पाठेघरमा हुने क्यान्सरको नियमित परीक्षण सुरु


प्रकाशित मिति :2019-03-10 12:15:14

–सर्मिला बुढाथोकी–

दोलखा । चरिकोटको प्रस्तावित चरिकोट अस्पतालले पाठेघरको मुखमा हुनसक्ने क्यान्सरको निःशुल्क परीक्षण सुरु गरेको छ । नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सुरु गरिएको अस्पतालकी नर्सिङ इन्चार्ज जेनी श्रेष्ठले जानकारी दिईन् ।

१० वर्षपछि हुनसक्ने पाठेघरको मुखको क्यान्सरको रोकथामको लागि अहिल नै भिआईए परीक्षण गर्दा क्यान्सर रोगबाट बच्न सकिने इन्चार्ज श्रेष्ठको भनाई छ ।

स्वास्थ्य जाँच पछि बिरामीसँग सामूहिक फाेटाे खिचाउँदै अस्पतालका टीम

तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौन सम्पर्क पछि रगत बग्ने लगायतका समस्या भएका महिलामा पाठेघरको मुखको क्यान्सरको सम्भावना प्रवल हुने भएकाले तुरुन्त जाँच गर्नुपर्ने उनको सुझाव छ ।

पाठेघरको मुखको क्यान्सरको परीक्षण ३० वर्षदेखि ६० वर्ष उमेर समूहका शारीरिक सम्बन्ध राखेका महिलाहरुको लागि आवश्यक हुने प्रस्तावित चरिकोट अस्पतालले जनाएको छ ।

५ वर्षको १ पटक जाँच गराउँदा सम्भावित क्यान्सरबाट बच्न सकिने स्वास्थ्यकर्मीहरुको भनाइ छ । ह्युमन पपिलोमन नामक भाईरसबाट सर्ने यो रोग पत्ता लगाउनस भीआइए प्रविधि सजिलो र कम खर्चिलो हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

भिआइए जाँच गर्दा क्यान्सर हुने सम्भावना देखिएमा तुरुन्तै मेसिनको माध्यमले क्रोयो थेरापी उपचार पद्धतीबाट करिब ११ मिनेटको उपचार पछि यो रोग निर्मुल हुने अस्पतालका मेडिकल डाइरेक्टर विनोद दंगालले जानकारी दिए ।

पाठेघरको मुखको क्यान्सर घातक हुने भएकाले समयमै रोकथाम गर्न निःशुल्क परीक्षण कार्यक्रम सुरु गरिएको डाक्टर दंगालको भनाइ छ । उनका अनुसार अस्पतालमा उपचारका लागि आउने २ हजार महिला मध्ये १ जनालाई पाठेघरको मुखको क्यान्सरको लक्षण देखिने गरेको छ ।

अस्पतालमा सुरु भएको पाठेघरको मुखमा हुन सक्ने क्यान्सरको निःशुल्क परीक्षणको पहिलो दिन १५ जना महिलाले परिक्षण गराएको र अब हरेक हप्ताको शुक्रबार परीक्षण गरिने अस्पतालले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका महासचिव तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे सार्वजनिक

-महिला खबर- ललितपुर । सञ्चारिका समूहकी महासचिव तथा कवि विमला तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे

वडा अध्यक्षले नै गरे १६ वर्षे बालिकासँग विहे

-महिला खबर- खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष

बालिका आश्रममा सौन्दर्यकर्मीको स्थापना दिवस

-महिला खबर- देवघाट । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश न,३ ले आफ्नो ११ औं स्थापना दिवस

सबैका लागि समानता (तस्वीरमा)

–महिला खबर– आज विश्व समाज कार्य दिवस । सामाजिक क्षेत्रका व्यक्तिहरुले विभिन्न कार्यक्रम गरि मनाएका छन्

महिला मात्रै पढ्ने क्याम्पसमा पुरुष प्रमुख

–महिला खबर– पद्मकन्या क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीले महिला क्याम्पस प्रमुख हुनुपर्ने माग राखि लगातार

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: