरो मन
मेरो विचार र चेतना
ति रङ्गिन प्वाँखहरुमा
आफु भित्रको
‘म छोरी’ उड्दै थिएँ ।

वर्षौं पहिले
कविता जस्तै
उड्ने कुरा गर्नुभो ,मेरो हजुरआमाले
हजुरआमाको घाँटी निमोठियो
र धुरी कटाइयो ।
केही वर्ष अगाडि
आमाले उड्ने कुरा गर्नुभो
आमाको मुख थुनियो
र,
जिब्रो काटियो ।

आज एक युग पछि
फेरि मैले उड्ने सपना देखें ।
युगौं देखि
‘पोथी बासेको’ सुन्न नचाहने समाजमा
मैले उड्ने सपना देख्नु
ठूलै विद्रोह थियो,
हो, आज मैले त्यो विद्रोह गरें ।

वर्षौंदेखि
अध्याँरो कुनामा
इज्जतको भारीले
थिचिएर बसेको मेरो कविता
मैले जस्तै विद्रोह गरि
आफ्नै पखेटाको भरले
निलो खुल्ला आकाशमा
माथि –माथिसम्म उड्दै गयो
उड्दै गयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

म कसरी एकल ?

नारी होस् या पुरुष जन्मदा एक्लै जन्मने हो । अघि वा पछिको कुरा मात्रै हो,

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: