विकासका काममा महिलाको मात्रै नेतृत्व


प्रकाशित मिति :2019-02-08 14:57:54

–विष्णुप्रसाद पोखरेल–

दमक । झापाको एक गाउँपालिकाले उपभोक्ता समिति मार्फत हुने सबै कामको जिम्मेवारी महिलालाई मात्रै दिन थालेको छ । हल्दीबारी गाउँपालिकाले निर्देशिका नै बनाएर महिलालाई वडाको विकास निर्माणको काममा जिम्मेवारी दिन थालेको हो ।

गाउँपालिकाको दोस्रो सभाले ‘हल्दीबारीका महिला, विकासमा पहिला’ भन्ने नीति तथा कार्यक्रम पास गरेपछि त्यसलाई सार्थकता दिन वडामा गठन हुने टोल विकास संस्थामा महिलाहरुलाइ अघि सार्न थालेको हो ।

यो योजना संस्थागत गर्नका हल्दीबारी गाउँपालिकाको टोल विकास संस्था गठन तथा परिचालन निर्देशिका, २०७५ मा नै महिलाहरुको शतप्रतिशत उपस्थितिलाई शुनिश्चित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।

गाउँसभाबाट पारित भएको उक्त निर्देशिकाको प्रस्तावनामा नै टोल विकास संस्थामा महिलाको मात्र प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ । घिमिरेका अनुसार टोल विकास संस्थामा पुरुषको सहभागिता सल्लाहकारको रुपमा मात्रै हुन्छ ।

निर्देशिकामा भनिएको छ – ‘गाउँपालिका क्षेत्र भित्रको सर्वाङ्गीण विकासमा महिलाहरुलाई मूल प्रवाहमा ल्याइ ‘हल्दीबारीका महिला, विकासमा पहिला’ भन्ने अभियानलाई व्यवहारमा मुर्तता प्रदान गर्नका लागि साविक गोलधाप, जलथल र हल्दीबारी गाविसका सबै पुराना वडाहरुमा अधिकांश घरधुरी समेट्दै सतप्रतिशत महिलाहरुको मात्र प्रतिनिधित्व हुने गरी टोल विकास संस्था गठन गरिनेछ ।’

गाउँपालिका क्षेत्रभित्र प्रचलित कानून बमोजिम उपभोक्ता समितिले गर्न सक्ने विकास निर्माणका कार्यहरु सम्पन्न गर्न सोही संस्थालाई पहिलो प्राथमिकता दिने गरी निर्देशिका लागु गरिएको उपाध्यक्ष डम्बर गिरीले बताए ।

उनका अनुसार महिलालाई नेतृत्व दिँदा विकासका गतिविधि पारदर्शी भएको छ । उनले भने, – उपभोक्ता समिति बनाउँदा तँछाडमछाड हुने र योजना नै प्रभावित हुने गरेकामा अहिले त्यस्तो अवस्थाको अन्त्य भएको छ ।’

गाउँपालिकाले अब विकास निर्माणमा कुनै पनि प्रकारको उपभोक्ता समिति गठन टोल विकास संस्था मार्फत काम गर्ने नीति लिएको अध्यक्ष रविन्द्र लिङ्देनले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

खुकुरी प्रहार गरी घाइते बनाएको घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

–महिला खबर– पाँचथर । श्रीमती र सासूलाई खुकुरी प्रहार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको

मानव बेचबिखन : ४२ बिलियन डलरको कारोबार

-टीएन कुँवर- आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य रोकिएको छैन

यी हुन् नेकपाको विभाग प्रमुख पाउने भाग्यमानी महिला

-महिला खबर- ललितपुर । नेकपाले पार्टीको ३२ वटा विभागको प्रमुख तोकेको छ । तर ३२ विभागको

श्रीमती र सासूलाई खुकरी प्रहार गरी फरार

-महिला खबर- पाँचथर । पाँचथरमा एक व्यक्तीले श्रीमती र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्

डा. तुलाधर प्रदेश विकास परिषद्को सदस्यमा मनोनीत

-महिला खबर- ललितपुर । अधिवक्ता डा. जानकी तुलाधर गण्डकी प्रदेश सरकार मन्त्री परिषदको नीति तथा योजना आयोगमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: