भक्तालु महिलाको स्नान ‘अश्लिलताको व्यापार’ !


प्रकाशित मिति :2019-02-14 09:00:15

माथिको शिर्षक र विषयवस्तु माथि यो आलेख लेखेकोमा र यस क्रममा ५/७ वटा यूट्युव भिडियो हेरिरहँदा सम्पूर्ण आमा दिदीबहिनीहरु प्रति मेरो सम्मानमा कुनै कमी आएको छैन । यो विषय उठान गरेकोमा अन्यथा नलिदिनुहोला । तपाईंहरुमा चोट परेमा सुरुमै म माफी पनि माग्न चाहन्छु ।

आजकल यूट्युबको होमपेज खोल्नासाथ रातो र रंगीचंगी पेटीकोट लगाएर साली नदीमा स्नान गरिरहेका भक्तालु महिलाको भिडियो यत्रतत्र अपलोड गरिएको भेटिन्छन् । कतै अनलाइन पत्रिकाको वालमा त कतै फेसबुकमा लाइभ प्रसारण गरेको पनि देखिन्छ ।

यो एक महिना स्वस्थानीको अवधिभरी भक्तालु आमा दिदीबहिनीहरुले साली नदी लगायतका विभिन्न धार्मिक स्थाल र नदीहरुमा पुजापाठ गर्ने र स्नान गर्ने प्रचलन नेपाली नारीहरुको आस्था र विश्वासको विषय हो । तर, स्नान गरिरहेका महिलाहरुको भिडियो अनाधिकृत रुपमा खिच्ने र सामाजिक सञ्जाल, यूट्युब र अनलाइन मिडियाहरुमा अपलोड गर्ने, लाइभ प्रशारण गर्ने विकृत मनस्थितिका उपजहरुलाई किन हामीले उदण्ड छोडिरहेका छौ ?

हुन त यस्तो भिडियोहरु साली नदीमा स्नान गरेको मात्र नभएर, तीज पञ्चमी नुहाइरहेका, पानीमा डुबेर छटको ब्रत बसेको वा नुहाएका दृष्य भएका भिडियोहरु पनि प्रसस्त प्रसारण गरिएको छन् । यद्यपि यी सबै भिडियो प्रसारण गर्नेहरुको नियत महिलालाई यौन उच्छृङ्खलताको दृष्टिले प्रस्तुत गर्ने र यौन हिंसा नै गरेको मान्नुपर्ने हुन्छ ।

महिलाहरुले धार्मिक भावले स्नान गरेको तस्वीरलाई कुन दृष्टिले सार्वजनिक तमासाको विषय बनाएर देखाईरहेका छन् ? यसमा किन प्रहरी प्रशासन, सम्बन्धित व्यवस्थापन एवं सचेत नागरिकको ध्यान गएको छैन ?

महिलाको शरीरको प्रदर्शन गरेर व्यापार गर्ने यूट्युब च्यानलहरुलाई तुरुन्त कारबाही गर्नुपर्दैन ? यी यूट्युब च्यानलको आधिकारिकता के हो ? यो अवस्थामा स्नान गरिरहेका महिलाको भिडियो बनाउने वा फोटो खिच्ने अनुमती कहाँबाट प्राप्त गरिएको छ ?

अनुमती लिएर भइरहेको छ कि नलिई ? अझ नुहाईरहेका तथा पानीले भिजेर देखिने शरीरका अंगहरुलाई फोकस गरेको, पारदर्शीरुपमा शरीर देखिएको अवस्थाका महिलाको भिडियो बनाउने अनुमती ति महिलाले दिएका हुन् ? जो यी भिडियोहरुका कैद गरिएका छन् ?

आमसंचार माध्यमलाई सार्वजनिक स्थलमा भएका सार्वजनिक कार्यक्रम, मेला, चाडपर्व, हाटबजार जस्ता कार्यक्रमको भिडियो तथा अडियो रेकर्ड तथा प्रत्यक्ष प्रसारण गर्ने अधिकार हुन्छ । तर, साली नदीमा स्नान गरेको या तीजपछिको पञ्चमीमा स्नान गरिरहेका महिलाको अर्धनग्न शरीरलाई नै मात्र फोकस गरेर खिचिएका भिडियो प्रसारण गर्ने यूट्यूव संचालनकर्ताको नियतलाई महिला माथिको यौन शोषण हो भन्न हिचकिचाउनु पर्ने र सो अनुसार कारबाही गर्न पनि सरकारका सम्बन्धित निकायलाई कसैले उजुरी नै गर्नुपर्छ ?

राज्यका आफ्नै आँखाले देख्छन् र कानुनी दायरामा ल्याउने हैसियत र अधिकार पनि राज्यलाई छ भन्ने जनविश्वासले नै त कानूनी राजमा आमनागरिकको भरोसा रहेको हुन्छ ।

यस्तो भिडियोहरु हेर्दा थाहा हुन्छ कि यी भिडियो बनाउने र प्रसार गर्ने व्यक्तिको नियत धार्मिक मेला तथा संस्कृतिको प्रचारप्रसार गर्ने हैन । यी भिडियोमा महिलाले मन्दिरमा पुजापाठ गरेको, चन्दा दान दिएको जस्ता कार्यलाई कतै प्राथमिकतामा राखेर खिचिएको र प्रसारण गरिएको पाइँदैन ।

महिलाले नुहाइरहेको, कपडा फेरिरहेको, पानीले भिजेको जस्तो अवस्थालाई चाहिँ खोजीखोजी फोकस गरेको देखिन्छ र यस्ता दृष्य प्रसारण गरेर आम भक्तालु महिलालाई कामुकताको रुपमा प्रस्तुत गरेको पाइन्छ । यसबाट खासगरी युवा वर्गलाई लक्षित गरेर आफ्नो भीवर्स बढाउने र आम्दानी गर्ने लक्ष्य देखिन्छ ।

यस्ता भिडियोले सम्पूर्ण भक्तालु आमा दिदीबहिनी तथा आम महिलालाई अपमानित गरेको, यौन शोषण गरेको र उनीहरुको मानवअधिकारको हनन् गरेको देखिन्छ । यसले महिलाप्रति समाजमा गलत धारणाको विकास हुने र अपराधिक प्रबृत्तिलाई बढवा दिने हुन्छ ।

यस्ता कुकृत्यहरुले आम संचार र सामाजिक सञ्जालको गलत प्रयोग भइरहेको प्रष्ट पारेका छन् । राज्यले यस्ता अनाधिकृत सामाजिक संजाल र कानूनी हैहियत नभएका आमसंचारका माध्यम मानिएका यूट्युब, अनलाईन पत्रिका जस्ता माध्यमबाट यसरी महिलामाथि गरिएको शोषण तथा आमसञ्चारका माध्यमको गलत प्रयोगको अनुगमन गर्ने, निगरानी गर्ने र दोषीलाई कार्वाहीको दायरामा ल्याउन कडा कदम नचाल्ने हो भने यसले कस्तो परिणाम ल्याउला ?

यस विषयमा महिला अधिकारकर्मी, मानवअधिकारकर्मी, आमसञ्चारकर्मी, पत्रकार, प्रहरी प्रशासन, धार्मिक अनुष्ठान तथा व्यवस्थापक लगायत आमनागरिकको तर्फबाट अनुगमन गरी विशेष कदम चाल्नुपर्ने देखिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: