कान्छीमायालाई दमक रनको उपाधि


प्रकाशित मिति :2019-02-10 15:59:11

–विष्णुप्रसाद पोखरेल–

दमक । झापाको दमकमा सम्पन्न तेश्रो दमक रन (मिनी म्याराथन)को महिला तर्फको उपाधि अन्तर्राष्ट्रिय खेलाडी कान्छीमाया कोजुले जितेकी छिन् ।

शनिबार बिहान भएको १५ किलोमिटरको दुरी ५६ मिनेट २ सेकेण्डमा पार गर्दै सशस्त्र प्रहरी बलकी कोजुले महिला तर्फको उपाधि हात पारेकी हुन् ।

उपाधिसँगै उनले ४० हजार रुपैयाँ नगद पुरस्कार पनि पाएकी छिन् । यसैगरी धरान रनकी निक्की नेम्बाङ्गले सो दुरी १ घण्टा ८ मिनेट ३९ सेकेण्डमा पार गर्दै दोश्रो स्थान प्राप्त गरिन् । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरिन् ।

नेपाली सेनाको त्रिभूवन आर्मी क्लबकी सुमित्रा क्षेत्रीले १ घण्टा १० मिनेट ४० सेकेण्डमा १५ किलोमिटर दुरी पार गर्दै तेश्रो भइन् । उनले १५ हजार रुपैयाँ पुरस्कार जितेकी छिन् ।

यसैगरी १३ देखि १६ वर्ष उमेर समूहको महिलातर्फको दौडमा चन्द्रकला श्रेष्ठ प्रथम, मनिषा राई दोश्रो र आँचल मुर्मु तेश्रो भएका दमक रनका अध्यक्ष विवश राईले जानकारी दिए । उनीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार प्राप्त गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

खुकुरी प्रहार गरी घाइते बनाएको घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

–महिला खबर– पाँचथर । श्रीमती र सासूलाई खुकुरी प्रहार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको

मानव बेचबिखन : ४२ बिलियन डलरको कारोबार

-टीएन कुँवर- आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य रोकिएको छैन

यी हुन् नेकपाको विभाग प्रमुख पाउने भाग्यमानी महिला

-महिला खबर- ललितपुर । नेकपाले पार्टीको ३२ वटा विभागको प्रमुख तोकेको छ । तर ३२ विभागको

श्रीमती र सासूलाई खुकरी प्रहार गरी फरार

-महिला खबर- पाँचथर । पाँचथरमा एक व्यक्तीले श्रीमती र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्

डा. तुलाधर प्रदेश विकास परिषद्को सदस्यमा मनोनीत

-महिला खबर- ललितपुर । अधिवक्ता डा. जानकी तुलाधर गण्डकी प्रदेश सरकार मन्त्री परिषदको नीति तथा योजना आयोगमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: