कोख मेरो सन्तान कसको ?


प्रकाशित मिति :2019-02-05 12:24:29

-महिला खबर-

ललितपुर । बुवाको नामबाट मात्र नागरिकता दिने प्रचलनका कारण न्यायीक पीडामा परेका पीडितले न्याय र समानताको माग गर्दै बृहत फोटो प्रदर्शनी गरेका छन् ।

महिला, कानुन र विकास मञ्चको आयोजनामा राष्ट्रिय कला परिषद्को हलमा कोख मेरो सन्तान कसको ? नागरिकता विहीन व्यक्तिहरुसँग सम्बन्धित फोटो प्रदर्शनी शुरु भएको हो । प्रदर्शनीको साथमा भक्तपुरमा भएको वास्तविक घटनालाई उजागर गरिएको नाटक समेत प्रदर्शन गरिएको थियो ।

२०७१ साल साउनमा भक्तपुरमा भएको घटनालाई नाटकको रुपमा उजागर गर्दै देशमा संघीयता आए पनि न्यायीक स्वतन्त्रता नभएको उजागर गरिएको थियो । नाटकमा वैदेशिक रोजगारीका कारण आफुले आफ्नो श्रीमानबाट जीवनभरको लागि टाढा हुँदाको पल, त्यसमा पनि आफ्नो छोराले बुबाको अनुपस्थिती तथा जन्मदर्ता नहुँदा नागरिकता नपाएको पीडालाई प्रस्तुत गरिएको थियो ।

वर्तमान संविधानले आमाको नामबाट पनि छोरा छोरीले नागरिकता पाउने प्रावधान गरेता पनि त्यो कार्यान्वयन भएको छैन । नाटकको प्रस्तुतीमा कानुनी अधिकारको माग गर्दा जनप्रतिनिधिले नागरिकताको लागि सिफारिस नदिने र प्रशासनद्वारा नागरिकता वितरण नगर्ने गरेको दुःखेसोमूलक तथा सन्देशमूलक प्रस्तुती रहेको थियो ।

नाटकमा एउटा छोरी मान्छेले एक्लो हुँदा आफ्नो परिवार, आफन्त तथा समाजमा हुने गरेको अपहेलनालाई जस्ताको तस्तै प्रस्तुत गरिएको थियो । एउटा नारीले पुरुषकै कारण सहनुपरेको पीडा त उनको लागि मात्र भयो । तर उनीबाट जन्म लिएको त्यो अवोध बालकले समेत नागरिकताबाट बञ्चित भई राज्यबाट पाउने कुनै पनि सेवा सुविधाबाट बञ्चित हुनुपरेको बास्तविक घटनालाई नाटकको माध्यमबाट उजागर गरिएको छ ।

देशमा भएका तथा पीडित महिलाहरुको भनाइलाई समेटेकोवबास्तविक तथा यथार्थपरक फोटो प्रदर्शनी गरिएको छ । फोटो प्रदर्शनी चार दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: