बालबालिकाले बनाए आँशु झार्ने चित्र (तस्वीरसहित)


प्रकाशित मिति :2019-02-06 12:16:59

–विष्णुप्रसाद पोखरेल–

दमक । बढ्दै गएको घरेलु हिंसा र बलात्कार घटनाहरुको बिम्ब बालबालिकाले आफ्नो कलामा प्रस्तुत गर्न थालेका छन् । समाजमा बढ्दै गएका यस्ता घटनाका असरका कारण उनीहरुले आफ्नो कलामा पति हिंसा, हत्या तथा तिनका बिम्ब झल्किने किसिमका प्रस्तुती दिन थालेका हुन् ।

दमक नगरपालिकाले आयोजना गरेको प्रदेशस्तरीय बृहत बाल महोत्सवमा बालबालिकाहरुको लागि गरिएको चित्रकला प्रर्दशनीमा करिब २० प्रतिशत भन्दा बढी बालबालिकाहरुले यस्ता विषयमा चित्र बनाए ।

माघ १७ गतेदेखि २१ गतेसम्ममा २ सय ५१ जना बालबालिकाले महोत्सव परिसरमा चित्र बनाएका थिए । महोत्सवको चित्रकला प्रतियोगिताका संयोजक अभिषेक दासका अनुसार महोत्सव परिसरमा घण्टौ लगाएर बालबालिकाहरुले चित्र बनाएका थिए । चित्रकलामा कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागी थिए ।

उक्त चित्रकलामा राकेश राईले बनाएको निर्मला पन्तको आँशु सहितको चित्रले धेरैको मन जितेको थियो । राई दमकको एभरेष्ट बोर्डिङ स्कूलमा अध्ययनरत छन् । उनले ‘निर्मला पन्तको हत्यरालाई संरक्षण भएको र चाँडै निर्मलाको परिवारमा न्याय मिलोस्’ भनेर आफुले यो चित्र बनाएको भनि भूमिका पनि लेखेका छन् ।

अर्का विद्यार्थी रघुनाथ चौधरीले बनाएको चित्र पनि कम छैन । आखाँभित्र हातले महिलाको मुख थुनिदिएको चित्र मर्मस्पर्शी छ । उनले उक्त चित्रबारे लेखेका छन्, ‘यो चित्रले महिला हिंसाको बारेमा देखाएको छ, महिलालाई बोल्ने अधिकार दिइएको छैन ।’

अर्का बालक किरण राईले पीडामा परेकी एक आमाको आँशु पुछेको चित्र बनाएका छन् ।

यो चित्रले पनि धेरैको मन महोत्सवमा छोएको बताईएको छ

घरेलु हिंसाबाट पीडित बनेकी आमाको आँशुलाई चित्रले देखाउन खोजिएको उनले बताए ।

अमिसा पहिम लिम्बुले आमाले छोरोछोरी कसरी हुर्काएकी हुन्छिन् भन्ने कुरा दर्शाउने चित्र बनाएकी छन् ।

एक आदिवासी महिलाले कलिलो उमेरमा बच्चा जन्माएर बोकेको दृश्य चित्रकलामा वास्तविक झैं उतारिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यी हुन् नेकपाको जिल्ला अध्यक्ष महिला

नेकपाले आज सोमबार सार्वजनिक गरेको जिल्ला अध्यक्षहरुमध्ये ३ जना मात्रै महिला रहेका छन् ।

मुक्त हलिया बस्तीमा पुगिन् मन्त्री अर्याल

–महिला खबर– कञ्चनपुरको भीमदत्तनगरपालिका स्थित मुक्त हलिया बस्तीमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा

साहसी मथुरा : समाजको अपहेलना चिरेर बनिन् त्यही समाजको नेता

एचआइभी भएकै कारण चरम सामाजिक अपहेलना हुन थालेपछि उनले आत्मविश्वासले समाजको चेत फर्काउन सफल भइन्

सीपले बनायाे आत्मनिर्भर

घरायसी कारणले कक्षा ८ सम्म पढेर पढाई छाड्नु परेका उनको हातमा कपडा सिलाइ गर्ने सीपले

‘आफ्नै’ ले लुटेको त्यो कलिलो शरीर

उसलाई बुवा आमासँग मामाले आफूसँग गरेको व्यवहार भन्ने आँट आएन । तर, मामा आउँदा जहिलेपनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: