महिला किन पछाडि ?


प्रकाशित मिति :2019-03-05 13:33:06

– कुमारी वाइवा –

नेपाली समाजमा पुरुषको तुलनामा महिला पछाडि रहेको तितो यथार्थ हो । तर, यसको कारण के ? साँझ बिहान, चिया पसल होस या चौतारा अझ आजभोलि त सामाजिक सञ्जालमा सुनिन्छ देखिन्छ महिला पछाडि पर्नुका चर्का बहस ।

महिला किन पछाडि परेका छन् ? अधिकांशसँग तयारी जवाफ हुन्छ, ‘गरिबी, अशिक्षा, पैसाको अभाव, आफै अघि नसकर्ने इत्यादी… ।’

साँच्चिकै यीनै कारण हुन् त महिलाको अघि सर्ने बाधक ? आफूले स्वयं विश्लेषण कति गरेका छौं ? म त यीभन्दा अझ बढी लुकेका कारणहरु भेट्छु ।

हिजोआज चर्चाको अर्को विषय पनि छ । संविधान, कानूनले अधिकारै अधिकार दिँदा पनि के को पछाडि ? अगाडि आउन कसले रोकेको छ र ? हुन त देशको मूल कानून संविधानले नै महिलालाई प्रसस्तै अधिकार पक्कै दिएको छ ।

बुँदागत रुपमै हेरौं न अधिकारको लिष्ट कति लामो छ :

 आमाको नामबाट नागरिकता प्राप्त गर्न सक्ने । (तर, बाबुको पहिचान अनिवार्य)

 राज्यको संरचनामा समानतामा आधारित समतामुलक समाज, समवेशी प्रतिनिधित्व र पहिचानको संरक्षण गर्ने ।

 समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था,

 राष्ट्रिय महिला आयोग संवैधानिक निकायको रुपमा रहने र सो का अध्यक्ष र सदस्यहरु महिला मात्र रहने ।

 संवैधानिक अंग र निकायमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गर्ने ।

 नेपाली राजदुत र विशेष प्रतिनिधि समावेशी सिद्धान्तको आधारमा नियुक्त गरिने

 सबै सरकारी सेवामा पदपूर्ति गर्दा खुला र समानुपातिक समावेशी सिद्धान्तको आधारमा गर्ने,

 सामाजिक वा साँस्कृतिक दृष्टिले पिछडिएका महिला लगायत नागरिकको संरक्षण, सशक्तिकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गरिने ।

संविधानमा उल्लेखित सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति :

 असहाय अवस्थामा रहेका एकल महिलालाई सीप, क्षमता र योग्यताको आधारमा रोजगारीमा प्राथमिकता दिँदै जीविकोपार्जनका लागि समुचित व्यवस्था गर्दै जाने,

 जोखिममा परेका, सामाजिक र पारिवारिक बहिष्करणमा परेका तथा हिंसा पीडित महिलालाई पुनःस्थापना, संरक्षण, सशक्तिकरण गरी स्वावलम्बी बनाउने,

 प्रजनन् अवस्थामा आवश्यक सेवा सुविधा उपभोगको सुनिश्चितता गर्ने,

 बालबच्चाको पालनपोषण, परिवारको हेरचाह जस्ता काम र योगदानलाई आर्थिक रूपमा मूल्यांकन गर्ने ।

माथि उल्लेखित संवैधानिक व्यवस्था कानून मार्फत कार्यान्वयन हुँदै छन् । अब विश्लेषण गरौं, महिला अगाडि बढ्न व्यवहारिक पाटो पनि महिलाको उत्तिकै सहयोगी छ त ?

प्राकृतिक भूमिका हेर्दा लिंगकै आधारमा पनि थप जिम्मेवारी महिलाका छन् । पुरुषका पनि जिम्मेवारी नभएका होइनन् । जिम्मेवारी निभाउन को कति संवेदनशिल छ भन्ने प्रमुख पक्ष हो ।

हाम्रो सामाजिक संस्कार हेरौं, विवाह पछि महिला श्रीमानको घर जान्छिन् । आफूले युवावस्थासम्म बिताएको घर चटक्कै छाडेर । नयाँ घरमा पुगेपछि उनले शुन्यबाट आफ्नो उपस्थिती र भूमिका निभाउन थाल्नुपर्छ ।

त्यसपछि परिवारको भातभान्छा, सरसफाइ, खेतीपाती महिलाको काँधमा स्वतः सर्छ । त्यतिमात्र कहाँ ! विवाह पछि महिलाको वैयक्ति वृत्ति विकासका बाटाहरु विस्तारै साँघुरिन थाल्छ ।

करिअर निर्माणको सपना अधुरै पनि रहनसक्ने अवस्था आउँछ । सन्तानको जन्मपछि यसको लालनपालन, स्याहार, स्तनापन गराउँदैमा करिअर निर्माण गर्ने एउटा महत्वपूर्ण समय उनले गुमाएकी हुन्छे ।

धेरै ठूलो कुरा छोडौं । अध्ययन गरिरहेका महिलाको सन्तान जन्मिएपछि उनको पढाइ कसरी अघि बढ्छ ? सवाल पनि उठ्ला, वास्तवमै महिलाको आफ्नो वास्तविकताले महिला पछाडी भने परेका हुन् ।

घर परिवारले त पढ्न जानु, काम गर्न जानु, अगाडी बढ्नु भनेकै हुन्छन् । तर, त्यतिबेला उनीहरुले भन्छन् कि भन्दैनन्, ‘तिमी नहुँदा सन्तान हेर्ने जिम्मा मेरो भयो ।’ श्रीमानले भन्छन् कि भन्दैनन्, ‘तिमी अबेरसम्म पढ, म छोराछोरी सुताउँछु ।’

अनि कामै गर्न जाने महिलाले स्तनपानका समयमा रेखदेख गर्न बालबालिका हेर्ने केयर सेन्टरको व्यवस्था कार्यालयले गर्छ गर्दैन ?

यी सबै व्यवस्था भए त सही । नभए महिला किन पछाडि ? भन्ने प्रश्नको जवाफ यीनै सवालबाट आउँदैन र ?

अब मसिनोगरी विश्लेषण गरौं महिला पछाडि पर्ने वा पारिने कारण रेडिमेड, ‘गरिबी, अशिक्षा, आफै अघि नबढेर…. हो कि महिलाका वरिपरि रहेका व्यक्तिको सहयोग, साथ नपाएर ? अनि उनलाई हेर्ने नजरमा बदलाब नआएर ?

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका महासचिव तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे सार्वजनिक

-महिला खबर- ललितपुर । सञ्चारिका समूहकी महासचिव तथा कवि विमला तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे

वडा अध्यक्षले नै गरे १६ वर्षे बालिकासँग विहे

-महिला खबर- खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष

बालिका आश्रममा सौन्दर्यकर्मीको स्थापना दिवस

-महिला खबर- देवघाट । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश न,३ ले आफ्नो ११ औं स्थापना दिवस

सबैका लागि समानता (तस्वीरमा)

–महिला खबर– आज विश्व समाज कार्य दिवस । सामाजिक क्षेत्रका व्यक्तिहरुले विभिन्न कार्यक्रम गरि मनाएका छन्

महिला मात्रै पढ्ने क्याम्पसमा पुरुष प्रमुख

–महिला खबर– पद्मकन्या क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीले महिला क्याम्पस प्रमुख हुनुपर्ने माग राखि लगातार

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: