उदयपुरमा लैंगिक हिंसा नियन्त्रणका लागि समिति


प्रकाशित मिति :2019-01-09 16:01:31

-इश्वर बलम्पाकी मगर-

उदयपुर । उदयपुरमा लैंगिक हिंसा नियन्त्रणका लागि जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन भएको छ । प्रहरी प्रधान कार्यालयको महिला तथा बालबालिका सेवा निर्देशनालयको निर्देशन बमोजिम गठन गरिएको हो ।

समितिको संयोजक जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रदेव राई छन् । सदस्य सचिवमा प्रहरी सहायक निरीक्षक उमा गुरुङ, सदस्यहरुमा नागरिक समाजको तर्फबाट कौशल चेम्जोङ, माया भण्डारी, गैससको तर्फबाट सृजना दनुवार, सञ्चार क्षेत्रबाट भोटराज राई, नेपाल बार एशोसिएसनबाट शिवकुमार कार्की, उद्योग वाणिज्यको तर्फबाट गजेन्द्र भगत छन् ।

यस्तै मानव अधिकारको क्षेत्रबाट भरत खड्का , ओरेकको तर्फबाट सरस्वती दनुवार, महिला अधिकारकर्मीको तर्फबाट रामवती चौधरी, बाल क्लवको तर्फबाट सरोज खत्री , न्यायीक समितिकोे तर्फबाट बिना पाण्डे, त्रियुगा नगरपालिकाबाट सर्मिला देवकोटा, शिक्षा क्षेत्रबाट देवि पराजुली, जंगबहादुर खड्का, रहेका छन् ।

समितिले जिल्लामा हुने लैंगिक हिंसा विरुद्धको अभियान, गतिविधी सञ्चालन गर्दै सबैखाले हिंसा नियन्त्रण गर्न भूमिका खेल्ने बताइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका महासचिव तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे सार्वजनिक

-महिला खबर- ललितपुर । सञ्चारिका समूहकी महासचिव तथा कवि विमला तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे

वडा अध्यक्षले नै गरे १६ वर्षे बालिकासँग विहे

-महिला खबर- खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष

बालिका आश्रममा सौन्दर्यकर्मीको स्थापना दिवस

-महिला खबर- देवघाट । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश न,३ ले आफ्नो ११ औं स्थापना दिवस

सबैका लागि समानता (तस्वीरमा)

–महिला खबर– आज विश्व समाज कार्य दिवस । सामाजिक क्षेत्रका व्यक्तिहरुले विभिन्न कार्यक्रम गरि मनाएका छन्

महिला मात्रै पढ्ने क्याम्पसमा पुरुष प्रमुख

–महिला खबर– पद्मकन्या क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीले महिला क्याम्पस प्रमुख हुनुपर्ने माग राखि लगातार

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: