मार्च अर्थात् महिलाको महिना


प्रकाशित मिति :2019-03-06 15:58:08

–चाँदनी जोशी–

अहिले तीनै तहका स्थानीय सरकारमा महिलाहरु सहभागी छन् । तर, यो सन्तोषजनक सहभागिता होइन । संघ, प्रदेश र स्थानीय तहमा महिलाहरु निर्णायक ठाउँमा जस्तै देखिन्छन् । निर्णायक प्रक्रियामा महिलालाई सहभागी नगराईनु, सहभागी भएपनि उनीहरुका कुरालाई ध्यान नदिनु सामान्य जस्तै मानिन्छ ।

तर, प्रश्न गरिन्छ, यत्ति धेरै महिलाहरु संसदमा पुग्दा के नापे ? खै त महिलाले के गरे ? पद त दिएकै हो नि गर्न केही सके र ? यस्ता जिज्ञासा सुन्दा मलाई दिक्क लागेर आउँछ ।

घरमा बिहानको घामको उदय भन्दा महिलाको दैनिकी छिटो सुरु हुन्छ । महिलाका लागि सुर्य पनि छिट्टै उदाउँछ । तर सोचिन्छ, त्यो छिट्टै उठेर गरिने काम ‘काम’ नै हैन । घरको काम त काम जस्तै मानिदैन । अहिलेको महिला आन्दोलन र महिला दिवस त यहीँबाट सुरु हुन्छ, आफ्नै घरबाट ।

घरमा श्रीमानले श्रीमतीलाई भान्छामा के सघाउँ भन्दैन । बच्चा बिरामी हुँदा बच्चाको ख्याल पुर्ण रुपमा श्रीमतीले नै हेरिदिए हुन्थ्यो भन्ने आशा राख्छ । चिया श्रमतीले पकाएर दिए हुन्थ्यो, कपडा धोई दिएहुन्थ्यो । अनि, कुचो लगाउने, घरधन्दा गर्ने सबै सबै काम महिलाले नि गरिदिए हुन्थ्यो भन्ने अपेक्षा श्रीमानको हुन्छ ।

त्यति मात्रै हैन श्रीमती घर बाहिर कार्यालयको काम पनि भ्याओस् । १० बजे कार्यालय पुगोस् ५ बजे काम सकेर, उज्यालैमा घर आईदेओस् । त्यसै गरि घरको काम पनि गरिदेओस् । धेरै श्रीमानहरुले श्रीमतीका बारेमा यस्तै सोच्ने गर्छन् । यसरी त कसरी हुन्छ र ?

काम धेरै, समय थोरै

जिम्मेवारी थपियो तर सहयोग गर्ने मान्छे थपिएनन् । महिलाको घरभित्रको कामलाई ‘काम’ मान्ने मान्छे नै भएनन् । काम भनेको कार्यलयको मात्रै हो, घर भित्र भान्छामा गरिने त काम नै हैन ? जबसम्म यसरी बुझिन्छ तबसम्म महिलाको जीवन सहज हुँदैन ।

यसरी त अबसरको नाममा महिलालाई झनझन् धेरै गाँजिएको देखिन्छ । घरमा खाना पकाउ महिला, छोराछोरी हेर महिला, कपडा धोउ महिला, बिरामीलाई हेरचाह गर महिला, कसैको विवाह व्रतबन्ध भयो महिला, पुरुषले पनि त यसमा सहयोग गर्नुपर्यो नि !

श्रीमती घर बाहिर कार्यालयको काम पनि भ्याओस् । १० बजे कार्यालय पुगोस् ५ बजे काम सकेर,

उज्यालैमा घर आईदेओस् । त्यसै गरि घरको काम पनि गरिदेओस् । धेरै श्रीमानहरुले

श्रीमतीका बारेमा यस्तै सोच्ने गर्छन् । 

अब महिला हरेक ठाउँमा सहभागी हुन थालिसकेका छन् । महिलालाई ‘बिचरा’ भन्ने दृष्टिकोणबाट बाहिर निकालिनुपर्छ । ‘बिचरा’ त पुरुष पनि छन् । ग्लोबल प्रतिस्पर्धाको समय छ । विश्वमै तुलना गर्ने हो भने पनि महिलाहरु प्रतिस्पर्धाको बजारमा छन् ।

अब पुरुषहरु पनि आफ्नो पुरातनवादी सोचबाट बाहिर अाउनुपर्छ । घरको काम श्रीमतीको मात्रै हो भन्ने सोच्न भएन । घरमा मिलिजुली काम गरे पो घर ‘घर’ जस्तो हुन्छ । पस्केको खाना खाएर, खाएको थालमा हात चुठेर हिँड्यो भने कहाँ हुन्छ त ?

नेपालमा मार्च ८

सन् १९८२ तिरको कुरा हो, मलाई अहिले पनि याद छ, त्यतिबेला स्थानीय विकास मन्त्रालयमा महिला विकास शाखा थियो । त्यही एउटै कोठा भित्र हामी महिला दिवस मनाउँथ्यौं ।

अहिले सन् २०१९ सम्म आइपुग्दाको महिला दिवसको महत्व फेरियो । महिलाका मुद्दाले केही मात्रामा ठाउँ पाए । महिला शाखाको एउटा सानो कोठाबाट परिवर्तन भएर मन्त्रालयमा पुगेका छौँ ।

महिलाका पक्षमा धेरै कानुनहरु पाएका छौँ । अन्तर्राष्ट्रिय सन्धी सम्झौतामा हस्ताक्षर गरेका छौँ । हाम्रा अधिकारहरु नेपाल सरकारले स्वीकार गरेको छ । महिलामाथिको विभेद रोक्नलाई प्रतिबद्ध छु भनेर हस्ताक्षर गरेको छ ।

यो मार्च ८ भनेको, महिलाको महिना हो । सरकारले महिलाका पक्षमा प्रतिबद्धता जाहेर गरेका कुराहरुको बारेमा सरकारलाई प्रश्न सोध्ने, झक्झकाउने, सरकार अब यस्तो बाँकी छ, यस्तो भन्या छ कागजमा भनेर अझ दबाब दिने महिना हो ।

एक ठाउँमा भेला हुने । अब महिलाका यो अधिकारका कुरा महिलाका मात्रै भएन । जब देशको ५१ प्रतिशत जनसंख्या भएको एउटा लिंग खुसी हुन सक्दैन तब कसरी देशको विकास हुन्छ ?

जबसम्म महिलाले आफ्नो अधिकार पाएको महसुस गर्दैनन् समृद्ध नेपालको नारा कसरी साकार हुन सक्दैन ? जबसम्म एउटी महिला ढुक्कले हिँड्न सक्दिनन्, निदाउन सक्दिनन् त्यहाँ कसरी सुन्दर सपनाहरु बुनिन्छन् ? यसमा त के महिला के पुरुष सबैले सोच्नु पर्ने हैन र ?

(अधिकारकर्मी जोशीसँग महिला खबरले गरेको कुराकानीमा आधारित)

    Comment Here!

Related NEWS
मुख्य खबर

छहारीको राष्ट्रपतिद्वारा उद्घाटन

–महिला खबर– संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुनुपर्ने ।

महिनावारी श्रृष्टिको सुरुआतः मन्त्री थापा

–महिला खबर– महिनावारीका कारण महिलाले भोग्नुपरेको चर्काे विभेद विरुद्ध पुरुष सहभागिता अनिवार्य ।

निर्मला पन्त हत्याको १० महिना पुरा

बालिका पन्त २०७५ साउन १० गते साथी रोशनी बमको घरबाट घर फर्किने क्रममा बेपत्ता भएकी

हिमाल चढ्ने क्रममा श्रीमान गुमाएका महिला चढे सगरमाथा

–महिला खबर– अब आफूहरु जस्तै हिमालमा श्रीमान गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना

–महिला खबर– काठमाडौं । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: