महिलाहरु कुशलतापूर्वक जिम्मेवारी निभाउँछन् – उद्योगपति चौधरी


प्रकाशित मिति :2019-03-15 16:48:45

–महिला खबर–

ललितपुर । उद्योगपति तथा प्रतिनिधि सभा सांसद बिनोद चौधरीले हरेक क्षेत्रका महिलाहरुले संवेदनशिल भएर आफ्नो जिम्मेवारी पूरा गर्ने बताएका छन् ।

चौधरी ग्रुपको केन्द्रीय कार्यालयमा पत्रकार महिलाहरुसँग अन्तरक्रिया गर्दै चौधरीले महिलाहरुले संवेदनशिल भएर आफ्नो काम कुशलतापूर्वक गर्ने आफ्नो व्यवसायिक अनुभव रहेको बताए ।

‘महिलाहरुले घरदेखि आफ्नो व्यवसायिक जीवन समेत सफलतापूर्वक सम्हाल्न सक्छन्’ उद्योगपति चौधरीले भने, ‘लगनशिल भएकाले महिलाहरु समाजको परिवर्तनको संवाहक बन्न सक्छन् ।’

सञ्चारिका समूहले संयोजन गरेको उक्त अन्तरक्रियामा उद्योगपति तथा प्रतिनिधि सभा सांसद चौधरीले पत्रकार महिलाका लागि आफू सहयोग गर्न समेत तयार रहेको बताएका थिए ।

त्यसैगरी कार्यक्रममा सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले सञ्चारिका समूहले महिलाका सवाललाई मूल प्रवाहीकरण गर्न काम गरिरहेको जानकारी गराउँदै ‘महिलाको अवस्था सुधार गर्न आर्थिक रुपमा सशक्त बनाउनुपर्ने’ बताइन् ।

अध्यक्ष पण्डितले पत्रकार महिला आर्थिक क्षेत्रको रिपोर्टिङमा पनि बढ्दै गएका बताएकी थिइन् । उनले सामाजिक रुपान्तरणको लागि आर्थिक क्षेत्र अत्यन्त महत्वपूर्ण हुने भएकोले उद्योगी व्यवसायीले महिलालाई आर्थिक रुपमा सशक्त बनाउन लाग्नुपर्ने पनि बताइन् ।

सोही कार्याक्रममा सञ्चारिका समूहकी निवर्तमान अध्यक्ष निर्मला शर्माले पत्रकार महिला र उद्योगी व्यवासयीबीच रहेको दुरी घटाउनुपर्ने धारणा राखेकी थिइन् ।

अन्तरक्रियामा चौधरी ग्रुपको अन्तर्गत चौधरी फाउण्डेशनको सहायक महाप्रबन्धक मारिना रञ्जितले चौधरी ग्रुपले गर्दै आएको सामाजिक कामहरुको बारेमा जानकारी गराएकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

आफ्नै कथा विमोचन गर्नुभो हजुरआमाले

पुस्तकमा ८० वर्ष कटेका महिलाका कथा समेटिएको छ । किताबमा समेटिएका पात्रहरू (हजुरआमा)ले नै किताब

संचारिकाका पहिलो निर्वाचित अध्यक्ष बन्दना राणालाई जनसेवा श्री

-महिला खबर- संयुक्त राष्ट्रसंघीय समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुने राणा नै पहिलो नेपाली हुन् ।

नेपालको पहिलो रेस्लर महिला भगवतीलाई सुप्रवल जनसेवा श्री

राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान

पत्रकार पण्डित र पुन सुप्रवल जनसेवा श्रीबाट विभुषित हुने

-महिला खबर- यो सम्मान आगामी बैशाख महिनामा प्रदान गरिने छ ।

संविधान दिवसमा प्रधानमन्त्रीले यसो भने (मन्तव्यको पूर्ण पाठ)

धेरै पटक भनेको छु, मैले मृत्युलाई नजिकैबाट देखेको छु । जनबोलीमा भन्नुपर्दा पटक–पटक मरेर बाँचेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: