दुई महिलासहित चार जना पुरस्कृत


प्रकाशित मिति :2019-03-17 15:15:41

-सर्मिला बुढाथोकी-

दोलखा । चरिकोटबाट प्रशारण हुँदै आएको हाम्रो रेडियोले आफ्नो १२ औ वार्षिकोत्सवको अवसरमा दुई महिला सहित चार जनालाई पुरस्कृत गरेको छ ।

रेडियोको वार्षिक उत्सवको अवसरमा रेडियोले स्थापना गरेको भेषकुमारी खड्का स्मृति पत्रकारिता पुरस्कारबाट हाम्रो रेडियोमा कार्यरत पत्रकार लक्ष्मी बस्नेत र हाम्रो रेडियो वर्ष सम्मानबाट विशेष स्कूल तथा पुर्नस्थापना केन्द्रका अध्यक्ष सविता उप्रेतीलाई पुरस्कृत गरिएको छ ।

त्यसैगरी ललितादेवी पत्रकारिता पुरस्कारबाट हाम्रो रेडियोको निर्देशक बलराम खड्का र सहिद धर्म वस्नेत मणी जनपक्षीय पत्रकारिता पुरस्कारबाट प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष महेश्वर दहाललाई पुरस्कृत गरिएको छ ।

पुरस्कृत पत्रकार तथा समाजसेवीहरुलाई उद्योग मन्त्री मातृकाप्रसाद यादवले नगद सहित प्रमाणपत्र वितरण गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नेपाली चेलीलाई ‘हार्वर्ड हिरो २०१९’ को उपाधि

उनको कार्य सम्पादन मुल्याङ्कनलाई आधार मानेर  उपाधि दिइएको विश्वविद्यालयले जनाएको छ ।

शितलका हत्यारालाई थुनामा राख्न आदेश

आफूबाट टाढिएर अर्कै केटासँग कुरा गर्न थालेको आशंकामा तामाङले शितलको हत्या गरेको स्वीकार गरेको पाँचथर

सफा गाउँ अभियानले बिरामी कम

प्रकाश सिंह/महिला खबर उनले भनिन् ‘पहिला महिनामा दश बाह्र जना बिरामी पर्थे, अहिले भने महिनामा एक/दुई

गर्भपतन र सुत्केरीको ज्यान जोखिममा

ऐनको प्रस्तावनामा नै सुरक्षित, गुणस्तरी, सर्वसुलभ तथा पहुँचयोग्य बनाउने व्यवस्था गरेको छ तर त्यसका बारेका

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: