नेता ज्यू, तपाईँको दलमा ३३ प्रतिशत महिला कहिले पुग्छन् ?


प्रकाशित मिति :2019-02-11 15:31:52

–पार्वती पाण्डे–

कपिलवस्तु । नेपालको संविधान २०७२ ले महिलालाई राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक दिएको छ ।

सामानुपातिक समावेशी सिद्धान्तको व्याख्या विस्तृत नभएपनि राजनीतिक दल सम्बन्धी कानूनले ३३ प्रतिशत महिला दलभित्र हुनै पर्ने व्यवस्था गरेको छ । तर, राज्यसत्ता चलाउने राजनीतिक दलले नै यो व्यवस्थाको कार्यान्वयन गरेका छैनन् ।

कपिलवस्तु जिल्लाको हकमा पनि कुनै पनि राजनीतिक दलले आफ्नो दलभित्र कम्तिमा ३३ प्रतिशत पनि महिला पुर्याएका छैनन् । देशकै ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अझै जिल्ला कमिटी टुंगो लागेको छैन । महिलाको ३३ प्रतिशत अधिकारको संरक्षण गर्दै कमिटी निर्माण गर्ने नेकपाका जिल्ला नेता बाबुराम खनालले बताए ।

मुलुकको दोस्रो ठूलो दल नेपाली काँग्रेस कपिलवस्तुको जिल्ला कार्य समितिमा ३५ जना सदस्य रहेका छन् । जसमध्ये ५ जना मात्रै सदस्य छन् । पदाधिकारीमा त एक जना पनि महिला छैनन् । यसरी हेर्दा जिल्ला कार्यसमितिमा महिलाको सहभागिता १४ प्रतिशत मात्रै पुग्छ ।
महिलाले नै चाहना नदेखाएकोले सहभागितामा पछि परेको काँग्रेस जिल्ला अध्यक्ष सुरेन्द्रराज आचार्य बताउँछन् ।

संघीय समाजवादी फोरम जिल्ला समितिको हालत पनि त्यस्तै छ । फोरमको जिल्ला कार्यसमितिमा ४१ जना छन् । जसमा १३ जना मात्रै महिला छन् ।

१३ मध्ये एक जना सह–सचिव र अरु सदस्य महिला रहेका छन् । पदाधिकारी भित्र भने फोरमले १ जना महिलालाई स्थान दिएको छ र ३२ प्रतिशत महिलाको सहभागितालाई पनि सुनिश्चित गरेको छ । नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको महिलाको ३३ प्रतिशत अधिकार दिएको संघीय समाजवाद फोरमका सैलेन्द्र कुमार यादवको दाबी छ ।

राष्ट्रिय जनता पार्टी जिल्ला समितिमा ४५ जना सदस्य रहेका छन् । महिलाको संख्या भने ३ रहेको छ । पदाधिकारीमा पनि महिलाको स्थान छैन । ३३ प्रतिशत पनि पुगेको छैन । जिल्ला कार्य समतिमा ७ प्रतिशत मात्र महिला छन् ।

आउँदो चैत महिनासम्ममा अधिवेशन गर्ने योजना रहेको र उक्त अधिवेशनमा १५ जनाको सदस्य टोलीमा ५ जना महिलाको सहभागिता गराउने प्रयास गरेको राष्ट्रिय जनता पार्टीका अध्यक्ष कैलाश अग्रहरीले स्पष्ट पारे ।

नयाँ शक्ति पार्टी नेपाल कपिलवस्तुमा पनि ३५ जना रहेकोमा ६ जना मात्र महिला छन । १ जना महिला पदाधिकारीमा रहेका छन् । नयाँ शक्तिले १७ प्रतिशत मात्र महिलालाई जिल्ला कार्य समितिमा समेटेको छ ।

‘दुई स्थितिका कारणले महिलाको ३३ प्रतिशत सहभागिता पुरा हुन सकेको छैन ।’ नयाँ शक्तिका जिल्ला अध्यक्ष नारायण खनालले भने, ‘पहिलो त यो नयाँ खोलेको पार्टी हो, दोस्रो कुरा महिलाले पनि चासो नदिएर हो ।’

राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समितिमा भने २१ जना सदस्य रहेका छन् । जसमध्ये ५ जना महिला रहेका छन् । कोषाध्यक्षमा एक जना र ४ जना सदस्य छन् । उक्त पार्टी २४ प्रतिशत महिलाको सहभागिता पुग्छ ।

महिलाको सहभागिता अझै राम्रो बनाउन काम गर्दै जाने जनमोर्चाका रामप्रसाद बेल्वासे बताउँछन् ।

कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाई भने संविधानले गरेको व्यवस्था दलहरुले लत्याउनु दुःखद भएको बताउँछन् । अधिकारका लागि महिलाहरु एकजुट हुुनुपर्ने उनको भनाइ छ ।

अधिकारकर्मी मीना परियार पितृसतात्मक सोच र सामाजिक संरचनाका कारण संविधान कार्यान्वयन नभएको बताउँछिन् । जिल्लाको राजनीतिक दलमा भएको महिलाको अवस्थाले पुरुष प्रधान समाजमा महिला नेतृत्व स्वीकार गर्न अझै गाह्रो भएको बिम्बित गर्ने उनको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

खुकुरी प्रहार गरी घाइते बनाएको घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

–महिला खबर– पाँचथर । श्रीमती र सासूलाई खुकुरी प्रहार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको

मानव बेचबिखन : ४२ बिलियन डलरको कारोबार

-टीएन कुँवर- आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य रोकिएको छैन

यी हुन् नेकपाको विभाग प्रमुख पाउने भाग्यमानी महिला

-महिला खबर- ललितपुर । नेकपाले पार्टीको ३२ वटा विभागको प्रमुख तोकेको छ । तर ३२ विभागको

श्रीमती र सासूलाई खुकरी प्रहार गरी फरार

-महिला खबर- पाँचथर । पाँचथरमा एक व्यक्तीले श्रीमती र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्

डा. तुलाधर प्रदेश विकास परिषद्को सदस्यमा मनोनीत

-महिला खबर- ललितपुर । अधिवक्ता डा. जानकी तुलाधर गण्डकी प्रदेश सरकार मन्त्री परिषदको नीति तथा योजना आयोगमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: