महिला : हिंसा सहन नसक्दा आत्महत्या


लैंगिक हिंसा विरुद्धका कार्यक्रम आवश्यक

प्रकाशित मिति :2019-03-25 12:52:02

–पार्वती पाण्डे–

कपिलवस्तु । जटिल कारण बिना मान्छेले आत्महत्या गर्ने योजना बनाउँदैन । अनुसन्धानकर्ताहरु भन्छन्, ‘कुनै न कुनै पीडा नभई घाँटीमा पाँसो लगाउन बाध्य हुँदैन । चरम पीडाले छट्पटाएर मर्नुको विकल्प नदेखेरै मानिस आत्महत्या गर्ने गरेको तथ्यहरुले पुष्टि गरेका छन् ।’

कतै इज्जत प्रतिष्ठामा आघात, कतै रोजगारी नपाएका कारण, कतै पारिवारिक तनाव, त कतै गरीबी र अशिक्षाका कारण मानिसहरु आत्महत्या गर्न बाध्य भएका छन् ।

प्रहरीका अनुसार घरेलु हिंसा, पारिवारिक तनाव, अशिक्षा, गरिबीका कारण धेरै महिलाहरुले आत्महत्या गर्ने गरेका छन् । कपिलवस्तुमा ५ वर्षको अवधिमा २ सय २२ जना महिलाले आत्महत्या गरेको तथ्य जिल्ला प्रहरीमा रहेको छ ।

सांकेतिक तस्वीर

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा झुण्डिएर १९, विष सेवन ९ सहित २८ जना महिलाको ज्यान गएको छ ।

५ नं प्रदेश प्रहरीका अनुसार आर्थिक वर्ष २०७१/०७२ देखि २०७५/०७६ को मंसिर मसान्तसम्ममा ७ सय ४९ महिलाले आत्महत्या गरेका छन् ।

प्रदेशका १२ वटा जिल्ला मध्ये तराईमा भन्दा पहाडी जिल्लामा आत्महत्याको घटना धेरै हुने गरेको प्रहरीको तथ्यांक छ । प्रदेश ५ का प्रहरी प्रमुख पिताम्बर अधिकारी मानसिक तनावका कारण ९० प्रतिशतले आत्महत्या गर्ने बताउँछन् ।

त्यसैमाथि महिला पारिवारिक हिंसाका कारण आत्महत्या गर्न पुगेका भेटिन्छन् । यो समस्या रोक्न प्रदेशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी, प्रहरी र मनोविमर्शकर्ताको सहकार्यमा चेतनामुलक शिक्षा संचालन गरिएको छ ।

सहरको सट्टा विभिन्न विद्यालय र ग्रामीण वस्तीमा यस्तो शिक्षा शुरु गरिएको हो । यस्तोमा मानसिक पीडा भएका, घरेलु हिंसामा पिल्सीएका महिलाहरुलाई सम्झाउने बुझाउने काम प्रहरीले गरेको प्रहरीको भनाइ छ ।

बर्दियाबाट शुरु भएको यो अभियान प्रदेशका १२ वटै जिल्लामा पुर्याउने डिआइजी अधिकारीको भनाइ छ । ‘पाँच नं प्रदेशका सबै जिल्लामा उक्त कार्य गर्नका लागि प्रहरीलाई निर्देशन गरिसकेको छौं’ उनले भने, ‘हामी हिंसाका कारण आत्महत्या गर्ने वा मानसिक तनावका कारण मृत्युका मुखमा जाने समस्या रोक्ने अभियानमा छौं।’

प्रदेश ५ का प्रहरी प्रमुख पिताम्बर अधिकारी मानसिक तनावका कारण ९० प्रतिशतले आत्महत्या गर्ने बताउँछन् ।

मानिसले आफ्नो ज्यानलाई आफै मार्नु भनेको निकै डरलाग्दो अवस्था हो । यसलाई न्युनिकरण गर्नका लागि सामुदायिक अभियान समेत चलेका छन् ।

महिला मात्रै होइन पछिल्ला दिनमा बालबालिकाले पनि हिंसा सहन नसकेर आत्महत्या गर्ने गरेका छन् । यस्तोमा विद्यालय र घर परिवारमा बालमैत्री वातावरण नहुने कारण देखिएको छ ।

बालबालिकाको मनोभावना बुझेर शिक्षक र अभिभावकले काम गर्नु पर्ने देखिन्छ । महिला तथा बालबालिका सेल प्रमुख गिरीका अनुसार चरम घरेलु हिंसा खप्न नसकेर महिलाले आत्महत्या गर्ने गरेका छन् । यातना, डर धम्की र आफुखुसी विवाह गर्न नपाएका कारण पनि युवायुवतीले आत्महत्या गर्ने, विष पिउने गरेका छन् ।

मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर अन्तर्गत दफा १८५ मा आत्महत्या गर्ने चरणमा पुर्याउनेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । तर, आत्महत्यालाई प्रयोगात्मक रुपमा सजायको भागीदार बनाउन भने नसकेको अधिवक्ता ओम प्रकाश अर्यालको भनाइ छ ।

आत्महत्या गर्नेमा १६ वर्षदेखि ६० वर्ष उमेर समूहका महिला धेरै छन् । हिंसा सहन नसकेर महिलाले आत्महत्या गर्ने क्रम धेरै छ । यद्यपि रोक्नका लागि जिल्लामा कुनै संघसंस्थाले काम गरेका छैनन् ।

गैरसरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष प्रविण श्रीवास्तवले आत्महत्याका घटनालाई रोक्न घरपरिवार, समाज र राज्यले पनि समयमै ध्यान पुर्याउनु पर्ने बताए ।

आत्महत्या गर्नेमा १६ वर्षदेखि ६० वर्ष उमेर समूहका महिला धेरै छन् ।

हिंसा सहन नसकेर महिलाले आत्महत्या गर्ने क्रम धेरै छ ।

यद्यपि रोक्नका लागि जिल्लामा कुनै संघसंस्थाले काम गरेका छैनन् । 

सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्थाले पनि आत्महत्या, विष सेवन जस्ता विषयलाई कार्यक्रममा राखी चेतना मुलक कार्यक्रम गर्न आवश्यक छ । घरदेखि गाउँ समाजमा शान्तिको वातावरण सृजना गर्नु, घरेलु हिंसा रोक्नु, बालबालिकालाई बालमैत्री वातावरण राख्नु आदिबाट यस्ता डरलाग्दा घटनाहरु न्यूनीकरण हुन्छन् ।

महिलाहरुको सम्मान र महिला मैत्री वातावरण बनाउने र बेरोजगारीको अन्त्य गर्ने हो भने महिलाहरुले गर्ने आत्महत्या स्वतः घट्ने महिला मानवअधिकार मञ्चका केन्द्रिय सचिव चेतना अधिकारीले बताइन् ।

अरु जेसुकै भएपनि घरेलु हिंसा रोक्न सकेमा मात्रै आत्महत्याका घटना कम हुने महिला मानवअधिकार रक्षक जिल्ला सञ्जाल कपिलवस्तुका अध्यक्ष मीना परियारको भनाइ छ ।

‘घरेलु हिंसा न सहन सक्ने, न बताउन सक्ने भएर आत्महत्याको बाटो रोजेका तमाम महिला छन्,’ उनले भनिन् ,‘यस्तोमा घरेलु हिंसा घटाउनु महिला आत्महत्या घटाउने ठूलो उपाय हो ।’

साभार : सञ्चारिका फिचर सेवा, सञ्चारिका समूह प्रदेश ५

    Comment Here!

Related NEWS
मुख्य खबर

किशोरीलाई मन्त्री थापाको लिडरसिप टिप्स

-महिला खबर- ललितपुर । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले किशोरीहरूलाई भावी पुस्ताको नेतृत्वका

मन्त्री थापा र यूएनएफपीएका कार्यकारी निर्देशकबीच शिष्टाचार भेट

-महिला खबर- ललितपुर । महिला बालबालिका, तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र संयुक्त राष्ट्रसंघीय जनसंख्या

नेता महिलाले भने, ‘नेतृत्वमा महिला संख्या बढाउनु पर्छ’

-महिला खबर- ललितपुर । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले नेतृत्वमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता आवश्यक

पीडितको कुनै दोष हुदैन

-रमा भट्टराई कैलाली- जहाँ मान्छेको बलि चडिरहन्छ हो त्यहीँ जनावरको बलि चडाइनु हुदैन भन्दै एक थरी उफ्रन

रञ्जनाको हत्याप्रती सोच नेपालको ध्यानाकर्षण

-महिला खबर-  विराटनगर–११ पच्चमुखि चोक माइती भएकी रञ्जना सहनी (बहरदार)को दाइजोको निहुँमा हत्या भएको घटनाप्रती मानवबादी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: