एक उत्सव


प्रकाशित मिति :2019-03-08 15:06:36

रिबन काटिन्छन्
परेवा उडाइन्छन्
पानसमा दीप प्रज्वलन गरिन्छन्
ताली पड्काइन्छन्
बेलुका तारे होटलमा
ककटेल पार्टी
मिडिया थाक्दैनन्
अभियन्ताहरु थाक्दैनन्
उत्सवको महत्व विवेचना गरिन्छन्
हरेकका मुखमा उत्सवका अगाडि
एक शब्द झुण्डिएकै हुन्छ
‘नारी’
‘महिला’

श्रीभक्त पौडेल ‘आफन्त’

यो उत्सव हो नारी दिवसको
विश्व नारी दिवसको
हरेक दिन मुर्छित
बलात्कृत नारीमाथिका
एक उत्सव,
विभेदका पर्खाल भत्किएका हुन्छन्
छुवाछुतका ऐनहरु मेटिएका हुन्छन्
नारी सुरक्षित हुन्छे
सुसज्जित हुन्छे
उत्सवका भाषणहरुमा ।

अगाडि राष्ट्रिय दैनिक रोइरहेका हुन्छन्
आफ्नै समाचार शिर्षकसँग
‘बाबुद्वारा छोरी बलात्कृत’
‘बलात्कृत बालिकाको डढेको लास भेटियो’
‘१२ वर्षे बालिकाको आत्महत्या’
र पनि
बैठक र गोष्ठी चलिरहेका हुन्छन्
सरकार नारीमाथि शान्तिको प्रत्याभुति गरिरहन्छ
सहर प्रभात फेरी निकाल्छ
मानव अधिकारवादीहरु साँझ
दिपावली गर्छन् ।

महिलावादीहरु
सरकारसँग प्याड माग्छन्
ससुरासँग अंश माग्छन्
अधिकार माग्छन्
छाउ गोठहरु भत्काइ माग्छन्
सार्वजनिक यातायातमा आरक्षित सिट माग्छन्
यस्तो लाग्छ यो उत्सव
माग्नको लागि नै हो
सरकार खोक्न कै लागि हो
मिडिया आगोमा घ्यु थप्नको लागि नै हो ।

आज आकाश लाज मानिरहन्छ
खुलामञ्च निहुरिन्छ
अनि, नतमस्तक हुन्छ समाज
पुरानै उत्सव
पुरानै भाषण
पुरानै चलन ।

आखिर यो कस्तो सिलसिला हो ?
उत्सव मनाउनुपर्ने ?
वर्षको एकपटक
जहाँं नारी हरेक दिन
जिउँदै जलिरहेकी हुन्छे
भ्रुणहरुमा स्खलित भइरहेकी हुन्छे
मुनामा निमोठिइरहेकी हुन्छे
आखिर कहिले सम्मको
सिलसिला हो यो?

पाठक थाकिसकेका हुन्छन्
तर, कवि थाकेको हुन्न
उ लेखिरहन्छ …

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।

विश्व नारी दिवस जिन्दावाद !!

    Comment Here!

Related NEWS
मुख्य खबर

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: