महिला मात्रै पढ्ने क्याम्पसमा पुरुष प्रमुख


प्रकाशित मिति :2019-03-19 15:36:49

–महिला खबर–

ललितपुर । बागबजारस्थित पद्मकन्या क्याम्पसमा प्रहरी तैनाथ गरि पुरुषलाई क्याम्पस प्रमुख पदमा बहाली गरिएको छ ।

पद्मकन्या क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीले महिला क्याम्पस प्रमुख हुनुपर्ने माग राखि लगातार आन्दोलन गरिरहँदा प्रहरी तैनाथ गरी आज क्याम्पस प्रमुखमा पुरुषकाे पद बहाली गरिएकाे हाे ।

गएको आइतबार उपकुलपतिबाट नियुक्तिपत्र बुझेका प्राध्यापक धनप्रसाद पण्डित प्रहरीको सुरक्षासहित क्याम्पस पुगेर क्याम्पस प्रमुखको कार्यकक्षमा बसेका हुन् ।

क्याम्पसकी प्राध्यापक डा. निर्मला उप्रेतीले आन्दोलन गरिरहेको ठाउँमा जबरजस्ती प्रहरी ल्याएर पण्डित क्याम्पस प्रमुखको कक्षमा बसेको बताइन् ।

प्रहरीकाे सुरक्षामा पद बहाली हुँदै नवनियुक्त क्याम्पस प्रमुख धनप्रसाद पण्डित

उनले महिला विद्यार्थी मात्रै पढ्ने क्याम्पसमा पटक पटक माग गर्दा पनि महिला क्याम्पस प्रमुख नियुक्ति नगरी पुरुष नियुक्त गरेकोले उक्त नियुक्ति बदरको लागि अदालत जाने बताइन् ।

क्याम्पसका प्राध्यापक तथा विद्यार्थीले लामो समयदेखि पद्मकन्या क्याम्पसमा प्राध्यापन गर्दै आएकी तथा निमिक्त क्याम्पस प्रमुखको जिम्मेवारी पनि निभाइसकेकोले सह- प्राध्यापक डा. जया प्रधानलाई क्याम्पस प्रमुख बनाउनुपर्ने माग गर्दै आएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भपतन र सुत्केरीको ज्यान जोखिममा

ऐनको प्रस्तावनामा नै सुरक्षित, गुणस्तरी, सर्वसुलभ तथा पहुँचयोग्य बनाउने व्यवस्था गरेको छ तर त्यसका बारेका

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: