सामूहिक बलात्कार पीडित बालिकाको प्रश्न, ‘पीडकको घर बाटैमा छ, कसरी विद्यालय जाउँ ?


प्रकाशित मिति :2019-02-07 11:14:26

–ज्ञानु पंगेनी–

नवलपुर । सामूहिक बलात्कारमा परेकी नवलपुरकी एक बालिका सामाजको लाञ्छनाका कारण पढाइबाट बञ्चित हुन परेको छ । तीन वर्ष अघि बलात्कारमा परेकी ती बालिकाले लामो समयपछि न्याय त पाईन् तर पढाइलाई भने निरन्तरता दिन पाइनन् ।

२०७२ सालको चैत महिनामा उनीमाथी गाउँकै तीन जना युवाले सामुहिक बलात्कार गरे । उनी त्यतिबेला १३ वर्षकी थिईन् । कक्षा पा“चमा पढ्दै थिईन् । अति विपन्न परिवारकी ती बालिकालाई न्याय पाउनै दुई वर्ष लाग्यो ।

२०७५ सालको वैशाख ३० गते मात्रै जिल्ला अदालतबाट तीन जना पीडकलाई १३ वर्षको कैद सजाय र एक / एक लाख रुपैयाँ क्षतीपूर्तीको सजाय भयो ।

पीडित बालिकालाई अहिले घरमा बसेर पढ्ने वातावरण नभएको उनी बताउँछिन् । उनलाई पढ्न त मन छ तर गाउँमा विभिन्न किसिमले लाञ्छाना लगाउने हुँदा उनी पढ्न गएकी छैनन् ।

मुद्दाको फैसला नहुँदासम्म उनी कहिले परासीको सेवा केन्द्र कहिले आफन्तकोमा बसेकी थिइन् । दुई वर्षसम्म पढाई छुटेकाले उनसँगै पढेका साथी अहिले कक्षा आठमा पढ्दैछन् । उनी भने कक्षा ६ मा भर्ना भइन् । विद्यालय पनि केहि समय गईन । त्यसपछि उनले पढाईलाई निरन्तता दिन सकिनन् ।

उनी पढ्ने विद्यालय जाने बाटोमा पीडकका परिवारको घर पर्छ ।

विद्यालय जाने त्यो भन्दा उनी विद्यालय जाने आउने बेला पीडकका परिवारले

अपशब्द प्रयोग गर्दै गाली गर्ने गर्छन् ।

उनी पढ्ने विद्यालय जाने बाटोमा पीडकका परिवारको घर पर्छ । विद्यालय जाने त्यो भन्दा उनी विद्यालय जाने आउने बेला पीडकका परिवारले अपशब्द प्रयोग गर्दै गाली गर्ने गर्छन् । जसले गर्दा उनलाई विद्यालय जान मन लाग्दैन ।

उनी भन्छिन्, – ‘म स्कूल जाँदा उनीहरुको घरको बाटो भएर हिँड्नुपर्छ, उनीहरुका आफन्तले मलाई देखेपछि थुक्छन् । नराम्रो नराम्रो भन्छन् । दोषी उनीहरु हुन् नि, तर मलाइ नै दोषी झैं गर्छन् ।’

दुई वर्ष लामो संघर्षबाट उनले न्याय त पाईन् । तर, समाजले अझै पनि उनलाई नै दोषी बनाएको छ । ‘समाजका केहीले त मलाई धेरै सहयोग गर्नुभएको छ पढ्नुपर्छ भन्नुहुन्छ । तर कतिपयले मलाई नै दोषी बनाउँछन । नराम्रो नराम्रो शब्द प्रयोग गर्छन् । अनेकथरी कुरा सुनाउँछन । अनि मलाई घरबाट निस्कनै मन लाग्दैन ।’

उमेर ठूलो भएको र सानो कक्षामा पढ्दा समेत उनलाई असहज भएको छ । कक्षामा सबै उनीभन्दा साना उमेरका छन् । उनलाई कतिपय साथीहरुले पनि जिस्काउने गर्छन् ।

सम्पत्तिको नाममा १० धुर ऐलानी जग्गा र खरको सानो झुपडी छ । वुवा आमा नै पढेलेखेका छैनन् । बुबाले रिक्सामा सामान बोक्सन् । दिनको तीनचार सय रुपैयाँ कमाउँछन् । चार जना छोरा छोरी छन् । उनीहरुको पढाई लेखाई र घरखर्च धान्न समेत धौ धौ छ ।

अझै पाइनन् क्षतिपूर्ति रकम

उनले फैसला पछि पाउनुपर्ने तीन लाख रुपैयाँ क्षतिपूर्ति रकम पनि पाएकी छैनन् । मुद्दा फैसाला हुँदा तत्कालका लागि महिला तथा बालबालिका कार्यालय नवलपरासी मार्फत् क्षतिपूति रकम दिने भनिएको थियो । तर, अदालतको प्रकृया पुर्यएर अदालतबाट पत्र महिला तथा बालबालिका कार्यालय नवपरासीमा पुग्दा ढिला हुन पुग्यो । जिल्ला अदालतबाट असार २६ गते मात्रै पत्र पुगेको थियो ।

असारपछि नै महिला तथा बालबालिका कार्यालय नै खारेज भयो । त्यसपछि उनको क्षतिपूर्तिको रकम अहिलेसम्म निकासा हुन सकेको छैन ।

महिला तथा बालबालिका कार्यालयले स्थानीय तह (कावासोती नगरपालिकाको ) महिला तथा बालबालिका शाखालाई क्षतिप्रर्तिका लागि पत्र लेख्यो । तर, नगरपालिकामा पनि कोष नभएकाले क्षतिपूर्ति रकम उपलब्ध गराउन नसकिएको महिला तथा बालबालिका कार्यालय शाखा कावासोतीकी निर्मला पौडल बताउँछिन् ।

बालिकाको घरको आर्थिक अवस्था कमजोर रहेकाले समेसम्म छिटो रकम उपलब्ध गराउन कार्यालय पनि लागि परेको पौडेलले बताईन् ।

‘यहाँ कोष नहुँदा हामीले नगरपालिकाबाट क्षतिपूर्ति दिन सकेनौं तर बालिकाको सबै कागजात महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय काठमाडौंमा पुर्याएका छौं ।’ पौडेलले भनिन्, ‘त्यहाँ पनि अहिले काम रोकिएको भन्ने खबर पाएका छौं । त्यसैले ढिला भएको हो’ पौडेलले भनिन् ।

महिला मन्त्रालयका प्रवक्ता राजेन्द्र पौडेल उक्त रकम माग भइ आएको भए मन्त्रालयले लैंगिक हिंसा कोष अन्तर्गत उक्त रकम उपलब्ध गराउने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सुत्केरी महिला अस्पतालमै बन्धक

–महिला खबर– ललितादेवीका पति गोपीकुमार सुत्केरी श्रीमतीलाई डिस्चार्ज गर्न नसकेपछि पैंसाको जोहो गर्न भिख माग्न भौंतारिरहेका

अँध्यारोमै जन्मिन्छन् शिशुहरू

स्वास्थ्य चौकीमा उज्यालोको व्यवस्था नहुँदा कहिले स्वास्थकर्मीको मोबाइल त कहीले सेवाग्राहीले ल्याएको टर्चको उज्यालोमा स्वास्थ्य

नेपाली बालकको अपहरणपछि भारतमा भिख माग्न लगाइयो, १० को उद्धार

–महिला खबर– ललितपुर । भारतको विहार राज्यको सीतामढीको बालगृहमा एक महिनादेखि बस्दै आएका नेपालका १०

बदलिँदो पारिवारिक अवस्था अनुसार कानून आवश्यक

–महिला खबर– आज सार्वजनिक गरिएको यो प्रतिवेदनमा १ सय ८५ देशको तथ्याङ्क समेटिएको छ ।

तीन बालिका आफन्तबाटै बलात्कृत

–महिला खबर– ओखलढुंगा । ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नारासहित देशमा लैंगिक हिंसा विरुद्धको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: