छोराको चाहनामा सौता बेहोर्दा…


प्रकाशित मिति :2019-03-08 14:43:11

–महिला खबर–

ललितपुर । अमरगढी नगरपालिका डडेल्धुराकी डम्बरी ओझाले श्रीमानलाई अर्काे विवाहका लागि सजिलै अनुमति दिइन् ।

दुई छोरी सल्यक्रिया गरि जन्माएपछि अब बच्चा जन्माउन नहुने डाक्टरको सल्लाह थियो । ‘घरमा सँधै किचकिच हुन थालेपछि, छोराका लागि अर्काे विवाह गर्न अनुमति दिएकी हुँ’ ओझा भन्छिन् ।

ओझा मात्रै होइन यहाँका धेरै महिलाहरु छोरा नजन्मिएपछि सौता ब्योहोर्न बाध्य छन् । बर्षा ताम्राकारको भोगाइ पनि ओझाको भन्दा फरक छैन । लगातार तीन छोरी जन्मिएपछि समाज र परिवारबाट धेरै दबाब झेल्न परेको उनी बताउँछिन् ।

ताम्राकार र ओझाजस्ता धेरै महिलाहरु छोरा नजन्माएका भनि समाज र परिवारबाट चर्काे हिंसा खेप्न बाध्य छन् ।

छोराका लागि बहुविवाहलाई अघोषित रुपमा मान्यता दिएका डडेल्धुराका यी महिलालाई छोरा या छोरी जन्माउने भूमिका पुरुषको हुन्छ भन्ने थाहा समेत छैन ।

‘स्वर्गको बाटो खोल्न छोरा नै चाहिन्छ, त्यसैले कि धेरै बच्चा जन्माउछाैं, कि अर्काे विवाहका लागि अनुमति दिन्छौं ।’ स्थानीय महिलाको भनाइ छ ।

छोराको चाहनामा धेरै सन्तान जन्माउँदा नरोकिएको महिला हिंसाको चक्रबारे सञ्चारिका समूहले तयार पारेको समकोण टेलिभिजन कार्यक्रम आज बेलुकी कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ ।

प्रोमो हेर्नुस्  :

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका महासचिव तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे सार्वजनिक

-महिला खबर- ललितपुर । सञ्चारिका समूहकी महासचिव तथा कवि विमला तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे

वडा अध्यक्षले नै गरे १६ वर्षे बालिकासँग विहे

-महिला खबर- खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष

बालिका आश्रममा सौन्दर्यकर्मीको स्थापना दिवस

-महिला खबर- देवघाट । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश न,३ ले आफ्नो ११ औं स्थापना दिवस

सबैका लागि समानता (तस्वीरमा)

–महिला खबर– आज विश्व समाज कार्य दिवस । सामाजिक क्षेत्रका व्यक्तिहरुले विभिन्न कार्यक्रम गरि मनाएका छन्

महिला मात्रै पढ्ने क्याम्पसमा पुरुष प्रमुख

–महिला खबर– पद्मकन्या क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीले महिला क्याम्पस प्रमुख हुनुपर्ने माग राखि लगातार

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: