बुबा गुमाउँदाकाे पीडाले राजनीतिमा ल्यायाे : राष्ट्रपति भण्डारी


प्रकाशित मिति :2019-03-13 11:01:52

ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले बुबा गुमाउँदाकाे पीडाले राजनीतिमा लाग्ने प्रेरणा मिलेकाे बताएकी छिन् ।

संयुक्त राष्ट्र संघको महासभाका अध्यक्षले आयोजना गरेको शक्तिमा महिला शीर्षकको उच्चस्तरीय कार्यक्रमको पहिलो राउण्ड टेबल ‘कसरी महिला नेतृत्वले विश्वमा परिवर्तन ल्याउन सक्छन्’ मा सहभागी हुँदै उनले यस्तो बताएकी हुन्।

कार्यक्रममा प्यानलिष्टहरुलाई संयुक्त रुपमा आफू प्रभावित भएको जीवन कथाका बारेमा ६० सेकेन्डको समय दिएर सोधिएको थियो।

‘म दुर्गम गाउँमा जन्मिएकी हुँ । त्यतिवेला मलाई महिला नेतृत्व हुनुपर्छ भन्ने थाहा पनि थिएन्,’ उनले भनिन्, ‘त्यतिबेला मेरो बुवा पढेलेखेको हुनुहुन्थ्यो। त्यहाँको हाइस्कुलको प्रिन्सिपल। उहाँको निधन ३३ वर्षमै भयो। त्यतिबेला म ९ वर्षकी थिएँ। उहाँको मृत्यु उपचार नपाएर भयो भन्ने मैले थाहा पाएँ ।’

त्यसपछि आफूलाई कोही उपचार नपाएर मर्न नपरोस भन्ने लागेको र सोही घटनाले आफूलाई राजनीतिमा लाग्न प्रेरणा मिलेको बताइन्।

साेही कार्यक्रममा उनले नेपालमा नेतृत्वमा महिला सहभागिता विश्वकै लागि नमुना भएको पनि बताइन् । राष्ट्रपति भण्डारीले नेपालमा हालै भएको निर्वाचनहरुबाट ४० प्रतिशत महिला निर्वाचित भएको भन्दै नेपालमा राजनीति क्षेत्रमा महिला नेतृत्वको सहभागी बढेको बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छहारीको राष्ट्रपतिद्वारा उद्घाटन

–महिला खबर– संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुनुपर्ने ।

महिनावारी श्रृष्टिको सुरुआतः मन्त्री थापा

–महिला खबर– महिनावारीका कारण महिलाले भोग्नुपरेको चर्काे विभेद विरुद्ध पुरुष सहभागिता अनिवार्य ।

निर्मला पन्त हत्याको १० महिना पुरा

बालिका पन्त २०७५ साउन १० गते साथी रोशनी बमको घरबाट घर फर्किने क्रममा बेपत्ता भएकी

हिमाल चढ्ने क्रममा श्रीमान गुमाएका महिला चढे सगरमाथा

–महिला खबर– अब आफूहरु जस्तै हिमालमा श्रीमान गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना

–महिला खबर– काठमाडौं । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: