‘स्थानीय तहको बजेटमा भूमीहिन सिमान्तकृतलाई समेटौं’


प्रकाशित मिति :2019-03-17 16:37:47

–महिला खबर–

ललितपुर । नेपाल महिला एकता समाजले स्थानीय जनप्रतिनिधि, तथा सरोकारवालाबीच संस्थाको सामाजिक लेखाजोखा प्रतिवेदन प्रस्तुत गरेको छ ।

संस्थाले वर्षभरि गरेको कार्यक्रम र आर्थिक पाटोलाई पारदर्शी हिसाबले समुदाय र सरोकारवालामाझ प्रस्तुत गरेको हो । उक्त कार्यक्रममा संस्थाले गरेको कार्यक्रमको प्रभावकारिताबारे छलफल पनि गरिएको थियो ।

संस्थाकी अध्यक्ष विमला लामाले जवाफदेहिता, उत्तरदायित्व तथा पारदर्शिताको लागि समाजिक लेखाजोखा प्रस्तुत गरेको बताइन् ।

उक्त कार्यक्रममा अधिकारकर्मी लक्ष्मी न्यौपानेले नेपाल महिला एकता समाजको सामाजिक लेखाजोखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने संस्थाको तर्फबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा संस्थागत सुधारका लागि विभिन्न व्यक्तित्वहरुबाट सुझाव प्रस्तुत गरिएको थियो । काठमाडौं महानगरपालिकाका सामाजिक विकास शाखाका उपनिर्देशक विमला कोइरालाले आगामी दिनमा बास अधिकार जस्तो राष्ट्रिय मुद्दामा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

स्थानीय तहको बजेट संघीय सरकारबाट स्थानीय सरकारमा गइसकेको र उक्त बजेट हाल सुषुप्त अवस्थामा रहेकोले नेपाल महिला एकता समाजले स्थानीय तहमा विद्यमान बजेटमा सुकुम्बासी तथा सीमान्तकृत वर्गको हितमा उपयोग गर्नका लागि ठोस पहलकदमी गर्नुपर्ने कुरामा जोड दिइन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिका ९, १०, ११ र ३१ का जनप्रतिनिधिले स्थानीय तहमा विद्यमान साधन, स्रोत र बजेटलाई सीमान्तकृत समुदायसम्म लैजानका लागि ठोस रुपमा सहजीकरणको भूमिका खेल्नपर्ने बताए । साथै साधन र स्रोतहरु सुकुम्बासी त्यसमा पनि सीमान्तकृत वर्गको सिप विकास र आयमूलक कार्यमा लगानी गरी आर्थिक सशक्तीकरण गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा सुझाव प्रस्तुत गर्नुहुने अन्य सरोकारवालाहरुमा राष्ट्रिय युवा परिषदका अधिकृत शारदा ज्ञवाली, भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा १ का जनप्रतिनिधि, बुढानिलकण्ठ नगरपालिका वडा नं १० का जनप्रतिनिधि, विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरु लगायत थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी संक्रमित मथुरालाई गंगादेवी शान्ति पुरस्कार

–महिला खबर– अछामकी मथुरा कुँवर एचआइभी संक्रमित भएपछि आफ्नै समाजबाट भएको हिंसा, लाञ्छनाका बाबजुद समाज

आफ्नै पाठेघरबाट जन्मिएकाे सन्तानलाई मेराे भन्न नपाउने ?

–डा.अरुणा उप्रेती– पाँच पाण्डव बाबुबाट जन्मेका थिए । कुन्ती र माद्रीले पाँच पाण्डवलाई नागरिकता दिलाउनु

सर्वोच्चले खाेलिदियाे जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता लिने बाटाे

–महिला खबर– ललितपुर । जन्मको आधारमा नागरिकता लिएका नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सर्वोच्च

‘तान्ने प्रथा’ अझै

मञ्जुरीबिना जबरजस्ती तानेर लाने र त्यसलाई ‘मौलिक परम्परा’ ठानेर नयाँ पुस्ताले पनि चुपचाप सहिदिँदा महिलाहरू

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

–महिला खबर– झापाको बिर्तामोडमा रहेको पसलमा सामान किन्न गएकी एक बालिकालाई पसलका सञ्चालकले यौन

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: