आठ मार्चको हलचलमा समाचार कक्षहरु


प्रकाशित मिति :2019-03-08 13:29:52

–शिव गाउँले–

अढाइ दसकयताको अनुभवमा नेपाली समाज, अर्थतन्त्र र राजनीतिका बारेमा समाचार र विचार पस्कने सञ्चार माध्यममको शैली र चिन्तनमा परिवर्तन आएको छ । महिला मामिला सम्बन्धी भनिने समाचारलाई पनि म त्यहि रुपमा बुझ्दछु ।

मैले समान प्रतिनिधित्व, समान अवसर, समान अधिकार र समान ज्याला महिला आन्दोलनका विषय हुन् भनेर बुझेको छु । अहिले जस्तो अधिकारमुखी दृष्टिकोणबाट समाचार र विचार प्रकाशन प्रशारण हुँदैनथे ।

पचासको दशकको कुनै एउटा वर्षको घटना म सम्झन्छु, त्यो साल एउटा दैनिकमा महिला विकास अधिकृतको व्यक्तिवृत ८ मार्चको समाचार सामग्री बनेको थियो ।

ती सामग्रीमा पनि सावधानीपूर्वक शब्दहरु चलाइएको हुन्थ्यो । समाजको संवेदनशिलता बुझेर, समाज नभाँडिने, परम्परा र संकृति जोगाउँदै महिला आन्दोलन अघि बढ्नुपर्ने भाषा प्रयोग भएको याद छ । मैले बुझेसम्म पैतृक सम्पतीमा छोरीको समान अधिकारको प्रश्नबाट नेपाली समाजमा महिला अधिकारको चेतना गुणात्मक रुपमा फैलिएको हो ।

राजनीतिक आन्दोलनमा महिला सहभागिताको पृष्ठभूमिले प्रतिनिधित्वको मुद्धा बलियोसँग उठ्यो र तीनै तहका संरचनामा उल्लेख्य रुपमा महिला प्रतिनिधित्व सुनिश्चित हुनपुग्यो । महिलाको उपस्थिति र महिलाका मुद्धा विषयमा आमसञ्चार माध्यममा पनि यसको धेरथोर प्रभाव पर्यो ।

सम्पादकका आँखा

महिला सम्बन्धी समाचारलाई आज मूलधारका सञ्चारमाध्यमले जे जस्तो स्थान दिएका छन्, ती मुलत पुरुषको बुझाइमा आधारित छन् । किनकी निर्णायक ठाउँमा साह्रै थोरै मात्रै महिला उपस्थिति छ । जबसम्म यो अवस्थामा परिवर्तन हुन्न आधाभन्दा बढी मतदाता र संख्याको सरोकारको विषय महिला विषयमा सीमित भइरहन्छ ।

अधिकारमुखी दृष्टिकोणबाट हेर्दा थुप्रै प्रश्न गर्ने ठाउँ भएपनि मिडिया हिजो भन्दा बदलिएको छ । महिलालाई हेर्ने दृष्टिकोणमा समाचारकक्षका दृष्टि बदलिएका छन् ।

प्रतिनिधित्व, अवसर, अधिकार र ज्याला जस्ता आधारभूत विषयमा मिडियाको मुलधार महिलासँगै देखिन्छ । नेपाली आमसञ्चार क्षेत्रभित्रका तमाम कमजोरीहरु यस मामिलामा पनि प्रकट हुन्छन, त्यो अर्कै कुरा हो ।

क्षमतावान पत्रकार

हिजोआज दैनिक पत्रिका र अनलाईनहरुमा महिला सम्बन्धी समाचारलाई महिलाको समाचार मात्रै नठानेर नेपाली समाजको सामाजिक अर्थराजनीतिकै समाचारका रुपमा स्थान दिनेक्रम बढ्दो छ । यसमा लैङ्गिक दृष्टि र सन्तुलित सोचका बारेमा थप बहस गर्न सकिन्छ ।

एउटा समय थियो कुनै महिलालाई सञ्चारमाध्यमका आगाडि राखेर रुवाएपछि पत्रकारको अन्तरवार्ता सफल हुन्थ्यो र संवेदनशिल मामिला उजागर भएको मानिन्थ्यो ।

तर, अहिले महिलाको आँशु र पीडा भन्दा पर गएको यसको कारक व्यक्ति र संरचना पहिचान गर्ने र प्रश्न गर्ने क्रम शुरु भएको छ । संख्या सानै होला तर जोखिम तथा साहस मोलेर पत्रकारिता गर्ने सयौंको संख्यामा क्षमतावान महिला पत्रकारको पंक्ति निर्माण भएको छ ।

अबका महिला

पत्रकारिताले जहिले पनि अस्वभाविक पक्षलाई धेरै खबर बनाउँछ । अलिहेसम्म ती खबर बनाउने ठाउँमा धेरै पुरुष भएकाले महिलाको समाज र राज्यमा भएको उपस्थितिलाई अहिले पनि केहि हदसम्म अस्वभाविक मान्ने प्रवृतिको कमी छैन । त्यो मनोविज्ञान बेलाबखत कतै न कतै हाबी भईरहेको छ ।

महिलाका घरबाहिरको उत्साहजनक उपस्थितिलाई दुई तबरले हेरिएको छ । एउटा आश्चर्यजनक रुपमा लिएका छन् भने अर्को त्यसलाई सिको गर्ने प्ररेणाको रुपमा लिने जमात पनि छ । त्यसैले ८ मार्च अब महिलाको मात्र पर्व रहेन । यो हरेक घर, समाज र मुलुकको पर्व भएको छ । प्रतिनिधित्व, अधिकार र सहभागितामा छलफल गर्ने पर्व भएको छ ।

सत्ता र शक्तिमा निर्णायक प्रभाव राख्ने यी विषयलाई हामीले महिलाको मात्रै मुद्दा हो भन्यौ भने हामीले राजनीति, समाज न्याय व्यवस्था र सुरक्षा मामिलालाई पनि एकाङ्गी बनाएको अर्थ लाग्छ ।

यसको अर्थ महिला सरोकारका विषयलाई प्रभावकारी सम्बोधन बिना मुलुकको विकास संभव छैन । सत्ता, शक्ति र संविधान माथि यतिबिघ्न प्रभावराख्ने र पितृसत्ताको जग हल्लाउने ८ मार्चले नेपालका समाचार कक्षहरुमा पनि हलचल ल्याएका छन् । यो दिन अब महिला मात्रको पर्व रहेन ।

(महिला खबरसँगको कुराकानीमा आधारित)

    Comment Here!

Related NEWS
मुख्य खबर

छहारीको राष्ट्रपतिद्वारा उद्घाटन

–महिला खबर– संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुनुपर्ने ।

महिनावारी श्रृष्टिको सुरुआतः मन्त्री थापा

–महिला खबर– महिनावारीका कारण महिलाले भोग्नुपरेको चर्काे विभेद विरुद्ध पुरुष सहभागिता अनिवार्य ।

निर्मला पन्त हत्याको १० महिना पुरा

बालिका पन्त २०७५ साउन १० गते साथी रोशनी बमको घरबाट घर फर्किने क्रममा बेपत्ता भएकी

हिमाल चढ्ने क्रममा श्रीमान गुमाएका महिला चढे सगरमाथा

–महिला खबर– अब आफूहरु जस्तै हिमालमा श्रीमान गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना

–महिला खबर– काठमाडौं । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: