म काली, कोप्ची, नेप्टी…


लघुकथा

प्रकाशित मिति :2019-01-30 08:12:12

आमाले एक छोरा र एक छोरी जन्माई सकेपछि म जन्मिएकी थिए । म पछि भाइ छ । त्यसकारण मेरो कुनै नाम थिएन । जसलाई जे सजिलो लाग्छ, त्यही भन्थे । काली, कोप्ची, नेप्टी…। आमाले भने कान्छी भनेर बोलाउनु हुन्थ्यो ।

मलाई मेरै नामसम्म थाहा थिएन ।

ऋचा लुइँटेल

हुर्किदैं गएँ, त्यतिखेरसम्म अझैं थाहा थिएन । अझैं आफ्नो मनले प्रश्न खोजिरहेको थियो, त्यतिखेरसम्म बोलि फुटिसकेको थियो । मैले आमालाई सोधें, ‘आमा म को हुँ ?’ आमाले सजिलो उत्तर दिनु भयो ‘तँ हाम्री कान्छी छोरी होस् ।’

मैले आफूलाई आमाको मुखबाट निस्केको शब्दले चिनें, ‘म उहाँकी कान्छी छोरी हुँ ।’

समय बढ्दैं थियो, पाठशालामा भर्ना भएँ । मेरो नाम गोमा कुमारी लेखियो ।

अभिभावकको नाम लेख्नेबेला मेरा बा को नाम सुदर्शन र हजुरबुबाको नाम हितमान लेखियो । त्यहाँ मैले मेरी आमा र हजुर आमालाई कतै भेटिन ।

यो कुरा देखेपछि मलाई औडाहा सुरु भो । म घर पुगे । आमा खोजें । आमा जुठेल्नोमा भाडा माझ्दै हुनुहुन्थ्यों । जुठेल्नो मै आमालाई भने –‘आमा म त सुदर्शनकी छोरी, हितमानकी नातिनी पो रै’छु । मलाई किन तपाईंले आफ्नी कान्छी छोरी भन्नु भएको ?’

आमाले मलाई कालो मोसो लागेकै हातले च्याप्प समात्नु भो । काखमा राख्नु भो र छातिमा टास्नु भो । तर केही बोल्नु भएन ।

म पढ्दै अघि बढ्दै जाँदा आफैंले आफूलाई चिनाउन थालेकी थिएँ । बिहे भयो र अर्काको घरमा पुगे ।

जो पनि आउथे माइली कता छिन ? सुबिदार बा’की जेठी बुहारी तिमी नै हौ ? भन्थे । या बिदुरकी दुलही तिमी हौ ? भन्थे । मलाई फेरि झट्का लाग्यो । सासूलाई सोधे आमा तपाईंको नाम के हो ?

आमा एकछिन अलमलमा पर्नुभयो ।

बिस्तारै टीभीको केबुल जोड्दा, जग्गा किन्दा, समूह बन्दा मैले सासूको नामलाई नै अघि सारे ।

म पनि दुई छोराकी आमा भएँ । मेरा छोराले पनि मलाई आमा भन्ने भए । म आफैले स्कूलमा लगेर उनीहरूको नाम लेखाएँ । विद्यार्थीको फाराम भरे र अभिभावकको दस्तखत गरे ।

छोराको परिचय पत्र बनेर आउँदा बिदुर लेखिएको थियो यतिबेला मैले मेरी आमालाई गरेको प्रश्न अहिले मेरा छोराहरूले गरिरहेका छन् । म उनीहरूलाई हेरी मात्रै रहेकीछु ।

साच्चै मेरा बुहारीहरूले पनि मेरो नाम सोध्नुपर्ने मेरा जस्तै दिन फेरि पनि आउलान ??

नेपालगन्ज बाँके

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: