प्राज्ञिक तहमा किन पुगेनन् ३३ प्रतिशत महिला ?


प्रकाशित मिति :2019-03-10 14:54:03

–महिला खबर–

ललितपुर । राज्यका हरेक तहमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलाको सहभागिता हुने भनिएपनि प्राज्ञिक तहमा अझै ३३ प्रतिशत समेत सहभागिता नपुगेका यस क्षेत्रका महिलाहरुले बताएका छन् ।

पद्यमकन्या बहुमुखी क्याम्पसको नेविसंघ इकाईले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी प्राज्ञिक क्षेत्रका महिला, सांसद तथा अधिकारकर्मीहरुले उक्त कुरा बताएका हुन् ।

विशेष गरी त्रिभुवन विश्व विद्यालयसहित अन्य विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरुमा प्राध्यापन तहमा महिलाको सहभागिता कम रहेको उनीहरुको भनाइ थियो । कार्यक्रममा जनाइए अनुसार त्रिभुवन विश्वविद्यालयको ६१ वटा आंगिक क्याम्पसमध्य नर्सिङ विषयका क्याम्पस बाहेक अन्यमा महिला प्रमुख छैनन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पुष्पा भुसालले राजनीतिक तहमा बाध्यकारी व्यवस्थाका कारण कम्तिमा ३३ प्रतिशत सहभागिता कार्यान्वयन भएपनि प्राज्ञिक लगायतका तहमा नभएको बताइन् ।

त्यसैगरी कार्यक्रममा सञ्चारिका समूहकी उपाध्यक्ष कमला पन्थीले महिला सहभागिता बढाउन नीति बनाउन आवश्यक भएपनि मानसिकतामा परिवर्तन नभइ सहभागिता कार्यान्वयन नहुने बताइन् । उनले भनिन्, ‘महिलाको कम्तिमा ३३ प्रतिशत सहभागिता सुनिश्चितताको लागि नीति बनाउन आवश्यक छ । तर, सोच परिवर्तन नभए भएका व्यवस्था कार्र्यान्वयन हुँदैन ।

कार्यक्रममा नेविसंघको क्याम्पस इकाइ पूर्व सभापति इन्दिरा तिवारी आयोजक इकाइको सभापति साधना घिमिरे लगायतले आफ्नो भनाइ राखेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छहारीको राष्ट्रपतिद्वारा उद्घाटन

–महिला खबर– संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुनुपर्ने ।

महिनावारी श्रृष्टिको सुरुआतः मन्त्री थापा

–महिला खबर– महिनावारीका कारण महिलाले भोग्नुपरेको चर्काे विभेद विरुद्ध पुरुष सहभागिता अनिवार्य ।

निर्मला पन्त हत्याको १० महिना पुरा

बालिका पन्त २०७५ साउन १० गते साथी रोशनी बमको घरबाट घर फर्किने क्रममा बेपत्ता भएकी

हिमाल चढ्ने क्रममा श्रीमान गुमाएका महिला चढे सगरमाथा

–महिला खबर– अब आफूहरु जस्तै हिमालमा श्रीमान गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना

–महिला खबर– काठमाडौं । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: