एउटै कसुर : महिलालाई जन्मकैद, पुरुषलाई सफाइ


प्रकाशित मिति :2019-02-04 11:12:15

–एसबी जेरो–

ओखलढुंगा । जिल्ला अदालत ओखलढुंगाले एउटै कसुरमा महिला र पुरुषलाई फरक फरक सजाय तोकेको छ । अदालतले अवैध गर्भबाट जन्मिएको शिशुको हत्या अभियोगमा पक्राउ परेका सोमबहादुर थापामगर र गुनिसा थापामगरलाई फरक फरक फैसला गरेको हो ।

जिल्ला अदालतले २०७४ वैशाख १९ गते गुनिसालाई सर्वस्वसहित जन्मकैद र सोमबहादुरलाई सफाइको फैसला गरेको हो । गुनिसा र सोमबहादुर देबर भाउजु हुन् ।

सांकेतिक तस्वीर

सोमबहादुरको दाजु पुर्णबहादुर थापामगरसँग गुनिसाकोे २०६९ बैशाखमा प्रेम विवाह भएको थियो । विवाह पश्चात उनीहरुको जीवन सामान्य थियो । आर्थिक अवस्था कमजोर रहेकाले पुर्णबहादुर विवाहको दुई वर्षपछि वैदेशिक रोजगारीको लागि मलेसिया गए ।

त्यतिबेला गुनिसा ६ महिनाकी गर्भवती थिईन् । विदेश हुँदा पुर्णबहादुर र गुनिसाबीच सम्बन्ध राम्रो थियो । श्रीमतीलाई खर्च पनि पठाइरहन्थे । श्रीमान विदेश गएको चार महिनापछि गुनिसाले छोरी जन्माईन् । २०७१ साल चैतमा सासु ससुराबाट छुट्टिएर आठ महिनाकी छोरी लिई बस्न थालिन् ।

त्यसपछि नै देबर सोमबहादुरसँग आफ्नो सम्बन्ध सुरु भएको जिल्ला अदालतको बयानमा उनले बताएकी छिन् । विस्तारै उनीहरुबीच शारीरिक सम्बन्ध हुन थाल्यो । श्रीमान विदेशमै रहँदा उनको २०७२ फागुनबाट महिनावारी रोकियो ।

आफ्नो महिनावारी रोकिएको कुरा उनले देवर सोमबहादुरलाई सुनाउँदा केही चिन्ता नलिन र आफुले सबै व्यवस्था गर्ने आश्वासन देवरबाट पाए आफू ढुक्क भएर बसेको उनले अदालतमा बयान दिएकी छिन् । गर्भ सात महिनाको हुँदा देवरसँग के गर्ने भन्दा ‘कसैले थाहा नपाउनेगरी जन्माउनु अनि लगेर फाल्नु’ भनेको भनी उनले बयानमा बताएकी छिन् ।

सोही सल्लाह अनुसार गुनिसाले २०७३ मंसिर ४ गते जीवित जन्मेको शिशुलाई घर नजिकैको खाल्डे चर्पिमा फालेकी थिईन् । बुहारीले बच्चा मारेर फालेको भनि प्रहरीमा उनकै ससुरा विगबहादुर थापामगरले जाहेरी दिएका थिए । अवैध यौन सम्बन्धबाट जन्मिएको बच्चा मारेर फलेको अभियोगमा गुनिसा थापामगर र उनका देबर सोमबहादुर थापामगरलाई प्रहरीले पक्राउ गरि कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।

एउटै अभियोगमा पक्राउ परेका सोमबहादुर र गुनिसालाई जिल्ला अदालत ओखलढुंगाले फरक फरक सजायको फैसाला गरेको हो । गुनिसालाई सर्वश्व सहित जन्मकैदको फैसला भए पनि पाँच वर्ष मात्र कैद गर्न भनि साविक मुलुकी ऐन (१८८) बमोजिम राय व्यवस्था भएको साधक सदरका लागि सर्वोच्चमा पठाईएको जिल्ला अदालत ओखलढुंगाका श्रेस्तेदार नेत्रबन्धु पौडेलले बताए । सर्वोच्चबाट साधक सदर मिसिल कार्यालयमा अझै नआई पुगेको श्रेस्तेदार पौडेलको भनाई छ ।

सोमबहादुरको आदेशमा गुनिसाले शिशु जन्माएर मारेको तर बच्चा मारि फाल्ने प्रत्यक्ष भुमिका सोमबहादुरको नभएको भन्दै जिल्ला अदालत ओखलढुंगाले उनलाई सफाइ दिएको निमित्त जिल्ला न्याधिवक्ता (सरकारी वकिल) सिर्जना घिमिरेको भनाई छ ।

गुनिसाको बयानका आधारमा देवर सोमबहादुरले बच्चा जन्माई मारि फाल्नु भनि बचन दिएको भनिए पनि सांक्षि र प्रमाण नपुगेकाले सोमबहादुरले सफाई पाएको सरकारी वकिल घिमिरेले बताईन् ।

‘यस कार्यालयबाट शिशु मारिफाल्न आदेश दिने देवर सोमबहादुर थापामगरका लागि जन्मकैद र गुनिसा थापामगरका लागि सर्वश्वसहित जन्मकैदको मागदाबी गरिएको थियो ।’ उनले भनिन्, – मागदाबी अनुसार नै दुबै जनालाई सजयका लागि उच्च अदालतमा पुनरावेदन गरिएको छ ।’ गुनिसाले अहिले जिल्ला कारागार ओखलढुंगामा कैद भुक्तान गरिरहेकी छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यी हुन् नेकपाको जिल्ला अध्यक्ष महिला

नेकपाले आज सोमबार सार्वजनिक गरेको जिल्ला अध्यक्षहरुमध्ये ३ जना मात्रै महिला रहेका छन् ।

मुक्त हलिया बस्तीमा पुगिन् मन्त्री अर्याल

–महिला खबर– कञ्चनपुरको भीमदत्तनगरपालिका स्थित मुक्त हलिया बस्तीमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा

साहसी मथुरा : समाजको अपहेलना चिरेर बनिन् त्यही समाजको नेता

एचआइभी भएकै कारण चरम सामाजिक अपहेलना हुन थालेपछि उनले आत्मविश्वासले समाजको चेत फर्काउन सफल भइन्

सीपले बनायाे आत्मनिर्भर

घरायसी कारणले कक्षा ८ सम्म पढेर पढाई छाड्नु परेका उनको हातमा कपडा सिलाइ गर्ने सीपले

‘आफ्नै’ ले लुटेको त्यो कलिलो शरीर

उसलाई बुवा आमासँग मामाले आफूसँग गरेको व्यवहार भन्ने आँट आएन । तर, मामा आउँदा जहिलेपनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: