कृषक महिलालाई तरकारीको विरुवा


प्रकाशित मिति :2019-03-19 12:46:38

–महिला खबर–

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १० मा तरकारीका विरुवा वितरण अभियान सुरु गरिएको छ । वडा वासिन्दालाई तरकारीमा आत्मनिर्भर बनाउन एक घर चार विरुवा वितरण गरिएको हो ।

वडा अध्यक्ष प्रमानन्द जोशीले वडाका गृहिणीलाई तरकारीका विरुवा वितरण गरेका थिए । ‘गत वर्षदेखि नै तरकारीका विरुवा वितरण गर्न सुरु गरेका हौ, यस वर्ष पनि निरन्तरता दिएका छौ’ वडा अध्यक्ष जोशीले भने,’ ‘वडाका बासिन्दालाई तरकारीमा आत्मनिर्भर बनाउन तरकारीका विरुवा वितरण गरिएको हो ।’

वडा कार्यालयमा औपचारिक कार्यक्रम गरी विरुवा वितरण सुरु गरेको हो । विशेष गरी करेसाबारीमा महिलाको भूमिका बढी हुन्छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले गृहिणी महिलालाई तरकारीको विरुवा वितरण गरेका थिए ।

विरुवा वितरण सुरु गर्दै नगर प्रमुख विष्टले वडा कार्यालयले गत वर्षदेखि सुरु गरेको विरुवा वितरण अभियानले भीमदत्त नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘वडा कार्यालयले गत वर्षदेखि सुरु गरेको विरुवा वितरण अभियान एकदमै राम्रो छ, यसलाई निरन्तरता दिन नगरपालिका कार्यालय सक्दो सहयोग गर्छ’ उनले भने,‘यसबाट भीमदत्त तरकारीमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’

समृद्ध नगरको सपनामा कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरण महत्वपूर्ण भएकाले कृषि विकासका लागि सिँचाई, उन्नत बिउ विजन र मलखादको व्यवस्था गरिनु पर्नेमा नगर प्रमुख विष्टले जोड दिए ।

वडा कार्यालयको तरकारीका विरुवा वितरणबाट भारतबाट आउने तरकारीको आयात घटाउन सहयोग पुग्ने उल्लेख गर्दै अन्य वडामा पनि तरकारी उत्पादन कार्यक्रम सञ्चालन गरिने बताए ।

यस अघि भीनपा वडा नं. १५ मा कृषक समूहहरुलाई तरकारीका विरुवा वितरण गरिएको थियो । वडा अध्यक्ष परमान्द जोशीको सभापतित्वमा गरिएको कार्यक्रममा वडा सदस्य, कर्मचारी, स्थानीय सहभागी भएका छन् । वडा अध्यक्ष जोशीले घर घरमा गएर विरुवा वितरण गरिने जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी संक्रमित मथुरालाई गंगादेवी शान्ति पुरस्कार

–महिला खबर– अछामकी मथुरा कुँवर एचआइभी संक्रमित भएपछि आफ्नै समाजबाट भएको हिंसा, लाञ्छनाका बाबजुद समाज

आफ्नै पाठेघरबाट जन्मिएकाे सन्तानलाई मेराे भन्न नपाउने ?

–डा.अरुणा उप्रेती– पाँच पाण्डव बाबुबाट जन्मेका थिए । कुन्ती र माद्रीले पाँच पाण्डवलाई नागरिकता दिलाउनु

सर्वोच्चले खाेलिदियाे जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता लिने बाटाे

–महिला खबर– ललितपुर । जन्मको आधारमा नागरिकता लिएका नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सर्वोच्च

‘तान्ने प्रथा’ अझै

मञ्जुरीबिना जबरजस्ती तानेर लाने र त्यसलाई ‘मौलिक परम्परा’ ठानेर नयाँ पुस्ताले पनि चुपचाप सहिदिँदा महिलाहरू

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

–महिला खबर– झापाको बिर्तामोडमा रहेको पसलमा सामान किन्न गएकी एक बालिकालाई पसलका सञ्चालकले यौन

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: