प्रदेशका सांसद महिला भन्छन् – सञ्चारमाध्यममा हामीलाई प्राथमिकता दिइएन


प्रकाशित मिति :2019-03-15 11:28:14

–महिला खबर–

सुर्खेत । कर्णाली प्रदेश सभाका महिला सांसदहरुले आफूहरुलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन् ।

प्रदेशसभा सचिवालयको आयोजनामा वीरेन्द्रनगरमा बिहीबार भएको सांसद र सञ्चार सम्बन्ध विषयक अन्तरक्रियामा महिला सांसदहरुले पुरुषभन्दा महिला सांसदका समाचार निकै कम आएको बताएका हुन् ।

सांसद पद्मा खड्काले विशेष र शून्य समयमा महिला र पुरुष सांसद उत्तिकै महत्वपूर्ण विषय उठाएपनि महिला सांसदको भनाइ सञ्चार माध्यमले नसमेट्ने बताइन् ।

आफूले संसदमा राखेको वन विज्ञान विश्वविद्यालयको विषयदेखि नदी दोहन, बाटोघाटोका समस्याहरु सार्वजनिक हुन नसकेको उनको अनुभव छ ।

सांसद कौशिला खत्री, मिनासिंह रखाललगायतले सञ्चारमाध्यम महिलामैत्री नहुँदा संसदमा राखेका गम्भीर सवाल पनि बहसको विषय हुन नसकेको गुनासो गुनासो गरेका थिए ।

कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सञ्चार माध्यममा कसरी विषय उठान गर्ने भन्ने विषय सांसदको कलामा भर पर्ने बताइन् । त्यसको साथै हरेक विषयलाई सञ्चार माध्यमले गम्भीरताका साथ लिनुपर्ने पनि उनको भनाइ थियो ।

उपसभामुख तुम्बाहाङ्फेले भनिन्, ‘दुवै पक्षले आपसी छलफलमा विषय केन्द्रित बहसलाई सञ्चार माध्यसम्म पुर्याउनुपर्छ ।’

कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले पत्रकारलाई समाचार संकलनमा सहज बनाउन प्रदेश सभा सचिवालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती विष्टले प्रादेशिक संसदको अभ्यासमा रहेकाले कतिपय विषयमा ध्यान पुग्न नसक्ने भन्दै संसद र पत्रकारबीचको सहकार्य बलियो बनाउँदै लैजानुपर्ने धारणा राखिन् ।

बेलायती पूर्वसांसद एनीमक्लौगल्लिनले सञ्चारमाध्यमले गर्ने आलोचनालाई स्वीकार गर्न सांसदहरुलाई आग्रह गरिन् । उनले नेपालमात्रै होइन विश्वका अन्य देशमा पनि पुरुषलाई जति सहज महिला सांसदलाई नभएको उनको भनाइ थियो ।

नेकपा प्रमुख सचेतक गुलावजंग शाहले पत्रकार र सांसदहरुबीच अन्योन्याश्रित सम्बन्ध रहनुपर्नेमा जोड दिए । नेपाली काँग्रेस प्रमुख सचेतक हिमबहादुर शाहीले लोकतन्त्र र लोकतान्त्रिक व्यवस्था जोगाउन संसदीय मामिला पत्रकारको भूमिका बढी हुने जनाए ।

कार्यक्रममा वरिष्ठ पत्रकार तीर्थ कोइराला र सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले संसदभित्रका विषयलाई प्रस्तुत गर्दा सांसद र पत्रकारले धेरै सजगता अपनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा संसदीय मामिलामा रिपोर्टिङ गर्ने पत्रकारहरुले प्रदेश सभा सचिवालय पत्रकारमैत्री हुन नसकेको गुनासो गर्दै समाचार संकलनमा सहजता अपनाइदिन आग्रह गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छहारीको राष्ट्रपतिद्वारा उद्घाटन

–महिला खबर– संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुनुपर्ने ।

महिनावारी श्रृष्टिको सुरुआतः मन्त्री थापा

–महिला खबर– महिनावारीका कारण महिलाले भोग्नुपरेको चर्काे विभेद विरुद्ध पुरुष सहभागिता अनिवार्य ।

निर्मला पन्त हत्याको १० महिना पुरा

बालिका पन्त २०७५ साउन १० गते साथी रोशनी बमको घरबाट घर फर्किने क्रममा बेपत्ता भएकी

हिमाल चढ्ने क्रममा श्रीमान गुमाएका महिला चढे सगरमाथा

–महिला खबर– अब आफूहरु जस्तै हिमालमा श्रीमान गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना

–महिला खबर– काठमाडौं । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: