उपप्रमुख महिलाहरु भन्छन् – प्रमुख सहयोगी भएनन्


प्रकाशित मिति :2019-02-07 15:10:05

–महिला खबर–

ललितपुर । स्थानीय सरकारको उपप्रमुख पदको तोकिएको संवैधानिक र कानूनी जिम्मेवारी छ । अझ त्यो पदमा ९३ प्रतिशत महिला भएका कारण उनीहरुको थप सामाजिक दायित्व पनि छ ।

तर, अहिलेसम्म पनि कर्तव्य, कार्यक्षेत्र र अधिकारका मामिलामा उपप्रमुखहरु अन्यौलमा छन् । भने, नगरप्रमुख र कर्मचारीले उपप्रमुखको कामलाई असहयोग गरेको गुनासो उपप्रमुखहरुले गर्दै आएका छन् ।

तिनै मध्ये कि एक हुन् गल्कोट नगरपालिका, बाग्लुङकी उपप्रमुख रेणुका काउचा । काउचा, स्थानीय न्यायीक समितिको संयोजक पनि हुन् । विभिन्न खालका उजुरी उनसम्म आईपुग्छ तर त्यस्ता उजुरी प्रति कर्मचारीले चासो दिँदैनन् रेनुुका भन्छिन्, ‘विकासको काममा भए कहाँ के भन्दै खोज्ने कर्मचारी न्यायीक समितिको उजुरीको दर्ता गर्ने, निवेदन लेख्न सहयोग गर्ने कुरामा चासो दिँदैनन् ।’

देश संघीय संरचनामा गएपछि विभिन्न नयाँ स्थानीय तह बने । उनीहरुका अनुसार नयाँ नगरपालिका भएकाले कानून बुझेकै कर्मचारीको समेत अभाव छ । भएकाले पनि न्यायनिरुपणको काममा चासो दिँदैनन् ।

कर्मचारीको असहयोग मात्रै हैन कतिपय उपप्रमुखले नगरप्रमुख उपप्रमुखहरुको काम प्रति संवेदनशिल नै नभएको गुनासो गरेका छन् ।

गैंडाकोट नगरपालिका, नवलपरासीकी उपप्रमुख विष्णु कुमारी कँडेलले पनि यहि समस्या भोगेकी छन् । विष्णु भन्छिन् ‘नगरपालिकामा के–के काम हुँदैछ, प्रदेश वा संघ वा कहाँबाट को आयो ? भन्ने कतिपय जानकारी पत्तै हुँदैन । नगरप्रमुखले हामीसँग यस्ता कुरा सल्लाह गर्न जरुरी ठान्दैनन्, आफैले सोध्दा समेत बताउँदैनन् ।’

राइनस नगरपालिका, लमजुङकी उपप्रमुख धनकुमारी गुरुङ भन्छिन्, ‘योजना अनुगमनका लागि, न्यायीक समितिमा आएको विवाद बुझ्नका लागि वा अरु केही कामका लागि पनि हामी गाँउमा हिँड्नु पर्ने हुन्छ । तर हामीले नगरपालिकाको गाडी प्रयोग गर्न नि पाउँदैनौं । नगरप्रमुखले आफ्नै घरको गाडी जस्तो व्यवहार गर्नुहुन्छ ।’

धनकुमारीको बुझाइमा उपप्रमुखहरुलाई काम मात्रै दिईयो तर स्रोत र साधन माथिको पहुँच हुने व्यवस्था गरिएन । स्रोत साधनको उपयोगको लागि नगरप्रमुखलाई नै सोध्नुपर्ने हुँदा उपप्रमुखहरु यस्ता समस्या खप्न बाध्य छन् ।

उपप्रमुखका गुनासा र समस्या सुन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले, नगरप्रमुखहरुलाई कार्यक्षेत्र नमिच्न र सहयोग बन्न आग्रह गरेका छन् ।

सञ्चारिका समुहले सञ्चालन गर्दै आएको समकोण टेलिभिजन कार्यक्रमको छायाँकनको क्रममा उपप्रमुखहरुले आफ्ना समस्या बताउँदै गर्दा मन्त्री पण्डितले संविधान र स्थानीय सरकार संचालन ऐनले दिएको आफ्नो अधिकारमा अडिग रहेर ढुक्कले काम गर्न सक्ने बताए ।

उनले उपप्रमुखलाई दिईएको अधिकार प्रमुखले खोस्ने अधिकार कानूनले नदिएकोले उपप्रमुखलाई प्रमुखले सहयोग गर्नुपर्ने पनि बताए ।

‘स्थानीय सरकारका उपप्रमुख : कर्तव्य, कार्यक्षेत्र र अधिकार’ विषयमा ३० जना स्थानीय तहकाका उपप्रमुख तथा उपाध्यक्षसँग गरिएको समकोणको छलफल भोलि शुक्रबार बेलुका कान्तिपुर टेलिभिजनमा प्रशारण हुँदैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: