बालिका आश्रममा सौन्दर्यकर्मीको स्थापना दिवस


प्रकाशित मिति :2019-03-22 13:31:20

-महिला खबर-

देवघाट । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश न,३ ले आफ्नो ११ औं स्थापना दिवस रामजानकी बालिका आश्रम देवघाटमा रहेका बालिकाहरुसँग मनाएको छ ।

जिफन्ट महासंघ केन्द्रीय उपाध्यक्ष जितेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बालिका आश्रमलाई सहयोग समेत गरिएको छ । आश्रमको भवन निमार्णका लागि सौन्र्दयकर्मी युनियन प्रदेश ३, का अध्यक्ष गीता मैनालीले ५१ हजार र बालिकाहरुको भोजनका लागि युनियन परिवारले १५ हजार १ सय आर्थिक सहयोग गरेको छ ।

सो रकम अध्यक्ष मैनालीले प्रमुख अतिथी श्रेष्ठ मार्फत बालिका आश्रमका अध्यक्ष साबित्री टन्डन लाई हस्तान्तरण गरिन् ।

आश्रम परिसर देवघाटमा भएको सो कार्यक्रममा युनियन केन्द्रीय उपाध्यक्ष गंगा नकर्मी, आश्रमका महासचिव रामेश्वर खनाल, जीफन्ट प्रदेश ३, का सचिव अर्जुन अर्याल, युनियन प्रदेश ३ का सचिव सुजना जोशी लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा अवसरमा काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र मकवानपुरका सौन्दर्यकर्मीहरु उपस्थित थिए । बालिका आश्रममा हाल ४० जना बालिकाले आश्रय लिइरहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भपतन र सुत्केरीको ज्यान जोखिममा

ऐनको प्रस्तावनामा नै सुरक्षित, गुणस्तरी, सर्वसुलभ तथा पहुँचयोग्य बनाउने व्यवस्था गरेको छ तर त्यसका बारेका

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: