महिलामैत्री याेजना बनाउँदै हल्दीवारी गाउँपालिका


प्रकाशित मिति :2019-03-19 11:16:20

–विष्णुप्रसाद पोखरेल–

झापा । हल्दीवारी गाउँपालकाले झापामा नै पहिलो पटक ‘महिला विकास समिति गठन तथा परिचालन कार्यविधि, २०७५’ बनाएर कार्यान्वयनमा लगेको छ ।

विकास निर्माणमा महिलाहरुको नेतृत्वका लागि महिलाहरुमात्र रहेको टोल विकास संस्था बनाएर नमुना गाउँपालिकाको रुपमा काम गरेको हल्दीवारीले अर्को महिलामैत्री योजना अघि सारेको हो ।

गाउँपालिकाले आफ्नो राजपत्रमा पालिकाको क्षेत्रभित्रका महिला जनप्रतिनिधिको नेतृत्वमा महिला विकास परिषद्को गठन गर्ने निर्णय गरेको हो ।

सोही परिषद् मार्फत महिला विकास सम्बन्धी गाउँपालिका स्तरीय नीति निर्माणदेखि कार्यान्वयन तहसम्म आवश्यकता अनुसार उनीहरुलाई संलग्न गराई समग्र हल्दीवारीको सर्वाङ्गीण विकासको लागि महिलालाई मुलप्रवाहमा ल्याउने उल्लेख छ ।

त्यसैको कार्यान्वयनको लागि हल्दीवारी गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७४ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी हल्दीवारी गाउँ कार्यपालिकाले कार्यविधि तर्जुमा गरी लागू गरेको गाँउपालिकाका उपाध्यक्ष डम्बर गिरीले बताए ।

गिरीका अनुसार गाउँपालिकास्तर र प्रत्येक वडामा समिति बन्नेछन् । महिला विकास समिति सम्बन्धी व्यवस्था अनुसार प्रत्येक वडामा महिला विकास सम्बन्धी योजना तथा कार्यक्रम सञ्चालन गर्ने काम समेतको लागि एक महिला विकास समिति रहनेछ ।

जसमा सम्बन्धित वडा समितिले तोकेको सम्बन्धित वडाको महिला जनप्रतिनिधिहरु मध्येबाट एकजना संयोजक, सम्बन्धित वडाभित्रका टोल विकास संस्थाका अध्यक्ष वा निजले तोकेको टोल विकास संस्थाको पदाधिकारी वा सदस्यहरु एक/एक जना सदस्य, महिलाको हक, हितको संरक्षण र सम्वद्र्धन वा समाज सेवाको क्षेत्रमा विशेष योगदान पुर्याएका महिलाहरुमध्येबाट वडा समितिबाट मनोनित चारजना सदस्य रहनेछन् ।

वडा सचिव वा निजले तोकेको कर्मचारी सदस्य सचिव बन्ने प्रावधान राजपत्रमा राखिएको छ ।

वडाभित्रका समग्र विकास प्रकृयामा महिलाको दीर्घकालिन सहभागिताको लागि उक्त कार्यविधि बनाइएको गाउँपालिकाले जनाएको छ । कार्यविधि अनुसार टोल विकास संस्थाहरुले सम्पादन गर्ने काममा समन्वय तथा सहजीकरण, महिला सशक्तिकरण तथा मुल प्रवाहीकरण सम्बन्धी कायक्रमहरुको तर्जुमा गरी वडा समितिमा पेश गर्ने लगायतका जिम्मेवारी उक्त समितिलाई तोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए ।

उनका अनुसार महिलालाई सर्वाङ्गीण विकासको मुल प्रवाहमा परिचालन गर्न अभियानमुलक कार्यहरु सञ्चालन गर्ने, गराउने, महिलालाई विकास निर्माण तथा समाज सेवाको क्षेत्रमा स्वयंसेवकको रुपमा परिचालन गर्ने, गराउने, लैङ्गिक हिंसा नियन्त्रणका आवश्यक कार्यक्रमहरुको तर्जुमा गरी वडा समितिमा पेश गर्ने, लगायतका काम कार्यविधिमा उल्लेख छ ।

कार्यविधिमा गाउँपालिका स्तरमा महिला विकास परिषद् सम्बन्धी व्यवस्था गरिएको छ । कार्यपालिका मातहतको सामाजिक विकास समितिको प्रत्यक्ष मातहतमा रहने गरि गाउँपालिका स्तरीय एक महिला विकास परिषद्को गठन हुने गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्देनले बताए ।

सबै वडाका समितिका संयोजकहरुमध्येबाट आफूले छानेको एकजना अध्यक्ष, सबै वडाका महिला विकास समितिका संयोजक, सदस्य, सबै वडाभित्र रहेका टोल विकास संस्थाका अध्यक्षहरुबाट एक÷एक जना समेटिने गरी कार्यपालिकाले मनोनयन गरेका पाँचजना, सदस्य, महिलाको हक, हितको संरक्षण र सम्वद्र्धन वा समाज सेवाको क्षेत्रमा विशेष योगदान पुर्याएका महिलाहरुमध्येबाट कार्यपालिकाबाट मनोनित सातजना, सदस्य रहनेछन् ।

उनका अनुसार कार्यालयको महिला विकास शाखा हेर्ने शाखा प्रमुख सदस्य सचिव रहने कार्यविधिमा उल्लेख छ । सदस्यहरुको मनोनयन समावेशी सिद्धान्तको आधारमा गरिने र यस सम्बन्धिको कार्यविधि समेत पास भइसकेको उनले बताए । यस परिषदले महिला विकास सम्बन्धी गाउँपालिकास्तरीय दीर्घकालिन नीतिको मस्यौदा तर्जुमा गरी सामाजिक विकास समितिमा पेश गर्ने जनाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी संक्रमित मथुरालाई गंगादेवी शान्ति पुरस्कार

–महिला खबर– अछामकी मथुरा कुँवर एचआइभी संक्रमित भएपछि आफ्नै समाजबाट भएको हिंसा, लाञ्छनाका बाबजुद समाज

आफ्नै पाठेघरबाट जन्मिएकाे सन्तानलाई मेराे भन्न नपाउने ?

–डा.अरुणा उप्रेती– पाँच पाण्डव बाबुबाट जन्मेका थिए । कुन्ती र माद्रीले पाँच पाण्डवलाई नागरिकता दिलाउनु

सर्वोच्चले खाेलिदियाे जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता लिने बाटाे

–महिला खबर– ललितपुर । जन्मको आधारमा नागरिकता लिएका नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सर्वोच्च

‘तान्ने प्रथा’ अझै

मञ्जुरीबिना जबरजस्ती तानेर लाने र त्यसलाई ‘मौलिक परम्परा’ ठानेर नयाँ पुस्ताले पनि चुपचाप सहिदिँदा महिलाहरू

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

–महिला खबर– झापाको बिर्तामोडमा रहेको पसलमा सामान किन्न गएकी एक बालिकालाई पसलका सञ्चालकले यौन

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: