सोच बदलौं, व्यवहार बदलौं


सन्दर्भ : अन्तर्राष्ट्रिय महिला दिवस

प्रकाशित मिति :2019-03-08 12:58:14

आज १ सय ९ औं अन्तर्राष्ट्रिय महिला दिवस । समान कामको समान ज्यालाको लागि महिलाहरुले आन्दोलन सुरु गरिएको ऐतिहासिक दिन ।

पसिनाको मूल्य बराबर मागेर थालिएको आन्दोलन सन् १९९७ देखि आजसम्म आइपुग्दा महिलाका अवस्था फेरिएका छन् । आन्दोलनका तरिका र महिलाका माग बदलिएका छन् । तर, लैंगिक समानता स्थापित भइसकेको छैन ।

१ सय ९ वर्षसम्म आइपुग्दा हामी अझै समानताकै लडाईंमा छौं । महिलाले पुरुष समान राजनीतिक, सामाजिक, आर्थिक हैसियत पाउन संघर्षका अझ धेरै चरण बाँकी छ ।

नेपालकै कुरा गर्दा २०१७ सालमा पहिलो पटक यो दिवस मनाइएको थियो । त्यतिबेलादेखि आजसम्म आइपुग्दा नेपाली महिलाले केही महत्वपूर्ण अधिकारहरु पाएका छन् ।

बदलिँदो देशको संघीय स्वरुपसँगै महिलाका लागि अवसर पनि आएका छन् । देशमा स्थापित तीन तहका सरकारमा महिलाले महत्वपूर्ण स्थान पाए । स्थानीय तहमा आरक्षणबाट नै भए पनि कम्तिमा ४० प्रतिशत महिला सहभागिता छ । प्रदेशसभामा पनि महिलाले सहभागिता आशालाग्दो छ । संघीय संसदमा ३३ प्रतिशत महिलाको सहभागिता छ ।

सहभागिताको दृष्टिले विश्लेषण गर्दा नेपालजस्तो देशको लागि पनि यो उपलब्धीमूलक मान्न सकिन्छ । तर, देशको कार्यकारी हैसियतमा रहेका स्थानीय कार्यपालिका, प्रदेश कार्यपालिका, केन्द्रीय सरकारमा महिलाको सहभागिता अत्यन्त न्यून छ ।

देशको संविधानले नै राज्यका हरेक तहमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलाको सहभागिता रहने उल्लेख गरिसकेको छ । कम्तिमा कार्यकारी तहमा संविधानले निर्देशित गरेअनुरुप महिला सहभागिता जरुरी छ ।

अर्को महत्वपूर्ण पक्ष, महिलाको सामाजिक सुरक्षा निकै कमजोर भएका पछिल्ला घटनाहरूले देखाइरहेका छन् । सार्वजनिक स्थल त परको कुरा घरभित्रै महिला सुरक्षित छैनन् । हत्या, बलात्कार जस्ता जघन्य प्रकारका हिंसाको जोखिममा महिला तथा बालबालिका छन् । उनीहरुलाई सुरक्षा प्रदान गर्नुपनि अहिलेको महत्वपूर्ण आवश्यकता हो ।

महिलाले संविधान र कानूनतः पाएका अधिकारहरू पनि कार्यान्वयन भएका छैनन् । कानूनले दिएपनि छोरी पैतृक सम्पत्तिको हकदार हुन सकेका छैनन् ।

अर्कोतर्फ सामाजिक रुपमा महिलाको पहिचानको अवस्था निकै पेचिलो बनेको छ । आफूले जन्म दिएको सन्तानको पहिचान आफ्नो नामबाट आमाले दिनसक्ने अवस्था अझै छैन । दफादार छलफलमा रहेका नागरिकता लगायतका विधेयकहरुलाई महिलामैत्री र महिला पक्षीय बनाउन सांसद महिला, सरोकारवालाहरु चनाखो हुनुपर्ने अवस्था छ ।

कानून निर्माणका क्रममा आफ्नो बलिया तर्क र यथार्थ प्रस्तुत गरि महिलाको कानूनी रुपमा अधिकार स्थापित गर्ने समय अब आएको छ ।
आज ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार’ नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा महिलाको साँचो अर्थमा परिवार, समाज र सरकारबाट महिलाप्रतिको समान हेराइ बनाउनुपर्ने आवश्यकता छ ।

यो ऐतिहासिक दिनलाई मनाउनुको अर्थ औपचारिकता पुरा गर्नु मात्रै नहोस् । हरेक नागरिकको दृष्टिमा सबै लिंग, वर्ग तथा समुदायप्रति समान बनोस् ।

सोच बदलौं, व्यवहार बदलौं ।

अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना !

अध्यक्ष, सञ्चारिका समूह

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: