बलात्कार र क्यान्सर पीडित बालिका भन्छिन्, ‘म बाँच्न चाहन्छु’


प्रकाशित मिति :2019-02-10 14:43:33

ओखलढुंगाकी १३ वर्षीया बालिका जसलाई आफ्नै बाबुले बलात्कार गरे । लगातारको बलात्कार सहन नसकेपछि उनले प्रहरीमा उजुरी गरिन् । बाबु अहिले कारागारमा छन् । आमाले पनि ३ वर्ष अघि नै अर्कै पुरुषसँग विवाह गरेकी थिइन् ।

तिनै बालिका आज जीवन र मृत्युको दोसाँधमा छिन् । बलात्कार पीडित उनी सुरक्षित आवास गृहमा रहँदा खुट्टामा क्यान्सर भएको थाहा भयो । उपचार गर्न रकम छैन । अस्पतालमा कुरिदिने मान्छे छैन । त्यसैले आवस गृहले काठमाडौंबाट घर फिर्ता पठाइदिएको छ । तीनै बालिकाले अपिल गरेकी छिन् – मलाई सहयोग गर्नुस् । बाँच्न चाहन्छु ।

पढ्नुस् उनको थप अपिल :

शुरुमा दाहिने खुट्टा अलिअलि सुन्निएको थियो । अलिअलि दुख्ने गथ्र्यो । त्यति धेरै दुख्थेन । अलिअलि मात्रै दुख्थ्यो । यहाँबाट काठमाडौं गइसकेपछि चाहिँ बढी सुन्नियो । हिँड्नै नसक्ने गरी दुख्न थाल्यो । टिचिङ हस्पिटलमा जँचाउन जाँदा खुट्टामा मासु पलाएको छ भन्यो ।

भिडियो एक्सरे पनि गर्यो । रिपोर्ट हेरेपछि डाक्टरहरुले खुट्टामा क्यान्सर भएको छ । यहाँ उपचार हुँदैन भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गर्नुपर्छ भने ।

बाबुबाट बलात्कृत बालिकालाई क्यान्सर, खर्च अभावमा उपचार भएन

टिचिङबाट भक्तपुर पठाएपछि १५/१६ दिन त्यहाँ बसें । अस्पतालमा कुर्ने मान्छे भएन । आमा आउनुभएको थियो, एकदुई दिन बसेर जानुभयो । त्यसपछि अस्पतालले घर जाउ भन्यो ।

काठमाडौंको सेफ होमले पनि घर पठाइदिनुभयो । त्यसपछि यहाँ (ओखलढुंगा) आएको हो । अहिले खुट्टा एकदम धेरै दुख्छ । पोल्छ । राती झन् धेरै दुख्छ । सुत्नै सक्दिन । हिँड्न पनि सक्दिन । बैशाखी टेकेर हिँड्नुपर्छ ।

मलाई अहिले उपचार चाहिएको छ । खुट्टा निको भयो भने पढ्न चाहन्छु । पढेर ठूलो मान्छे भन्ने मन छ । तर, मसँग उपचार गर्ने पैसा छैन ।
घरमा पनि कोही हुनुहुन्न । दुईवटा भाइ मात्रै छ । भाइहरु पनि काकाको घरमा बसेको छ । मम्मीले ३ वर्ष अगाडि नै अर्कै मान्छेसँग विहे गर्नुभयो । भक्तपुरको क्यान्सर अस्पतामा भेट्न आउनुभएको थियो । फेरि अस्पतालमा मलाइ एक्लै छोडेर जानुभयो । मलाइ अस्पतालमा कुर्ने मान्छे पनि कोही भएन । अनि अस्पतालले घर पठाइदियो ।

हजुरबुबा त हुनुहुन्छ । तर धेरै बुढो भइसक्नुभयो । उहाँले मलाई कुर्न सक्नुहुन्न । अंकलहरु त हनुहुन्छ । उहाँहरु बुबाको कारणले डराउनुभएको छ ।

म बाँच्न चाहन्छु । खुट्टा निको पार्न चाहन्छु । हजुरहरुको सहयोग भयो भने म बाँच्न सक्छु । हिँड्न सक्छु । पढ्न सक्छु ।

प्रस्तुति : एसबी जेरो

    Comment Here!

Related NEWS
मुख्य खबर

खुकुरी प्रहार गरी घाइते बनाएको घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

–महिला खबर– पाँचथर । श्रीमती र सासूलाई खुकुरी प्रहार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको

मानव बेचबिखन : ४२ बिलियन डलरको कारोबार

-टीएन कुँवर- आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य रोकिएको छैन

यी हुन् नेकपाको विभाग प्रमुख पाउने भाग्यमानी महिला

-महिला खबर- ललितपुर । नेकपाले पार्टीको ३२ वटा विभागको प्रमुख तोकेको छ । तर ३२ विभागको

श्रीमती र सासूलाई खुकरी प्रहार गरी फरार

-महिला खबर- पाँचथर । पाँचथरमा एक व्यक्तीले श्रीमती र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्

डा. तुलाधर प्रदेश विकास परिषद्को सदस्यमा मनोनीत

-महिला खबर- ललितपुर । अधिवक्ता डा. जानकी तुलाधर गण्डकी प्रदेश सरकार मन्त्री परिषदको नीति तथा योजना आयोगमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: